पोखराकी ‘थ्रि सिस्टर’ जो दुईलाखको लगानीबाट करौडौको मालिक बनीन

पेशाले पर्यटन व्यावसायी लक्की क्षेत्रीको–‘नाम र दाम’ चर्चा

काठमाडौं, माघ । रोटरी क्लब अफ पोखरा अन्नपूर्णकी अध्यक्ष लक्की क्षेत्री सामाजीक परिचालिकाका साथै पर्यटन व्यवसायमा सफल र नाम कहलिएकी महिला हुन । ५० बर्ष पारगरेकी लक्की अविवाहित महिला हुन, तर राम्रो केटा नपाएर भने पक्कै उनी अविवाहित बसेकी होइनन् । उनको इच्छा छ, ८४ बर्षिय बुढी आमा लगाएत सबै परिवारलाई खुशी राख्ने अनी समाज सेवा गर्ने ।

हाल उनी आधा दर्जन जति सामाजिक संस्थाहरुमा संलग्न रहेकी छन । महिला सशक्तिकरण नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी लक्कीले आफ्नै लगानीमा पोखराको मुख्य पर्यटकिय केन्द्र लेकसाइडमा ‘थ्रि सिस्टर ट्रेकिङ एजेन्सी’ समेत संचालन गरेकी छन । पर्यटन व्यवसायबाट अलग पहिचान बनाउन सफल लक्कीको नाम नसुन्ने मानिस कमै होलान पोखरामा । पर्यटन व्यवसायमा करिब तीन दशक लामो मिहेनतबाट ‘नाम र दाम’ दबै कमाउन सफल लक्कीसँग हरपल नेपालले उनको ‘सफलता,सर्घष र पर्यटन व्यवसायमा महिलाको अवस्था’ विषयमा कुराकानी गरेको छ ।

भारतको दार्जिलिङमा आफ्नो बाल्यकाल बिताएपनि मनभरी नेपालको माया बोकेर फर्केको दिन सम्झदै, हर्षित मुहारमा उनले बताइन–‘गरे नहुने के छर ? म महिला भएरपनि सबै परिवाको जिम्मेवारी पुरा गर्न सकेको छु,सबैले चिन्ने पहिचान बनाएकी छु, खुशी छु ।’ उनले पोखरामा आएर सन् १९९४ मा नयाँ कामको सुरुवात गरिन,विदेशी पर्यटकलाई हिमालय ट्रेकिङ गराउने । त्यतिबेला पर्यटन व्यवसायमा पुरुषले मात्र काम गरिरहेकाले त्यो काम महिलाले गर्न सक्दैनन भन्ने सामाजिक मान्यता थियो । तीन बहिनीको एक मुस्ट लगाब अनि लामो समय सम्मको सर्घषले आफुहरु सफल भएको उनले बताइन ।

सधै कामलाई पूजा गर्ने लक्कीलाई यो व्यवसाय जीवनकै ‘लक्की’ उपहार जस्तो भै दियो । समाजको मान्यता र नयाँ परिवेशसँग जुझ्दै उनले नथाकि आफ्नो काम अघि बढाइन । आज सबैले चिन्ने,मान्ने र सामाजिक सेवामा खटिने,सफल उद्योगी हुन सफल भएकी छन । त्यतिबेला आफुले गरेको सर्घषका कारण पर्यटनमा महिलाहरुले पनि काम गर्न सक्छन भन्ने मान्यता आज स्थापित भएको उनी दाबी गर्छिन । उनीसँग विविध विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

