अभियान टोलीद्धारा ठाउँ ठाउँमा कोणसभा: हेर्नुहोस् आजका कार्यक्रम यस्ता छन् (भिडियोसहित)

वर्तमान व्यवस्थाको विकल्प, सडक आन्दोलनको तयारी

मोरङ्ग । गत मंगलबारदेखि शुरु भएको देशभक्त जनगणतान्त्रीक मोचा नेपालको मेची महाकाली अभियान विभिन्न स्थानहरुमा कोणसभा, छलफल तथा अन्तरक्रिया गर्दै उत्साहपूण रुपमा अघि बढेको छ ।

सुदुरपूर्वको झापा, सुदुरपश्चिमको कञ्चनपुर, पोखरा र काठमाडौंबाट गत मंगलबार एक्कैसाथ शुरुवात भएको उक्त अभियान विभिन्न कार्यक्रमहरु गर्दै चितवनतर्फ अघि बढेको छ ।

अभियानको निरन्तरताको क्रममा मोर्चाले झापामा हिजो बिहान सीमा क्षेत्रको अनुगमनपछि कोणसभा मोरङ्गको उर्लाबारीमा वृहत कोणसभाको कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त सभाको सञ्चालन क्रान्तिकारी माओवादीका जिल्ला सचिव विमलले गरेका थए भने प्रमुख वक्ताको रुपमा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले गरेका थिए ।

त्यसैगरी सीमा अनुगमनको काम सकेर उक्त अभियानले टोली मोरङको सुनवर्सि नगरपालिकाको डायनिया भन्ने स्थानमा अर्को कोण सभा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन मधेशी मोर्चाको प्रदेश संयोजक सुभिर मण्डल गरेका थिए भने वक्ताको रुपमा पनि गजुरेल नै रहेका थए ।

त्यस लगत्तै मोरङको धनपाल गाउँपालिकाको बर्सियामा भएको कार्यक्रमको सञ्चालन युवा संगठनका नेताले गरेका थिए भने सभालाई देजमो प्रदेश संयोजक लालबहादुर र सीपी गजुरल समेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष गजुरेलले क्रान्तिका लागि जनतालाई तयार बनाउँनुपर्नेमा जोड दिदै उक्त अभियान देशव्यापी रुपमा सञ्चालन गरिएको बताए ।

यतिबेला पार्टीले क्रान्तिको तयारी गरिरहेको र सत्ताँ परिवर्तनको मुद्धा उठाएका भन्दै उनले अभियानसँग आउँदो चैत्र २३ गते हजारौं जनताहरु सडकमा उत्रिने बताए ।

उनले भने–‘क्रान्तिका लागि कुनै मिति जुटाउनु पर्दैन, त्यसका लागि हाम्रो अभियान, कार्यक्रमलाई राज्यलृ जुनबेला दमन र हस्तक्षेप बढाउँछ, हो त्यसैबेलाबाट नयाँ क्रान्तिको उद्घोष हुन्छ ।’

त्यसैगरी सुदुरपश्चिमबाट शुरु भएको अभियान पनि विभिन्न स्थानहरुमा कोणसभा गर्दै अघि बढेको खबर प्राप्त भएको छ । कञ्चनपुरको बेलौरीमा हिजो बिहान कोणसभा भएको छ ।

त्यस्तै हिजो दिउँसो पुर्नवासमा सीमा अनुगमनपछि गोविन्द बजारमा अर्को कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभाको सञ्चालन क्रान्तिकारी माओवादी कञ्चनपुरका सेक्रेटरी हरी सुवेदीले गरेका थिए भने सम्बोधन मोर्चाक सचिव परी थापाले गरेको थिए ।

सचिव परीले वर्तमान सरकार राष्ट्रियतामाथि खुल्ला हस्तक्षेप हुदाँ पनि आँखा चिम्लेर बसेको भन्दै त्यस्को विरुद्ध सडक आन्दोनलाई चर्काउन सबैतिर आग्रह गरेको बताएका थिए ।

यस्तो छ अभियान टोलीको आजको कार्यक्रमहरु

सुदुरपूर्वको टोलीः सुदुरपूर्वबाट शुरु भएको अभियान टोलीले आज पनि अभियानलाई विभिन्न कार्यक्रमहरु गर्दै निरन्तरता दिने भएको छ ।

आज मोरङको विराटनगर महानगरपालिका आसपासका विभिन्न क्षेत्रमा स्थानीयवासी, नेता, कार्यकर्ताहरुसँग भेटघाट र छलफल, दिउँस १ बजे पत्रकार सम्मेलन, त्यसपछि बजारमा कोणसभा गरिने क्रान्तिकारी माओवादी मोरङका इन्चार्ज सिताराम बुढाथोकीले हरपल नेपालसँग बताएका छन ।

कोणसभा सकेपछि अभियान टोली सुनसरी जिल्लातर्फ अघि बढ्ने भएको छ । अभियान टोली सुनसरीमा दिउँस करिब तीन बजेसम्म पुग्ने र त्यहाँको धरान बजारमा करिब चार बजेतिर कोणसभा गरिने जनाइएको छ ।

सुनसरी पार्टीका इन्चार्ज मनोज श्रेष्ठका अनुसार अभियान टोली आज साँझ धरान बजारमा रहने छ । त्यसैगरी भोली विहान ११ बजे इटहरी चोकमा वृहत जनसभा कार्यक्रमको तयारी गरिएको छ, त्यसको तयारीका लागि विभिन्न जिल्लाबाट समेत नेता, कार्यकर्ताहरु आउने जनाइएको छ ।

सुदुरपश्चिममा अभियान टोलीको आजको कार्यक्रम

मोर्चाका सचिव परी थापाको नेतृत्वमा सुदुरपश्चिमबाट अघि बढको अभियान टोली आज बिहान कैलाली पुग्ने भएको छ । कैलालीको भन्सार रोडमा कोण सभा गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि दिउँस करिब १ बजेतिर कैलालीको जिल्ला सदरमुकाम धनगढी बजारको मुख्य चोकमा कोणसभा गरिने भएको छ ।

त्यहाँपछि अभियान टोली भजनी नगरपालिकामा कोणसभाको तयारीमा जुट्ने कैलाली पार्टीका इन्चार्ज तथा देजमो प्रदेश नम्बर सातका संयोजक राम बहादुर केसीले हरपल नेपालसँग बताए । उक्त टोली १० गते साँझ बर्दियातर्फ अघि बढ्ने भएको छ ।