भिडियोमा हेर्नुहोस्, देशभक्त जनगणतान्त्रिक मोर्चा पाँच नम्बर प्रदेश सम्मेलन

र्यालिसहित साँस्कृतिक प्रतिरोध दिवस पनि

बाँके । नेपालगञ्जमा नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको पाँच नम्बर प्रदेशको पहिलो सम्मेलन भव्य रुपमा हुँदैछ । हिजो उद्घाटन भएको सम्मेलन आज सकिने बताइएको छ ।

क्रान्तिकारी माओवादीले प्रदेश सम्मेलनका साथै हिजो साँस्कृतिक प्रतिरोध दिवस समेत मनाएको छ । शहीदहरुप्रति सम्झना गर्दै परिवर्तनका पक्षमा विभिन्न नारा लगाउँदै क्रान्तिकारी माओवादीका नेता, कार्यकर्ताहरुले उक्त दिवस मनाएका हुन ।

विपी चोकदेखि त्रिभुवन चोकसम्म नारा जुलुस सहित क्रान्तिकारी माओवादीले प्रदर्शन गरेको थियो । उक्त कार्यक्रम हेर्नको लागि तलको भिडियोमा जानुहोला ।