पुख्यौली थलो रामेछापबाट दार्जिलिङको बसाईसराई

हाम्रो पुख्यौली थलो रामेछाप हो । परिवारको सामान्य आवश्यकता पुरा गर्न समेत त्यतिबेला हाम्रो परिवारलाई मुस्कील भएकाले घर खर्चको जोहो गर्ने उद्देश्यले बुवा दार्जिलिङ गएर काम गर्न थाल्नु भएको रहेछ,पछि बुवाले दार्जिलिङमा सानोतिनो व्यपार गर्न थाल्नुभयो र सबै परिवारलाई त्यतै लगेर जानुभएको थियो । सानो हुदा हामीले त्यहाँको स्कुलबाट अध्ययन सुरु गरेका हौ । मैले बिए सम्मको पढाइ त्यहिबाट पुरा गरेकी छु । मैले करिब २० बर्ष जति त्यहाँ बिताए तर मनमा नेपाल प्रतिको माया भने मरेको थिएन,त्यसैले नेपालमै केहि गरौं भनेर नै हामी फर्कीयौ । बुवाको स्वर्गवास भएपछि मलाई दार्जिलिङमा बस्नै मन लागेन,नेपाल फर्कन मन लाग्यो अनि काठमाडौं आएर मास्टर पढ्ने योजना बनाएर सुरुमा म आफु मात्र आए । अध्ययनको क्रममा मैले जब पनि गर्दथ्य, यसरी संर्घषकै बीचमा काठमाडौंमा बसेर मैले भूगोलबाट मास्टर समेत पाश गरे ।

ट्रेकिङ तालिम लिदा कसैले मन पराएनन्,काम गर्न सक्दिन भनें

मैले सन् १९९० मा यो विषयमा कुनै योजना नबनाएरनै दार्जिलिको एक ट्रेनिङ इन्स्टिच्यूटबाट माउन्टेन ट्रेकिङ गाइडर सम्बन्धीको ट्रेनिङ सिकेको हो । त्यतिबेला तालिम सिक्दा मैले यो व्यवसायमा लागौंला वा कुनै अवसर पाउला भन्ने सोचेको पनि थिएन । त्यतिबेला फुर्सदको समय थियो, के गरौ र कसो गरौ भन्ने लागेको थियो, कतैबाट माउन्ट ट्रेनिङ इन्स्टिच्यूटमा महिलाहरुको लागि तालिम खुलेको कुरा थाहापाएँ र आफ्नो नाम टिपाएर आए ।

मैले त्यो तालिम लिएको थाहा पाएपछि घरमा कसैले पनि राम्रो मानेका थिएनन् । घरमा सबैले हिमाल चढ्ने तालिम तिमीले लिएर के गछौ, भन्नु भयो । मैले केहि गर्छु भन्ने त्यतिबेला कसैले पनि विश्वास नै गरेका थिएनन्, त्यतिबेला मैले पनि यहि क्षेत्रमै भविष्य खोजुला भनेर सोचेकी थिएन । घरमा अरुभन्दा म कमजोर भएकाले होला सायद मलाई कसैले पनि ट्रेकिङको काम गर्न सक्छे भनेर विश्वास गरेकै थिएनन् । तर मैले त्यो तालिम पुरा गरेरै छाडें ।

यस कारण सुरुगरे ‘पोखरामा भविष्यको खोजी’

पहिलो कुरा त मेरो बुवा सन् १९९२ मा स्वर्गवासी भएपछि मलाई नेपाल फर्किने मन लागेको थियो,तर कहाँ गएर के गर्ने भन्ने त्यस्तो कुनै योजना मसँग थिएन । परिवारमा धेरै जना थियौ,घर खर्चको व्यवस्थापन र अन्य आवश्यकता पुरा गर्नको लागि आर्थीक अवस्थामा सुधार हुन सकेको थिएन । हामीले दाजलिङमा बस्ने वातावरण देखिएन । नेपाल फर्कने सोच बनायौं र यसरी पोखरामा पुगेर यो व्यवसायमा लागेका हौ ।

