क्रान्तिकारीका माओवादीका दुई सामान्य कार्यकर्ताः प्रहरी फन्दामा

रिहाई गर्न माग

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) निकटको विखर्थी संगठन अखिल क्रान्तिकारीमा भर्खरै जोडिएका दुई जना सामान्य कार्यकर्ताहरु प्रहरीको फन्दा परेका छन ।

उनीहरुलाई प्रहरीले अन्य राजनीतिक गतिविधिको आराधारमा युवा संगठनको नेता भनेर  पक्राउ गरेको हुन सक्ने अनुमान गरिएको छ ।

हिजो वाङ्गेसिमल स्थित पसलमा सामान किन्दै गर्दै प्रहरीले विद्यार्थि संगठनमा भर्खरै जोडिएका सामान्य कार्यकर्तालाई बिना कारण पक्राउ गरेकोगरेको खुल्न आएको छ ।

अन्य संगठनबाट केही समय पहिलेमात्र प्रवेश गरेका मिलन शाही र शिव कडेंललाई प्रहरीले पक्राउ गरेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा प्रदेश ६ का कार्यवाक सेक्रेटरी कृष्ण गुरुङले बताए ।

उनले कतिपय मिडिमा क्रान्तिकारी माओवादीका नेता वा युवा संगठनका नताको गिरफ्तार भन्ने खबर आएकोमा त्यसलार्य प्रष्ट पार्दै पक्राउ परेकाहरु विद्यार्थि संगठनमा भर्खरै जोडिएका सामान्य कार्यकर्ता भएको बताएका छन ।

उनले उनलाई पक्राउ गर्नुपर्ने कारण केही नभएको वा आवश्यक परेमा पार्टी नेतृत्वसँग बुझ्नु पर्नेमा अनाहकमा दुख दिएको भन्दै रिहाइ गर्न माग समेत गरेका छन ।

उनीहरुलाई हिजो साँझ देजमोको जनसभा सकिएपछि पक्राउ गरिएको थियो ।