पुर्नसंगठित बन्दै पूर्व जनसेनाः दलाल, भ्रष्ट विरुद्ध जनन्यायीक समिति निर्माण (भिडियोसहित)

देश र जनताको न्यायका लागि संगठित हुन आह्वान

काठमाडौं । तत्कालिन माओवादीले दश बर्षे जनयुद्धको क्रममा तयार गरेको जनमुक्ति सेनाको संरचना जस्तै देश र जनताको पक्षमा न्यायीक काम गर्ने उद्देश्यले पूर्व जनमुक्ति सेनाहरुले नयाँ संरचना निर्माण गर्ने भएका छन ।

जनताले अपेक्षा गरेको जस्तो व्यवस्था अझै नआएकाले थप संघर्ष गर्नुपर्नेमा जोड दिदैँ बहिर्गमित जनमुक्ति सेनाका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता योग्यबहादुर कार्कीले हरपल नेपालसँगको कुराकानीमा त्यस्तो बताएका हुन ।

प्रवक्ता कार्कीले मुलुकमा दिनानुदिन सामाजिक असुरक्षाका घटनाहरु बढ्दै गएको भन्दै त्यसको नियन्त्रण गर्नका लागि पूर्व माओवादी सेनाहरुले त्यस्तो योजना अघि सारेको जनाएको छ ।

प्रवक्ता कार्कीले आफ्नो संगठनले परिवर्तनगामि, देशभक्त, माटोलाई माया गर्ने आम नेपाली युवाहरुलाई त्यस अभियानमा जट्नका लागि अपिल समेत गरेको बताए ।

उक्त जनन्यायीक समितिको संरचना, सख्या र योजनाका बारेमा भने विस्तृत जानकारी भने गराइएको छैन । उनले त्यो विषयमा अलिक पछिमात्र पत्रकार सम्मेलन गरेर सबैलाई जनता गराइने बताए ।

मुलुकमा भैरहेका विकृतिहरु, बलात्कारका घटनाहरु, ठगि र न्याय नपाउँने जस्ता विषयमा बहिर्गमित जनमुक्ति सेनाको संगठनले मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने

उनले भने–‘हिजो हामी समाजमा रहेका विकृति र विसंगतीको विरुद्धमा लडेका थियौं तर आज त्यहि पार्टीका नेताहरु राज्यसत्ताँमा हुदाँपनि लागु नहुने स्थिति देखिएको छ, जनताहरु न्याय नपाएरै मर्नुपर्ने अवस्था देखिएको छ, यो अवस्थामा हाम्रो संगठन पुर्नगठित जनमुक्ति सेनाहरुलाई पुर्न गठित गर्ने योजनामा रहेका छौं ।’

बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष कार्कीले राज्य जनभावना विपरित ढंगले चलेको भन्दै त्यसको लागि आम नागरिकहरुले सचेतन ढंगबाट देश र जनताको पक्षमा काम गर्न संघषको मोर्चामा जोडिन अपिल समेत गरें ।

उनले जनन्यायीक कामहरु गर्नका लागि हिजोको काम गराई, क्षमता र राजनैतिक विचारले मात्र अहिलेको लागि नपुन्ने भन्दै विज्ञान, प्रविधि, तालिम र चिन्तनमामा समय सान्दर्भिक हुने बताए ।

उनले जनताको पक्षमा खास खास कामहरु गर्नका लागि आम युवाहरुलाई आफ्नो संगठनको योजनामा रहेर अघि बढ्न आह्वान समेत गरेका थिए ।

उक्त जनन्यायीक संगठनको निर्माण गरिसकेपछि त्यसको काम, संरचना, योजना लगायतका विषयहरुलाई सार्वजनिक गरिने उनीहरुले बताएका छन ।

उनले भने–‘उक्त जन न्यायीक संगठन देश र जनताको पक्षमा काम गर्नका लागि खोलिने भएकाले त्यो खुला नै रहन्छ, हामी भाग्नुपर्ने हुँदैन । र हामी जनताकै घर, आँगनमा रहन्छौं।’

उनले जनविरोधी कामहरु नगर्न राज्य र सम्बन्धीत निकायलाई चेतावनी दिदैँ मुलुकबाहिर आर्थीक उपार्जनका लागि गएका युवाहरुलाई मुलुकभित्रै राखेर यहाँको विकासका लागि शिप, क्षमता र मिहेनत खर्चिने खालको वातावरण निर्माण गर्न उनले माग गरेका छन ।

जनमुक्ति सेनाले मुलुकमा रहेर सामाजिक सेवा र व्यापार व्यवसाय गर्नेहरुको लागि आफ्नो संगठनले सुरक्षा दिने उनले बताए ।

उनले संसार प्रविधि मैत्रि बन्दै गरेको अवस्थामा जनमुक्ति सेनाको न्यायीक संगठनले प्रविधिको उच्चतम प्रयोग गर्दै हिजोको शिप र क्षमतामा अझ वृद्धि गरेर अघि बढ्ने तर्क गरे । उनले राज्यलाई खबरदारी गर्दै सामाजिक न्यायको सिथतिलाई सुधार गररै छाड्ने प्रतिबद्धता समेत जनाए ।

उनले आम युवाहरुलाई सामाजिक न्यायका लागि न्यायीक समितिमा जोडिएर देश र जनताको पक्षमा काम गर्नका लागि आह्वान समेत गरे ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा दुख पाएका, सामाजिक विभेदमा परेका, पीडित बनेका मानिसहरु आफ्नो संगठनमा न्यायका लागि आउने गरेकाले त्यो कदम चालेको उनले बताए ।

उनले सम्पूर्ण जनमुक्ति सेनाहरुले हिजो लिएको सपथ पुरा गर्नका लागि पुनः संगठित हुनुपर्नेमा जोड दिए ।फाईल तस्बिर