अचानक एमएको अध्ययन पुरा गर्ने सोचले म काठमाडौं आए र सानो जब गरेर पढाई पुरा गरें । मैलें ‘न्यू एरा’ भन्ने एउटा संस्थामा जागिर खाएको थिए,त्यो संस्थाले रिसर्च सम्बन्धीको काम गर्ने गर्दथ्यो । त्यहि जबको सिससिलामा मैले नेपालका धेरै ठाउँहरु घुम्ने र त्यहाको सम्भावना बुझ्ने अवसर पनि पाएँ । कामको क्रममा म सुदुपर पश्चिमको अक्षाम जिल्लामा पुगेपछि वास्तवमा मैले रिअल नेपाल देखेको महसूस गरेकी थिए । त्यहाँको गरीबी,दुर्गमता र पछौटेपनले मलाई सारै पोलेको थियो ।

जब कै सिलसिलामै जब म पहिलो पटक पोखरा आएँ, मलाई यो ठाउँ सारै मन परेको थियो, तर मैले त्यतिबेला यहाँ आएर यसरी बस्छु होला भन्ने कल्पना पनि गरेकी थिइन । यसरी धेरै ठाउँको बारेमा बुझ्दै जादाँ पोखरामा पर्यटकको चहलपहल र पर्यटन व्यवसायको सम्भावना देखें । सायद आफुले पर्यटन सम्बन्धी तालिम लिएको कारणले पनि होला मैले त्यस्तो सोच बनाएको । अचानक सबै परिवारलाई पोखरा ल्याउने र लेक साइडको छेउमा सानो लज चलाउने अनि आफु पर्यटनको काममा विस्तारै लाग्ने निर्णय गरें ।

२ लाख लगानीबाट करोडौंको मालिक,खुशी जीवन

सुरुको दिनका हामी तीन जना दिदी बहिनी (लक्की,डिक्की र निक्की) ले पोखराको लेक साइडमा एउटा सानो लजबाट आफ्नो काम सुरगरेका थियौ । हामीले त्यतिबेला दार्जिलिङबाट फर्किदा ल्याएको दुइ–तीनलाख जति लगानि गरेर सानो लज चलाएका थियौ । त्यतिबेला भाडाँमा लिएर लज चलाएका हौं,हामीसँग पैसा पनि खासै थिएन ।

करिब ६ बर्षजति हामीले त्यसरी लज चलाएपछि त्यहिबाट हाम्रो जीवनमा आर्थीक सुधारको स्थिती आएको हो । लज पनि राम्रो चलेको थियो,त्यसबाट पैसा जम्मा गरेर सन् १९०८ मा पोखरामा पहिलो पटक जग्गा किन्यौ, त्यतिबेला पोखरामा आफ्नो नाममा जग्गा बनाउन सफल भएकोमा म र हाम्रो सबै परिवार अत्यन्तै खुशी भएका थियौ । अनी सन् १९०९ मा पोखरामा आफ्नै घर बनाएका हौ । आफ्नै घर बनेपछि लज र पर्यटन व्यवसायलाई अझै राम्ररी संचालन गर्दै हामी अगाडि बढ्यौ । यसरी लामो समयको अभ्यासबाट हालको थ्रि सिस्टरको बनकोे हो ।
त्यतिबेला हामी कहाँ धेरै जना बिदेशी पर्यटकहरु आउने गर्दथ्य,त्यसमा पनि बढि महिलाहरु नै हामी कहाँ आउने गर्दथ्य । उनीहरु ट्रेकिङ गएर आएपछि त्यो क्रममा भोगेका राम्रा नराम्रा अनुभवहरु पनि हामीसँग सियर गर्ने गर्दथ्य । त्यतिबेला सम्म विदेशी महिला प्रर्यटकहरुलाई पनि पुरुषले नै गाइड गर्दथ्य,महिलाहरु यो काममा आएका थिएनन । योङ महिलाहरुलाई पुरुषले गाइड गर्दा थुप्रै खालका समस्याहरु आउने गरेको उनीहरुले सुनाएपछि हामीले ट्रेकिङ गाइडको काम पनि गर्ने सोच बनायौ र सुरुभयो त्यो काम पनि ।

