सुनसरीका युवाहरु क्रान्तिकारी माओवादी निकटको देजमोमा प्रवेश

क्रान्तिको बाटोमा अघि बढ्ने प्रतिबद्धता

इटहरी । विभिन्न राजनीतिक दलमा समर्थन गर्दै आएका युवाहरुले नेकपा (क्रान्तिकारी माओवादी) को नीति तथा कार्यक्रमप्रति सहमति जनाउँदै पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालमामा प्रवेश गरेका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) निकटको उक्त मोर्चाको देशव्यापी रुपमा सञ्चालित मेची महाकाली जनअभियानको क्रममा आज इटहरी बजारमा भएको कोणसभा मार्फत उनीहरुले प्रवेश गरेका हुन् ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गोरव र पार्टी स्थायी कमिटि सदस्य हरीभक्त कडेंल प्रतिक र पार्टी पोलिटवयूरो सदस्य तथा मोर्चाको एक नम्बर प्रदेश संयोजक लालबहादुर लगायतका नेताहरुले उनीहरुलाई टीका लगाृएर संगठनमा स्वागत गरेका थिए ।

मोर्चाका अनुसार मोर्चामा प्रवेश गर्नेमा सुनसरी जिल्लाको इटहरीका स्थानीय दिपनारायण चौधरी, सुसान्त चौधरी, जयप्रसाद चौधरी, अमन चौधरी, अबिनास चौधरी लगायत रहेका छन ।
क्रान्तिकारी माओवादी निकटको देजमोमा प्रवेश गर्ने युवाहरुले राजनीतिक दल र त्यसक नेताहरुले युवाहरुलाई पटक पटक प्रयोग गरेर सत्ताँको भर्याङ बनाएको भन्दै आक्रोश व्यक्त गरें ।

मोर्चामा प्रवेश गरेपछि हरपल नेपालसँग कुराकानी गर्दे उनीहरुले मुलुकमा अझै जनताले सोचेजस्तो व्यवस्था नआएकाले त्यसको विल्पमा संघर्ष गर्न जरुरी रहेको बताए ।