प्रदेश नम्बर चारमा देजमोको सम्मेलनको तयारी अन्तिम चरणमा

मोर्चाका अध्यक्ष गजुरेलद्धारा उद्घाटन हुने

कास्की । ‘संघीय जनगणतन्त्र स्थापनाका लागि देजमो नेपालको आन्दोलन, जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधिनताका पक्षमा प्रथम प्रदेश सम्मेलन’ भन्ने मूल नाराका साथ प्रदेश नम्बर चारमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम प्रदेश सम्मेलनको तयारी भैरहेको छ ।

मोर्चाको प्रथम प्रदेश सम्मेलन पोखरामा यहि ८ गते हुने भएको छ । प्रदेश सम्मेलनको लागि जनपरिचाल तथा सांगठनिक काम र अन्य व्यवस्थापकिय कामहरु अन्तिम चरणमा पुगेको मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर चारका संयोजक केशबहादुर परियारले हरपल नेपालसँग बताए ।

संयोजक परियारका अनुसार सम्मेलनको तयारीका लागि प्रदेशभित्रका अधिकाशं जिल्लाहरुमा भेला, सम्मेलनहरु सम्पन्न भैसकेका छन । सम्मेलन पोखरा स्थित कान्तिपुर पार्टी प्यालेसमा हुने भएको छ ।

आउँदो शुक्रबार अधिकांश जिल्लाहरुबाट मोर्चाका सदस्य, सुभेच्छुक तथा समर्थक गरी सयौंको संख्यामा सहभागिहरु सम्मिलित भव्य कार्यक्रमबीच सम्मेलनको औपचारिक रुपमा उद्घाटन हुने भएको छ । त्यस्तै सम्मेलनको लागि विभिन्न जिल्लाहरुबाट छानिएका १२४ जना प्रतिनिधिहरु बन्दशत्रमा भाग लिने बताइएको छ ।

श्रोतका अनुसार भव्य कार्यक्रमबीच मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवद्धारा प्रदेश सम्मेलनको समुद्घाटन गरिने भएको छ । सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) का साथै मोर्चाका केन्द्रीय नेताहरुको कास्कीमा जमघटको क्रम शुरु भएको छ ।

सम्मेलनको उद्घाटन ११ बजेंको लागि निधार्ण भएको छ । उद्घाटन शत्रको समापनपछि त्यहि दिन दिउँस २ बजेबाट बन्दशत्र शुरु गरिने आयोजक कमिटीको तयारी रहेको छ । त्यस्तै बन्दशत्र लम्बिएमा ९ गते बिहानसम्म सक्नेगरी योजना बनेको बताइएको छ ।

त्यस्तै त्यहाँ साँस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा समेत कार्यक्रमको आयोजना गरिएको छ । प्रतिरोध दिवसलाई भव्य रुपमा मनाउँने तयारी भैरहेको खुल्न आएको छ । फाइल तस्बिर