क्रान्ति जारी छ, हामीले क्रान्तिको झण्डा उठाइरहेका छौंः नेता कडेंल

आरोप: प्रचण्डहरु कम्युनिस्टको नाममा लुटेरा बने

बारा । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरीभक्त कडेंल प्रतिकले जन अपेक्षा अनुसारको व्यवस्था अहिलेसम्म नआएको भन्दै क्रान्ति निरन्तर अघि बढ्ने बताएका छन ।

क्रान्तिकारी माओवादी निकटको देशभक्तत जनगणतान्त्रीक मोर्चाको मेची महाकाली अभियानको क्रममा हिजो बाराको सिम्रौनगढमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता कडेलले त्यस्तो बताएका हुन ।

कडेंलले मुलुकको आमूल परिवर्तनका लागि थालिएको जनयुद्ध र त्यसपछि भएको जनआन्दोलनको मर्म विपरित सामन्तवादीहरुले घुमाउँरो तरिकाले लोकतान्त्रीक गणतन्नत्र ल्याएको बताए ।

उनले आफुहरुले जनताको हक, अधिकार र आधाभुत आवश्यकताको परिपूर्तिको ग्यारेन्टी गर्ने जनगणतन्त्रको माग अघि सारेको र यहि माग सडकबाट जनताले समेत गरेको भएपनि झुक्याएर पुर्न दलाल, सामन्त र भ्रष्टहरुको व्यावस्था ल्याइएको बताए ।

नेता कडेंलले जनताको राज्यसत्ताँ नआएसम्म निरन्तर क्रान्तिको प्रकृया अघि बढ्ने र त्यो कसैले चाहेर वा नचाहेर प्रभावित नहुने तर्क गरे ।

उनले क्रान्ति र परिर्वतनको सपना देखाएर प्रचण्डहरुले जनतालाई धोका दिएको भन्दै उनीहरुको भ्रमबाट मुक्त हुनपर्नेमा जोड दिए । प्रचण्डहरु जनताको सपना चोर्ने, लुटेरा भएको भन्दै उनले लुटेराको संज्ञा दिए ।

उनले भने–‘प्रचण्डहरु अहिले कम्युनिस्ट व्यवस्था आयो, अब संवृद्धि र खुशीको कुरा गरौ. भन्नुहुन्छ तर त्यो जनताले अनुभूति गरेका छैनन, जताकतै लुटतन्त्र छ । हामीले उनीहरुको भ्रमबाट मुक्त भएर क्रान्तिको बाटोमा अघि बढ्नु पर्छ ।’

उनले अहिलेको लोकतान्त्रीक गणतन्त्र बुजुवा गणतन्त्र भन्दा पनि घातक भएको भन्दै भने–‘जताकतै समस्याहरु छन, सीमानाहरुमा अतिक्रमण भएका छन, मुलुकमा भ्रष्टहरु, तस्करहरु सल्बलाइरहेका छन तर त्यसको संरक्षक राज्य नै बनेको देखिन्छ, यो कस्तो गणतन्त्र हो ?’

नेता कडेंलले जन न्यायीक व्यावस्था ल्याउनको लागि आफ्नो पार्टीले अहिले पनि क्रान्तिको झण्डा उठाइरहेको बताए । उनले जनयुद्धमा जनताको नाममा खाएको सपथ नबिर्सेको भन्दै नयाँ जनवादी क्रान्तिको तयारीमा आफुहरु रहेको बताए ।

उनले भने–‘क्रान्ति अहिले पनि जारी छ, यो अभियान पनि त्यसैको तयारी हो । हामी जनतालाई कुरा बुझाउँदै आन्तरिक र बाह्यि तयारी मजबुत बनाउँदै अघि बढेका छौ, राज्यले दमन गरेकै दिन क्रान्तिको उद्धोष गछौं, क्रान्ति जारी छ ।’

उनले जनतको अधिनायकत्व सहितको व्यवस्था नआएसम्म दलालीकरण चलिरहने बताए । उनले वर्तमान सरकार सामाजिक फाँसिवाद उन्मेख रहेको भन्दै त्यसको विकल्पको खोजीका लागि सडक संघर्ष तत्कालको लागि अपरिहार्य सर्त भएको बताए ।

उक्त कोणसभाको सञ्चालन युवा नेता रामनारायणसिंहले गरेका थिए । नेता कडेंलले त्यसपछि हिजो नै अर्को पिपलपातीको कोणसभालाई समेत सम्बोधन गरेका थिए ।

त्यसपछि बेनौलीको अर्को कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मोर्चाका केन्द्रीय अध्यक्ष विरेन्द्र यादवले गरेका थिए ।

उक्त कोणसभामा पार्टीका पोलिटव्यूरो सदस्य कृष्णदेवको विशेष उपस्थिति रहेको थियो भने नेता, कार्यक्रता र स्थानीयहरुमो बाक्लो उपस्थिति रहेको थियो ।