आज डाकिएको संसद बैठकमा सरकारले जस्ताको तस्तै संशोधन प्रस्ताव पेश गरे एमालेले पुनः संसद् अवरुद्ध पार्ने

प्रतिपक्ष दल भन्छ,सहमतीमा जानुपर्छ

काठमाण्डौ,पुस २४ । आइतबारका लागि डाकिएको संसद बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव पेश गरेमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद पुर्न अवरुद्ध हुने एमालेले जनाएको छ ।

शनिवार साँझ प्रतिपक्षी दल एमालेले सरकारले यथास्थितिमा संविधान संशोधनको प्रस्ताव पेश गरे पुनः संसद् अवरुद्ध पार्ने निर्णय गरेको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैसीपाटीमा सम्पन्न एमालेको स्थायी समितिको बैठकले जस्ताको तस्तै संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसद्मा पेश हुन नसक्ने अडान दोहोराएको हो ।

छ दिनको समय मागेको प्रमूख प्रतिपक्षी दलले अन्तिममा आएर एथास्थितिमा संसद बैठक चल्न नदिने जनाएपछि भोलिका लागि डाकिएको संसद बैठक पनि प्रभाबित हुने भएको छ ।

बिपक्षी दलको अबरोधका कारण लगातार अबरुद्ध हुँदै आएको संसद बैठक सरकारले यथास्थितिमा संविधान संशोधनको प्रस्ताव पेश गरे पुनः संसद् अवरुद्ध पार्ने निर्णय भएको एमाले सचिव प्रदिप ज्ञवालीले हरपल नेपालसँग बताएका छन ।

एमाले सचिव ज्ञवालीले भने–‘संविधान संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनमा केन्द्रित गराउन सरकारलाई हाम्रोे पार्टीले पुन आग्रह गरेको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने कानुनी र नैतिक कुनै पनि आधार रहेपनि संशोधन प्रस्ताव जस्ताको तस्तै रुपमा सदनमा पेश हुन सक्दैन । सहमतीमा उहाँहरु जानु राम्रो हुन्छ ।’

एमाले सचिव ज्ञवालीले संसदबाट सिमांकनको हेरफेर गर्न नमिल्ने आदेश सर्वोच्च अदालतले दिएको ब्याख्या गर्दै सरकार र सत्तारुढ काँग्रेस तथा माओवादी केन्द्रलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन एमालेले दवाव दिँदै आएको दोहोर्याए ।

उनले शनिबार बसेको एमाले स्थायी समितिको बैठकले शुक्रबार आयोजना गरिएको बिशाल जनपर्दशनको समीक्षा गर्दै प्रदर्शन सफल भएको निष्कर्ष समेत निकालेको जानकारी दिएका छन ।