करिब दुइदशकको निरन्तर मिहनेत बाट आज हामीसँग पोखरामा तीन वटा आफ्नै घर छन,व्यवसाय पनि राम्रो चलेको छ । यो व्यवसायबाट करिब १० करोड जतिको आर्थीक प्रगति पनि गर्न सफल भएका छौ । गरे सबै सपल हुन्छन भन्ने मलाई लाग्छ, यो व्यवसायमा अझै धेरै सम्भावना मैले देखेकी छु । राज्यले यसमा ध्यान दिन सकेमा यस व्यवसायबाट सबैले राम्रो प्रगति गर्न सक्छन भन्ने मलाई लाग्दछ ।
सन् १९९४ मा महिलाहरुलाई पर्यटन व्यवसाय र काममा लाग्न सहायता गर्ने उद्देश्यले खोलीएको ‘महिला सशक्तिकरण नेपाल’ बाट पनि विभिन्न खालका सिपमूलक तालिमहरु संचालन गर्दै गरेका थियौ । हामीले आज सम्म धेरै जना दिदी बहिनीहरुलाई तालिम दिएर महिला ट्रेकिङ गाइडको काम काम गर्ने अवसर समेत दिन सकेका छौ । यसरी आर्थीक र सामाजिक दुबै रुपमा सफल भएर होला जीवनमा केही गर्न पाइन भन्ने खालको पछुतो छैन । जीवनमा धेरै नै सन्तुष्टि मिलेको महसूस हुन्छ ।

सामाजिक उद्योगको रुपमा स्थापित ‘महिला सशक्तिकरण नेपाल’ ले यो क्षेत्रमा आउन चाहने महिलाहरुको लागि क्षमता अभिवृद्धी मुलक तालिम दिने काम गर्दछ । अहिले पनि अन द जबको लागि थ्री सिस्टरमा धेरै महिलाहरुले काम गरिरहेका छन ।

सफलताको सूत्र–खर्च म्यानेज पनि हो

यो व्यवसायमा महिनाको तलब खाएको जस्तो हुदैन, यसमा व्यवसाय चल्ने सिजन हुन्छ, त्यो सिजनमा जति कमाउन सकिन्छ त्यसैले अफ सिजन पनि धान्नु पर्छ । पर्यटन भनेको ज्ञानको सागर हो भन्ने मलाई लाग्छ,यसले स्थानीय विकासमा पनि टेवा पुर्याउछ । यो व्यावसायमा सम्भाबना र जोखिम दुबै देखिन्छन ।

यो व्यवसायमा म एक्लो छैन,हाम्रो सिङ्गो टिम छ । हामी सबैको मिहनेतबाट खर्च कटाएर बार्षिक २५ लाख जति बचत गछौ । वास्तबमा बाहिरबाट हेर्दा मानिसहरुले एकदमै कमायो,राम्रो गर्यो भन्छन तर हाम्रो यो सफलताको पछाडि धेरै संर्घषहरु छन, त्यसैका कारण हामी सफल भएका हौ भन्ने मैले ठानेकि छु ।

हाम्रो परिवारको सफलताको पछाडि थुप्रै कारणहरु छन । पहिलो कुरा हामी सबैजना मालिक र श्रमिक हौ । यहाँ कोहि मालिक र कामदार छैन जस्ले गर्दा सबैको कमाइ एकै ठाउँमा बचात हुन्छ । दोश्रो कुरा यो काममा हामी महिलाहरु लागेका छौ, यस्ले गर्दा पुरुषको जस्तो सानोतिनो सफलतामा पार्टी गर्नुपर्ने वा अन्य खर्च गर्नुपर्ने हुदैन । त्यो फजुल खर्च सबै हामी बचत गर्छौ । कुनै विशेष सामाजिक काममा बाहिर जादा बाहेक हामी प्राय घरमै पकाएर खान्छौ,रमाइलो गर्नु परेमा पनि सबैजना जम्मा भएर घरमै रमाउँछौ,त्यसैले गर्दा हाम्रो खर्च म्यानेज भएको छ ।

