पत्रकार सम्मेलनमा गजुरेलले भने–‘वर्तमान सरकारको काम छैन, त्यसको आयु घट्दैछ’ (भिडियोसहित)

‘मुलुककमा सिक्किमिकरणको खतरा बढेको छ’

धनुषा । गत मंगलबारदेखि देशव्यापी मेची महाकाली अभियानमा रहेको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले आज धनुषाको जनकपुरमा पत्रकार सम्मेलन गरेको छ ।

मोर्चाले चलाएको अभियानका विषयमा जानकारी दिने उद्देश्यले उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको हो।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकार देश र जनताको पक्षमा नभै दलाल, तस्कर, माफीया र अपराधीहरुको पक्षमा रहेको भन्दै त्यस्तो सरकारको नेपालमा काम नभएको तर्क गरेका छन ।

अध्यक्ष गजुरेलले ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा बढि भ्रष्टाचार र सामाजिक अपराधका घटनाहरु भएको र मुलुकको आन्तरिक सुरक्षा नीतिमा हस्तक्षेप बढेको भन्दै त्यस्तो राष्ट्रघाती, जनघाती सरकारलाई सडक आन्दोलन मार्फत खारेज गर्ने बताए ।

नेता गजुरेलले तत्कालिन माओवादीले जनयुद्ध गर्दा अहिलेको जस्तो लोकतान्त्रीक गणतन्नत्रको माग नगरेको बताए । उनले आफुहरुले संघीय जनगणतन्त्रको मुद्धा निरन्तर उठाउँदै आएको भन्दै क्रान्तिमा धोका दिनेहरुले मुलुकमा गणतन्त्रन आएको भन्दै जनतामा भ्रम सिर्जना गरिरहेको बताए ।

नेता गजुरेलले मुलुकमा राष्ट्रियता, जनतन्त्र र जनजजिविकाका समस्याहरु दिन दिनै बढ्दै गएको बताए । उनल शिक्षा, स्वास्थ्य, रोजगार, गास, बाँस र कपास जस्ता मानिसको लागि आधारभूत आवश्यकताको परिपूर्ति राज्यले गर्नुपर्नेमा त्यस्तो नगरिएको उनले बताए ।

नेता गजुरेलले शिक्षा, स्वासथ्य जस्तो आधारमूत नागरिक सेवामा राज्य जिम्मेवादीबाट भागेको आरोप लगाए । राज्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा माफीयाकरण बढेको र बढ्दो व्यापारीकरणका कारण नागरिकहरुले सास्ति भोगिरहेको बताए ।

उनले मुलुकको राष्ट्रियतामा पछिल्लो चरणमा गम्भीर खतरा बढेको भन्दै सीमा क्षेत्रका तमाम सस्याहरुमा राज्य मौन बसेकोमा विरोध समेत गरे । उनले ओली सरकारको पालमा सीमा क्षेत्रमा धेरै प्रकारमा समस्याहरु बढेको र त्यसको समाधानको लागि वर्तमान व्यवस्था नै बदल्नुपर्नेमा जोड दिए ।

उनले मुलुकमा सिक्किमीकरणको खतरा बढेको भन्दै चिन्ता जाहेर गरे । उनले सबै समस्या र त्यसको समाधानको लागि सडक आन्दोलन विकल्पको रुपमा रहेको भन्दै सबै जनतालाई संघीय जनगणतनत्रको स्थापनार्थ आन्दोलनका कार्यक्रममा सहभागि हनु आग्रह गरें ।

गजुरेलले पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिदैँ भने–‘हिजो सँगै भएका कोही सत्ताँमा छन कोही कता कता कुदिरहेका छन, कहाँ कस्ले के भन्छ वा पट्काउँछ त्यो हामीसँग जोडिने विषय हैन, हामी जनता  जगाउने अभियानमा छाौं, यहिबाट जनताको समर्थन सहित आन्दोलन गछौं ।’