आज मेची महाकाली अभियानको १० औं दिनः यस्ता छन कार्यक्रमहरु

कपिलवस्तुमा पत्रकार सम्मेलन, महोत्तरीमा कोणसभा

महोत्तरी । देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले गत सात गतेदेखि सञ्चालन गरेको मेची महाकाली जनजागरण तथा परिचालन अभियान जारी राखेको छ ।

अभियानको आज दशौं दिन हो । पन्द्र दिने उक्त अभियानको क्रममा पश्चिमतर्फबाट मोर्चाका केन्द्रीय सचिव परी थापाको नेतृत्वमा अघि बढेको अभियान टोली हिजोसाँझ कपिलवस्तु पुगेको छ ।

उक्त टोलीले अहिले विहान चन्द्रौटामा पत्रकार सम्मेलन तथा अन्तरक्रियाको आयोजना गरेको छ । भने दिउँस विभिन्न स्थानमा कोणसभा आयोजना गर्ने हरपल नेपालसँग बताएको छ ।

त्यस्तै पूर्वतर्फबाट अघि बढेको मोर्चा अध्यक्ष सीपी गजुरेल नेतृत्वो अभियान टोली हिजोदेखि महोत्तरीमा रहेको छ । धनुषाको अभियान सकेर उक्त टोली अस्ति साँझ महोत्तरी पुगेको हो ।

उक्त अभियान टोलीले आज बर्दिवासमा भव्य कोणसभाको तयारी गरेको छ । आज महोत्तरीको अभियान सकेर उक्त टोली दिउँस सर्लाहीतर्फ प्रस्थान गर्ने बताइएको छ ।

परी थापा नेतृत्वको अभियान टोलीका आजका कार्यक्रमहरु

१) पत्रकार सम्मेलन, बिहान ८ः३० बजे
२) चन्द्रौटामा कोणसभा, १० बजे
३) बहादुरगञ्जमा कोणसभा, १२ बजें
४) कृष्णनगरमा कोणसभा, २ बजें
५) बुटनियामा कोणसभा, ४ बजें
६) महाराजगंञ्जमा कोणसभा, ६ बजें
७) राती बसाई तौलिहवामा

सीपी गजुरेल नेतृत्वको अभियान टोलीका आजका कार्यक्रमहरु

१) गौशालामा कोणसभा, ९ बजे
२) बर्दिवासमा कोणसभा, १० बजे
३) बिदाई, ११ बजे
४) सर्लाहीको रामनगरमा प्रवेश, खानपिन, १२ बजें
५) रामनगरमा कोणसभा, १२ः३० बजे
६) मलङ्वामा अनतरक्रिया तथा पत्रकार भेटघाट, १ः ३० बजे
७) मलङ्वामा कोणसभा, २ बजे
८) कर्मयामा कोणसभा, ३ः३० बजे
९) हरियोनमा कोणसभा, ५ बजे
१०) राति बसाई स्थालतर्फ जाने, ६ः३० बजे