मेरो सफलता–मेरो सन्तुष्टि

हामी हिजो जे थियौ,त्यो आज छैनौ, यो सत्य हो । अन्य विकास क्रम सँगै हामीले पनि राम्रो आर्थिक,सामाजिक,व्यवसायीक,बौद्धिक प्रगति गर्न सकेका छौ । त्यसो त प्रकृतिमा भएका हरेक बस्तुमा विकास भैरहेको हुन्छ,फरक यति हो कुनै देखिन्छ कुनै देखिदैन ।
यो व्यवसाय बाट मैले आर्थीक भन्दा पनि धेरै बौद्धिक एवं व्यवसायीक प्रगति गरेको महसूस गरेकी छु । पहिले मलाई घरमा सबैले घाँेसे भन्थ्य,म काम परेमा मात्र बोल्ने गर्दथ्य रे । खुलेर कसैसँग कुरा गर्न नसक्ने स्वभावकी थिए । त्यतिबेला म अलिबढि डराउने,लजाउने खालकी थिए । तर अहिले म जे पनि गर्न सक्छु, खुलेर बोल्न सक्छु, यो व्यवसायबाट मूखयरुपमा आफुमा यो प्रगति भएको ठानेकी छु ।

अर्को कुरा हामीले ट्रेकिङ व्यवसाय महिलाले पनि गर्न सक्छन भन्ने प्रमाणित गरिदियौ । जस्का कारण आज धेरै जना महिला दिदी बहिनीहरुले यो व्यवसायलाई रोज्नु भएको छ,यसैलाई आफ्नो पेशाको रुपमा विकास पनि गर्नुभएको छ । तर यसको सुरुवात हामीले गरेका हौ, तसर्थ तत्कालीन समाजसँग जुझ्दै, यो व्यवसायमा महिला भित्राउने काममा पनि हामीले सफलता पाएका छौ भन्ने मलाई लाग्छ ।
हामीले यो व्यावसाय सुरुगर्नु भन्दा पहिले ट्रेकिङ गाइडको काम पुरुषहरु मात्र गर्दथ्य । त्यतिबेला ट्रेकिङ गाइड जस्तो सहासिक काममा महिलाहरु लाग्नु हुदैन,सक्दैन भन्ने खालको मान्यता रहेको थियो । तर हामीले धेरै खालका सामाजिक,आर्थीक,नैतिक उतारचढाबसँग संर्घष गदै गयौ । त्यसैको कारण आज त्यो पुरानो मान्यता भत्कीएको छ, आहिले महिलाहरुले मजाले यो व्यवसाय संचालन गरेका छन । धेरै जना सफल भएका छन । यो देख्दा ज्यादै राम्रो काम गरेको महसूस हुन्छ । धेरै नै खुशी लाग्छ ।

पयर्टन व्यवसायकका समस्या र सम्भावना

नेपाल भनेको हल्लै हल्लाको देश जस्तो भएको छ । यहाँ गर्नको लागि होइन,आफ्नो प्रचारको लागि मात्र विना अर्थको हल्ला मच्चाउने गरिन्छ । तर गर्ने मानिसको लागि पर्यटन भनेको सम्भावनै सम्भावनाले भरिएको ठाउँ हो । समग्र नेपाल पर्यटनको राजधानी जस्तै हो, यहाँ तमाम खालका प्रर्यटन व्यवसायको सम्भावना रहेको छ । यस व्यवसायका केही समस्याहरु पनि छन, जस्लाई राज्यले ध्यान दिन आवश्यक देखीन्छ ।
यो व्यवसायलाई सरकारले पनि उचित ध्यान दिएको देखिन्न । नेपाल साहसिक ट्रेकिङको गनतव्य मुलुक हो । यहाँको विकास यही व्यवसायबाट गर्न सकिन्छ तर राज्यले यसलाई खासै महत्वपूर्ण रुपमा लिएको छैन,यसमा सारै दुख्ख लाग्छ । नेपालका उच्च हिमाली क्षेत्र अनी शहर बजारमा ट्रेकिङ व्यवसाय संचालन गर्नकालागि धेरै तालिम केन्द्रहरु खोलिनु पर्दथ्यो, यो व्यवसायको राज्यले उचित व्यवस्थापन गर्नु पर्दथ्यो तर त्यसो भएको देखिन्न । यो हाम्रो प्रमुख समस्या हो ।

