देजमोको अभियानः यस्ता छन आजका कार्यक्रमहरु

पत्रकार सम्मेलन र जनसभा गरिदैँ

रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको देशव्यापी मेची महाकाली अभियान अन्तर्गत आज विभिन्न स्थानमा पत्रकार सम्मेनल, जनसभा, अन्तरक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गरिने भएका छन ।

मोर्चाको पश्चिमतर्फबाट अघि बढेको अभियान टोली हिजो साँझबाट रुपन्देहीमा पुगेको छ भने सुदुरपूर्वबाट शुरु भएको टोली हिजो दिउँस रौतहटमा प्रवेश गरेको छ । त्यसैगरी पोखरा र काठमाडौंबाट अघि बढेका अभियान टोलीहरु पनि जिल्लाको सापेक्षतामा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन ।

पश्चिम अभियान टोलीको नेतृत्व मोर्चाका केन्द्ीय सचिव परी थापाले गरेका छन भने पूर्वी टोलीको नेतृत्व मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले गरेका छन । अभियान टोलीको आजको कार्यक्रम यस्तो रहेको छ ।

थापा नेतृत्वको अभियान टोलीको आजको कार्यक्रम

१) हरैयामा कोणसभा, ९ बजे
२) सैनामैनाको रामापुर चोकमा कोणसभा, १२ बजें
३) बुटवलमा जनसभा, २ बजें
४) पत्रकार भेटघाट बुटवलमा, २ः३० बजे
५) भैरहवामा पत्रकार भेटघाट, ४ बजे
६) भकभकेमा कोणसभा, ५ बजें
७) खैरेनीमा रातिको बसाई

गजुरेल नेतृत्वको अभियान टोलीको आजको कार्यक्रम

१) रौतहटको गरुडा नगरपालिका स्थित झाँसपुरमा पत्रकार सम्मेलन, ८ बजें
२) रौतहटमा विदाई, बारामा स्वागत ९ बजें
३) बाराको सिम्रौनगढमा कोणसभा, १० बजें
४) बाराको पिपरपातीमा कोणसभा, ११ बजे
५) महागढीमाइएमा कोणसभा, १ बजें
६) कलैयामा कोणसभा, २ बजें
७) विरगञ्जमा कोणसभा, ४ बजे
८) राति जितपुरमा बस्ने