राष्ट्रिय स्वाभिमानको लडाईका लागि तयार हुन नागरिकलाई नेता गजुरेलको आह्वान (भिडियोसहित)

दलालहरुलाई कालोमोसो दल्न निर्देशन

बारा । देशव्यापी मेची महाकाली अभियानको क्रममा रहेका क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चाका अध्यक्ष सीपी गजुरेलले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि पुन एक पटक सचेतन लडाई लड्नुपर्ने बताएका छन ।

मेची महाकाली अभियानको क्रममा हिजो बाराको सदरमुकाम कलैयामा हिजो साँझ भएको जनसभालाई सम्बोधन गर्ने क्रममा मोर्चाका अध्यक्ष गजुरेलले त्यस्तो बताएका हुन ।

उनले वर्तमान राज्यले राष्ट्रघात, जनघातका कामहरु बढाएको भन्दै त्यसको विकल्पको खोजि गर्नुपर्नेमा जोड दिएका थिए । मुलुकको आन्तरिक र बाह्यि राष्ट्रियता संकटमा परेको र मुलुक सिक्किमिकरणको दिशामा बढेको भन्दै उनले उक्त खतराबाट जोगाउँनका लागि हरेक सचेत नागरिकहरु आ आफ्नो ठाउँबाट तयार हुनुपर्ने बताए ।

उनले भने–‘सीमाहरु मिचिएका छन, जनताहरु कर, महंगी र दलालीकरणबाट आजित भएका छन, जताकतै ब्याथिति र अराजकता मच्चिएका छन । सामाजिक न्यायको हरण भएको छ, यसरी कति दिन चल्छ यो सत्ताँ ?’

उनले राज्यको श्रोत र साधनको जनप्रतिनिधिहरुले विलासितामा दोहन गरिरहेको भन्दै त्यसको विरोध गरे । जनताले खोजेको व्यवस्था अझै नआएको भन्दै उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लागि पुर्न एकपटक लड्नुपर्ने उनले बताए ।

उनले भने–‘जनताको हक, अधिकारमा हनन भएका छन, सामाजिक असुरक्षाको स्थिति डरलाग्दो गरी बढेको छ । वाह्यि शक्तिहरुले केही नेताहरुलाई प्रभावमा परेर हस्तक्षेप गरिरेहेको छ, चारैतिरबाट समस्याहरु खडा भएका छन । अब हाम्रो राष्ट्रियता र स्वाभिमान खतरा पर्ने स्थिति आएको छ, त्यसका लागि हामी सबै जाग्नुपर्ने बेला आयो ।’

नेता गजुरेलले मोर्चाले सञ्चालन गरेको मेची महाकाली अभियान राष्ट्रियताको आन्दोलन पनि भएको भन्दै उनले मुलुकको सार्वभौमिकतामाथि खतरा देखिएकाबेला पार्टीको भण्डा भन्दा माथि उठेर लड्न आग्रह गरे ।

उनले सबै नागरिकहरुलाई जनअधिकारको ग्यारेन्टी गर्न र राष्ट्रियताको सुरक्षा गर्न वर्तमान सरकार र संसदीय व्यवस्था असफल भएको भन्दै त्यसका लागि व्यवस्थाको विकल्प सडक आन्दोलनबाट खोज्नुपर्ने बताए ।

उनले वर्तमान व्यवस्था रहेसम्म राष्ट्रघाती, जनघाती कामहरु बढ्दै जाने भन्दै त्यसको समाधानका लागि संसदीय व्यवस्थको खारेजी गरेर संघीय जनगणतन्त्र ल्याउनुपर्नेमा जोड दिए।

उनले संघर्ष र आन्दोलनका कार्यक्रमहरु निरन्तर अघि बढेको भन्दै सबै प्रकृयाहरुमा जोडिन र एक पटक पुर्न राष्ट्रिय स्वाभिमानको लडाईमा सामेल हुनका लागि आम नागरिकहरुमा आह्वान समेत गरे ।

उक्त जनसभाको सञ्चालन रामनारायणसिंहले गरेका थिए । सभामा पार्टीका प्रवक्ता हरीभक्त कडेंल, पोलिटवयूरो सदस्य कृष्णदेव, कमल चौधरी, केन्द्रीय सदस्य विरेन्द्र यादव, पत्रकार, विद्यार्थी, युवाहरुका नेताहरु लगायत सयौं नागरिकहरुको सहभागिता रहेको थियो ।

नेता गजुरेलले बाराको कोतवाली चोकमा समेत कोणसभालार्य हिजो सम्बोधन गरेका थिए । उनले त्यहाँबाट समेत संघर्षका लागि तयार हुन आह्वान गरे ।