विश्वको सबैभन्दा अग्लो हिमालय भएको, ८ वटा आठ हजार भन्दा बढि उचाइका हिमालय भएको,अनी अरु थुप्रै उच्च हिमालयहरुले धेरीएको देश, जहाँ विश्वका धेरै मुलुकबाट पर्वतारोहणका लागि विदेशी पर्यटकहरु आउने गर्दछन । यो व्यवसायको सम्भावना अथाह छ । त्यसको लागि हाम्रो देशका कतिवटा ट्रेकिङ इन्स्टिच्यूट छन त ? के सरकारले त्यता तिर ध्यान दिनु पर्दैन ?
विडम्बना हामीसँग भएका हिमाल चढ्न विश्वबाट पर्यटहरु नेपाल आउँछन तर ट्रेकिङ तालिमको लागि हामी आफै विदेश जानुपर्ने अवस्था रहेको छ । यो समस्या समाधान हुन जरुरी छ । सरकारले ट्रेकिङ इन्स्टिच्यूट खोल्न र चलाउनमा सहजता गराउनु पर्दछ, यसले मात्र गुणस्तरीय र सक्षम जनशक्ति तयार हुन्छ र यो व्यवसायलाई बढि जिम्मेवार,विश्वसनीय बनाउन सकिन्छ ।

जीवन संघर्षै संघर्षको पर्यायवाची 

सुरुमा हामीले यो व्यवसाय गर्दा पुरुषहरुले जिस्काउने,होच्चाउने गर्दथ्य । विचारा उनीहरुलाई त्यतिबेला के थाहा हामी ट्रेकिङ तालिम लिएर,यो व्यवसायमा सफल हुनकै लागि आएका हौ भन्ने । पछि हामीहरु क्रमस सफल हुदै गएपछि उनीहरुले विस्तारै हामीलाई बुझ्न थाल्नु भो ।
हामीले विस्तारै जब ट्रेनिङ कम्पनि खोल्यौ र गाउँघरतिरबाट यो व्यसायमा आउन चाहने महिला दिदीबहिनीहरुको लागि तालिम पनि दिन थाल्यौ, यो व्यवसायमा हामीले जब नयाँ महिला दिदी बहिनीहरुलाई पनि भित्रायौ त्यतिबेला समाजमा हाम्रो बारेमा अनेक कुराहरु काट्न सुरु भयो । पोखराका स्थानीय मानीसहरुले महिला जम्मा गरेर अराजकता मच्चाउन खोजेको भन्ने जस्ता आरोप लगाए । अनावश्यक हल्ला मच्चाइयो ।

उनीहरुले हामीलाई महिलाहरुलाई ल्याएर समाजमा विकृति फैलाउन खोजेको आरोप लगाउदै पोखरा जिल्ला अदालत र सिडियो कार्यालय सम्म पुगाए तर हामीले निरन्तर सर्घष गर्यौ र आज उहाँहरुको सोच र गलत चिन्तनलाई समेत रुपान्तरण गर्न सफल भएका छौ ।
सानैदेखी परिवारमा मिहनेत गर्न सिकेको मान्छे,हामीहरु कहिल्यै मिहेनत बिनाको सफलताको सपना देखेनौ । मलाई लाग्छ त्यही मिहनेत र संघर्षै संघर्षको बिचबाट हामीलाई सफलता मिलेको हो । जीवन संघर्षै संघर्षको पर्यायवाची जस्तो हो ।

