देजमोको अभियान आज ११ औं दिनमा प्रवशः यस्ता छन, दिनभरीका कार्यक्रमहरु

पत्रकार भेटघाट, सीमा नीरिक्षण र कोणसभाहरु गरिदैँ

कपिलवस्तु । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले गत सात गतेदेखि शुरु गरेको पन्द्र दिने मेची महाकाली जनजागरण तथा परिचालन अभियानको आज ११ औं दिन पुगेको छ ।

अभियानको ११ औं दिन पुग्दा मोर्चाको केन्द्रीय सचिव पराी थापाले नेतृत्व गरेको सुदुरपश्चिमबाट अघि बढेको अभियान टोली प्रदेश नम्बर पाँचको कपिलवस्तुमा पुगेको छ भने मोर्चा अध्यक्ष सीपी गजुरेलले नेतृत्व गरेको पूर्वि अभियान टोली सर्लाहीमा पुगेको छ ।

त्यसैगरी पोखरा र काठमाडौंबाट अघि बढेको अभियान टोलीले समेत विभिन्न जिल्लाहरुमा संन्देश सभाको कार्यक्रमहरु गरिरहेको खबर प्राप्त भएका छन ।

यसरी चारै स्थानबाट अघि बढेको अभियान टोली चितवनको भरतपुरमा २१ गते पुग्ने र त्यहाँ विशाल जनसभाको आयोजना गर्ने तयारी भएको छ ।

अभियानको ११ दिनमा प्रवेश गर्दा पश्चिमको टोमले आज पत्रकार सम्मेलन, सीमा निरिक्षण र विभिन्न स्थानहरुमा कोणसभाका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

उक्त अभियान टोली आज दिउँस कपिलवस्तुको कार्यक्रम सकेर रुपन्देही जिल्लामा प्रवेश गर्ने क्रान्तिकारी माओवादीका प्रवेश सेक्रेटरी प्रेम सुवेदीले बताएका छन । सुवेदीका अनुसार उक्त टोली रुपन्देहीमा भोलीसम्म रहने छ ।

यस्तो छ, पश्चिम अभियान टोलीको आजको कार्यक्रम

१) तौलीहवामा पत्रकार भेटघाट, ७ बजे
२) महलिसागर बाँध (भारतीय पक्षले बाँधेको बाँधका कारण, बर्षेनी डुबानको समस्या हुने क्षेत्र) निरिक्षण, ९ बजें
३) महलिसागर बाँध क्षेत्रमा कोणसभा, ९ः३० बजें
४) खुलुवा भन्सारमा कोणसभा, ११ बजें
५) तौलीहवामा कोणसभा, १२ बजें
६) चार नम्बर जितपुरमा कोणसभा, १ः३० बजें
७) कपिलवस्तुबाट बिदाई, रुपन्देहीमा स्वागत, २ बजें
८) कञ्चन गाउँपालिकाको हरैया बजारमा जनसभा, २ः३० बजें
९) कञ्चन गाउँपालिकाको रिगरे चोकमा कोणसभा, ४ः ३० बजे
१०) राति स्थानीय पार्टीको योजनामा बसाई हुने

त्यस्तै पूवि अभियान टोलीले पनि आज विभिन्न स्थानहरुमा कोण सभाको आयोजना गर्ने तयारी गरेको बताइएको छ । त्यस्तै उक्त टोलीले आज बिहान पत्रकार भेटघाटको कार्यक्रम समेत राखेको छ ।

अभियानको क्रममा देशव्यापी उत्साह थपिएको संन्देश प्रवाह भएसँगै सर्लाहीमा भने विभिन्न राजनीतिक दल निकटका युवाहरुले आज सामूहिक रुपमा मोर्चामा प्रवेश गर्ने कार्यक्रम समेत तय भएको पार्टी सचिव शंकर चौधरीले बताएका छन ।

पूर्वि अभियान टोलीको आजको कार्यक्रमहरु

१) धुर्कौलीमा कोणसभा, ९ बजें
२) धुर्कौलीमा युवाहरुको मोर्चामा प्रवेश कार्यक्रम, ९ः३० बजें
३) हरिवनमा पत्रकार भेटघाट, १०ः३० बजें
४) हरिवनमा कोणसभा, ११ः३० बजें
५) कर्मैयामा कोणसभा, १२ः३० बजें
६) सर्लाही बिदाई, रौतहट स्वागत, १ः३० बजें
७) चन्द्र निगाहपुरमा कोणभसा, २ः३० बजे
८) स्थानीयवासीहरुसँग भेटघाट, छलफल ३ः३० बजे
९) चन्द्र निगाहपुरको अर्को क्षेत्रमा कोणसभा, ५ बजें
१०) राति बसाई स्थानीय पार्टीको योजनामा