पूर्व जनमुक्ति सेनाका एक जवान,जस्ले थवाङलाई मलेसियाबाट सम्झना गरे

भन्छन–अर्को क्रान्ति अनिवार्य छ

टिकाराम ओली

प्रिय थवाङ अभिवादन,
तिमीसँग विछोड भएको लामो समयपछि तिम्रो नाममा एउटा पत्र लेख्दैछु । मनमा पैदा भएका दुःख र हर्षका तरंग पोख्न मन लाग्यो । अनि तिमीलाई सम्झिए । मलेसियामा चौकीदारी गर्दैगर्दा तिमीले दिएको न्यानो मायालाई सम्झिरेको हुन्छु । यतिबेला सम्म तिमी र गुमनाम थियौँ । तिम्रो चर्चा फेरि हुन सुरुसँगै हाम्रो भूमिका पनि बढेको छ । जब नेपालमा परिवर्तनको कुरा उठ्छ त्योसँगै तिम्रो चर्चा पनि हुने गर्दछ । जनयुद्धको गर्भबाट जन्मेको जनवादी सत्ताको केन्द्र थियौँ तिमी । तिम्रो र हाम्रो बलिदानबाट जन्मेको जनसत्तालाई बालुवाटार लगेर गाडिएसँगै हाम्रा हातका हतियार र बर्दी खोसिए र तिम्रो चर्चा हुन छोड्यो । जनयुद्धको समापनसँगै तिमी गुमनाम भयौँ र हामी शरीरमा बम र गोली बोकेर विदेश पलायन भयौँ । एउटा पुस्ताले स्थापना गरेको जनसत्ता सपनाजस्तै भयो भने सपना चकनाचुर बनाइए ।

प्रिय थवाङ,
आमूल परिवर्तनको लागि भन्दै बन्दुक बोकेको कमाण्डरले खेलाईखेलाई तिमी र हामीलाई मानघाट पुर्यायो । तिम्रो र हाम्रो रगत र पसिनाबाट मसानघाटमा पुगेको संसदीय व्यवस्थालाई पुनः सिंहदरबारमा ल्याइयो । परिवर्तनको अवाजलाई जलाउँनै लाग्दा अभियान्ताहरु फेरि उठेका छन । उनीहरु विप्लवको नेतृत्वमा फेरि मैदानमा आएपछि तिम्रो चर्चा सुरु भएको छ । पुर्नवहाली भएको संसदीय व्यवस्था ध्वास्त गर्ने एकीकृत जनक्रान्तिको खाका कोर्न क्रान्तिकारीहरु तिम्रै आगनीमा आउने खबरले तिमीलाई पनि खुशी लागेको नै होला ।

काठमाडौँका खुला मंचमा बालेको मशाल बोकेर क्रान्तिकारीहरु थवाङ पुग्ने खबरले हामी जस्तै विदेशमा स्वभिमान गुमाएर बस्न बाध्य भएकाहरु खुशी भएका छौँ । गाउँमा फेरि महिला दिदीबहिनीमाथि बलात्कार, दलितमाथि छुवाछुत, बोक्सीको आरोम गरिएको हत्या, देश र जनताको पक्षमा बोल्नेहरुलाई पक्राउ, चारडाँडा कटाएकाहरुले राज गरिरहेको सुन्दा निकै आक्रोसित बनाउँछ । यो सब के कारण भयो तिमीलाई जानकारी नै छ, जनयुद्धका कमाण्डर धराने बंकुर भएका छन ।

बोसोका पारखीहरुले नै उनीलाई खोज्दै जान्छन । बंगुर पनि सिनो खोज्दै दौडिरहेको छ । अहिले त बंगुरले बच्चा पनि पाएको छ भन्ने पनि सुनेको छु । उ आफू र आफ्ना बच्चाको सिनो खोजिरहेको होला नै । तिमी हाम्रै अगाडि गरेको बाचा पनि भुलिसकेको छ र तिमी हामीलाई चिन्दैन होला । तिम्रो र हाम्रो विछोड गराइएपछि हामी कति दिन भोकै रुँदै बस्यौँ, तिमीलाई सुनाउन बाँकी नै छ । क्रान्तिकारीका आँखाबाट धेरै आँसु बगिसकेका छन । यी सबै कुरा भेटमा गरौँला ।

प्रिय थवाङ,
नयाँ अभियानको कमाण्डर नयाँ छ । नेपालको राजनीतिक यात्रा एक चक्कर लगाउँदै २०५२ भन्दा अगाडिको अवस्थामा पुगेको छ । प्रतिक्रियावादीहरुले जनतामाथि जबरजस्त आफ्नो लुटको शासन थोर्पाने प्रयास गर्दैछन । परिवर्तनका भोका जनताले तिमीलाई फेरि सम्झिरहेका छन । त्यसैले तिम्रो आगनीको याद आउछ । चर्चा प्रतिक्रियावादीहरुले पनि गर्ने गर्छन । उनीहरुले तिम्रो कसरी बलात्कार गर्ने भन्ने योजना बनाउँदै होलान । तर,चिन्ता नगर तिम्रो रक्षाको लागि हामी फर्किदैछौँ । एकीकृत जनक्रान्तिले तिम्रो हाम्रो भेट गराउने भएको छ । तिम्रो(हाम्रो फेरि भेट हुने भएपछि मेरो छाती पनि ठूलो भएको छ । म जस्ता बिदेशमा कुल्ली गर्नेहरुले तिम्रो न्यानो मायालाई सम्झिरहेका छन ।

थवाङ,
पत्रको अन्त्यमा छु । नेपालको अर्को क्रान्तिको अनिवार्य भएको छ । त्यो हो एकीकृत जनक्रान्ति । विदेशीका दलालहरुलाई लखेट्न काठमाडौँका मजदूरसँग हातेमालो गर्दै लड्ने हो । हिमालका भोटे, मधेसका मधेसी, पहाडका पहाडी सबैले एकीकृत भएर लड्ने हो अब । तिमी एक्लैले मात्र बलिदान गर्नुपर्ने हुँदैन । सबैले एकसाथ र एक पटक बलिदानको लागि तयार हुनु पर्ने बेला आएको छ । हामी पनि विदेशबाट चाँडै फर्किदैछौँ । तिम्रै आगनमा हुन लागेको आठौं महाधिवेशनबाट नयाँ र पुराना प्रतिक्रियावादीहरुलाई एकैसाथ आर्यघाटमा पुर्याउने क्रान्तिको खाका स्पष्टसँग कोर्नु ।

तिम्रो र हाम्रो विछोड गराइएपछि हामी कति दिन भोकै रुँदै बस्यौँ, तिमीलाई सुनाउन बाँकी नै छ । क्रान्तिकारीका आँखाबाट धेरै आँसु बगिसकेका छन । यी सबै कुरा भेटमा गरौँला ।
हस्त अहिलेलाई विदा उही टिकाराम ओली, मलेसिया ।