समाजिक काम–निशुल्क ट्रेकिङ तालिमका लागि सहायता गर्छौ

हामीहरुले पर्यटन व्यवसायमा आउन चाहने महिलाहरुको लागि सिपमूलक तालिमहरु निशुल्क संचालन गर्दे आएका छौ । पर्वताहरोण र प्रर्यटनको काममा लाग्न चाहने दिदी बहिनीहरुले सिधै हामीसँग सम्पर्क राख्नुभए पनि हुन्छ । हामी उहाँहरुलाई दक्षताको तालिम र रोजगारीको लागि समेत पहल गरेर सहयोग गर्न कोसिस गरिरहेका छौ ।
गरीब परिवार र अलि टाढाबाट तालिमका लागि आउने दिदी बहिनीहरुको लागि होस्टेलको सुविधा पनि दिने गरेका छौ । प्रयर्टनमा प्रसस्त सम्भावना रहेको छ,महिलाले पनि यो काम राम्ररी गर्न सक्छन ।
मानिस बाहिर निस्कदैमा कोहि पनि बिग्रने भन्ने हुदैन तर आफु जुन क्षेत्रमा जाने हो त्यसमा शिप क्षमता र योग्य भएर लाग्नु पर्दछ । त्यति भएमा सबैले राम्रो गर्न सक्छन । महिला शशक्तिकरण नेपाल थ्रि सिस्टर एडभेन्च्वर ट्रेकिङ कम्पनीले जन्माएको सस्था हो । सुरुको दिनमा महिलाहरुले महिलाहरुलाई नै ट्रेकिङको तालिम दिने उद्देश्यले संचालन गरेका हौ । विदेशी महिला प्रर्यटकहरु ट्रेकिङको लागि आउदा उनीहरुलाई महिलाले नै सेवा दिन सकेभने धेरै राम्रो हुन्छ भन्ने सोचले यो क्षेत्रमा महिला जनशक्ति बढाउने उद्देश्यले हामीले तालिम दिन सुरु गरेका थियौ । अहिले पनि हामीले निरन्तर सेवा दिदै आएका छौ ।

 भन्छीन–‘बिहे गर्ने चाहना छैन,समाज सेवागर्दै परीवारको साथमा बस्न चाहन्छु’

८४ बर्षे आमा,पाँच जना दाइ (दुइजना बित्नु भएको),तीन दिदी बहिनी, जेठा दाई,भाउजु,बुहारी,भदा भदै लागाएत परिवारका सबै सदस्यहरुको पढाइ लेखाइ र सबै अभिभावकत्व निर्वाह गर्दै आएकी लक्की वास्तवमै लक्की नै हुन,उनी आज समाजिक काममा पनि त्यतिकै सक्रिय देखिनछीन ।

विहेबारे उनले भनिन–‘सधै आफ्नो काममै बेस्त भयौ,परिवार प्रतिको सधै जिम्मेवारीले आफ्नो बारेमा सोच्न भ्याइएन । उमेरमा विहेको विषयमा सोच्नै भ्याइएन छ,अहिले विहे गर्ने फिलिङनै छैन ।’ उनले भनिन–‘जतिनै योग्य र माया गर्ने मान्छे पाएनि सायद विहे गर्दिन होला । मलाई अब सिङगल जीवन बिताउन मन छ, परिवारकै साथमा रहने चाहना बढेको छ ।’

५० बर्षे लक्कीले आफ्नो जीवनका हर संर्घषमा साथ दिने बहिनीहरुलाई सम्झदै भनिन–‘माइलि बहिनी डिक्की ५० बर्ष लाग्दैछिन,उनी मेरै साथमा छिन । कान्छी बहिनी निक्की ४६ बर्षकि भइन,उनी बिहे गरेर आफ्नो परिवारको साथमा काठमाडौंमा बस्छीन । हामी सबै खुशी छौ । यसरीनै जीवनका पलहरु बिताउने चाहना छ ।’