हेर्नुहोस्, यस्तो छ, आज दिनभरीको देजमोको जनजागरण अभियानको कार्यक्रम

अभियान टोली पूर्वको सप्तरी, पश्चिमको बर्दिया पुग्दै

सुनसरी । देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले देशव्यापी रुपमा सञ्चालन गरेको मेची महाकाली जनजागरण अभियान विभिन्न कार्यक्रम गर्दै अघि बढेको छ ।

मुलुकको विभिन्न चार स्थानबाट उद्घाटन भएको उक्त अभियानलाई चार टिममा केन्द्रीत गरेर सम्बन्धीत क्षेत्रमा विविध कार्यक्रमहरु गर्दै फागुन २१ गतेसम्म समापन सभाका लागि चितवन पुग्नेगरी यस अघि नै निर्देशन भएको आयोजकले बताएको छ ।

चार टोली मध्य पोखराबाट शुरु भएको टोली र काठमाडौंबाट शुरु भएको टोलीले विभिन्न विकट जिल्लाहरुमा त्यहाँको सापेक्षतामा संन्देश सभा गरी रहेको हरपल नेपाललार्य जानकारी प्राप्त भएको छ ।

उक्त टोली तोकिएको मितिसम्म सबै स्थानहरुमा कार्यक्रम सञ्चालन गरेर चितवन पुग्ने तयारीमा अघि बढेको बुझिएको छ ।

त्यसैगरी सूदुरपश्चिमको कञ्चनपुरबाट अघि बढेको टोली आज कैलालीमा दुईवटा कार्यक्रमहरु गरेर साँझ प्रदेश नम्बर पाँचको बर्दियातर्फ बढ्ने भएको छ ।

मोर्चाका सचिव परी थापाले नेतृत्व गरेको उक्त टोली कैलालीको कार्यक्रम सकेर दिउँस तीन बजे बर्दियाको राजापुर पुग्ने कार्यतालिका रहेको जानकारी प्राप्त भएको छ ।

उक्त टोलीलाई आज राती बर्दियाको ताराताल (सानोश्री) बजारमा बसाल्ने र अर्कोदिन त्यहीबाट अघि बढाउने योजना बनाइएको क्रान्तिकारी माओवादी बर्दियाले जनाएको छ ।

मोर्चा सचिव थापा नेतृत्वको अभियान टोलीको आजको कार्यक्रम

१) कैलालीको जोशीपुरमा कोणसभा–बिहान ९ बजें
२) कैलालीको टिकापुर बजारमा कोणसभा–दिउँस १२ बजें
३) बर्दियाको राजापुरतर्फ प्रस्थान–३ बजेसम्म पुग्ने
४) राजापुरमा अभियान टोलीलाई स्वागत
५) बर्दियाको राजापुर बजारमा कोणसभा–३ः३० बजें सम्म
६) बर्दियासँग सीमा जोडिएको सीमावर्ति क्षेत्र श्रीलंकाको अनुगमन–४ बजें
७) बर्दियाको ताराताल बजारमा कोणसभा–साँझ ५ बजें
८) तारातालमा बस्ने/आराम गर्ने

त्यसैगरी सुदुरपूर्वको झापाबाट अघि बढेको मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेतृत्व गरेको अभियान टोली सुनसरीको धरान बजारबाट आज बिहान आफ्नो दैनिक कार्यक्रमको तालिका अनुसार अघि बढ्ने बताइएको छ ।

उक्त टोली बिहान खाना खाएर जिल्ला भित्रका कार्यक्रममा परिचालित हुनेछ भने साँझ चार बजे सुनसरीबाट बिदाई भएर सप्तरीतर्फ प्रवेश गर्ने छ ।

क्रान्तिकारी माओवादी सप्तरीका इन्चार्ज मोहन तामाङका अनुसार अभियान टोलि सप्तरी पुगेसँगै कोशी व्यारेजबाट भव्य स्वागत सहित जिल्लाको कार्यक्रमका लागि सहयोग गरिने छ ।

अभियान टोलीको स्वागतका लागि सप्तरीबाट देजमो र पार्टीका झण्डाले सजिएका आधा दर्जन बढि मोटर साईकल, दुई वटा गाडीहरु कोशी व्यारेजमा पुग्ने छन, त्यहाँ जनवादी गीत संगीतमा नेता, कार्यकर्ताहरु रमाउँदै थप उत्साहका साथ अभियानलाई अगाडि बढाउने बताइएको छ ।

मोर्चा अध्यक्ष गजुरेल नेतृत्वको अभियान टोलीको आजको कार्यक्रम

१) इटहरी बजारमा कोणसभा–बिहान ११ बजे
२) भण्टाबारी/बोर्डरसाइड कोणसभा–दिउँसो २ बजें
३) सुनसरीबाट बिदाई÷सप्तरी प्रस्थान–४ बजें (कोशीव्यारेज पुग्ने)
४) सप्तरीको राजविराजमा कोणसभा–४ः३० बजें
५) सप्तरीको रुकमि, राईपुरमा स्थानीयसँग भेटघाट, छलफलल–५ः३० बजें
६) सप्तरीको कल्याणपुरमा भेटघाट/कोणसभा–६ बजें
७) सप्तरीको कदमाहामा राति बस्ने