छोराको उपचारका लागि मुगुका बिक दम्पतीद्धारा सहयोगको अपिलः भिडियोमा हेर्नुहोस्,यस्तो छ उनीहरुको पिडा

‘उपचारमा लाखौं लाग्ने भएपछि चिन्तामा अभिभावक’

मुगु । मानीसको भिडभाडमा सबैका पिडा आ–आफ्नै छन यहाँ । कोही दुई गासँको संघर्षमा छन त कोही अरबपति बन्न, तर त्यो भन्दा फरक अवस्थामा काठमाडौंको सडक चाहर्दै छन, मुगुका यि दम्पती । मात्र छोराको उपचारका लागि, एक महिनाको छोरा दिपेश बिकको जिवन रक्षाको भिख मागिरहेका छन । सबैसँग सहयोगको आग्रह गर्दै छन कर्णालीका ति दलित दम्पती ।

प्रकृतिको नियम पनि खै कस्तो, जहाँ आर्थिक विपन्नता, सामाजिक विभेद अनि बाच्नै मुस्कील हुन्छ, त्यही समस्या र पिडा थपिदिन्छ । राज्यको नजरबाट धेरै टाढा पारिएको अनि विकासका दृष्टिकोणले दुर्गम मानिने कर्णालीको सुन्दर क्षेत्र मुगु, राराको आँगन । त्यहाँका एक दलित दम्पती अहिले एक महिने छोराको उपचारको लागि काठमार्डौमा समस्या भोगिरेका छन । बुधबार (हिजो) हरपल नेपाल डटकमले उनीहरुको पिडा, समस्या र आवाजलाई आफ्नो क्यामेरा मार्फत हाम्रा पाठक, दर्शकहरु माझँ ल्याएको छ ।

उनीहरुले गाउँबाट आउँदा छोराको उपचारको लागि ऋण गरेर ल्याएको रकम पनि यातायातमै सकिएको र थप उपचारको लागि समस्या भएको पिडा सुनाएका छन । हरपलसँग कुरागर्दै बच्चाका आमा बुवाले सबैसँग सहयोगको आग्रह गरेका छन । बच्चाको नाभि भन्दामाथि लामो मासु पलाएको छ, जस्का कारण ति बालकको शारिरीक अवस्थामा समस्या दैखीएको छ । उनी जन्मदै त्यस्तै अवस्थामा रहेको उनीहरुले बताएका छन ।

जिल्लामा उपचार सम्भव नभएपछि स्थानीय डाक्टरको सल्लाहमा उनलाई केही दिनअघि काठमाडौं ल्याइएको उनीहरुले बताएका छन । हाल उनको कान्तिबाल अस्पतालको सर्जरी वार्डको बेड नम्बर २३६ मा राखेर उपचार गरिदै छ । अस्पताल श्रोतले उपचार प्रकृयामा लामो समय लागने र त्यसका लागि पटक पटक औषधि र उपचारमा गरी लाखको हाराहारीमा खर्च हुन सक्ने बताएको छ ।

छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि उनीहरु चिन्तामा रहेका छन । उनले सबैसँग छोराको उपचारको लागि सहयाग मागेका छन । मन्दिर गएर लाखौको दान गर्ने मानिस अनि होटेल र डिस्कोमा हर रात पैसा उडाउँने यो शहरमा जीवन रक्षा जस्तो महा पुण्यको काममा किन ध्यान दिदैनन मानिस ? हाम्रो समाजप्रति एक प्रश्न खडा छ, हामी कस्तो धर्ममा विश्वास गछौ, खाली ‘अहमताको वा सेवा सहयोग’ को ?

LOADING...

हरपल नेपालसँगको भेटमा बच्चाका बाबु जङ्ग बिकले बच्चाको उपचार लागि सहयोगको आग्रह गर्दै यस्तो भनेः बच्चा पहिले देखिनै यस्तै जन्मिएको हो । स्थानीय रातापानी हस्पिटलमा लगेपछि त्यहाँ उसको उपचार सम्भव नभएको भन्दै डाक्टरले कान्तिबाल अस्पतामा रिफर गरेको हो । त्यहाँदेखि पुर्न हामीले उसको उपचारको लागि फेरी जुम्ला लक्ष्यौ त्यहाँ पनि सम्भव नभएपछि ऋण खोजेर मुस्कीलले हस्पीटलमा पुगाएका छौ तर पैसाको समस्या छ । हामीसँग यो बच्चाको उपचारका लागि आर्थिक अभाव छ । उपचारका लागि गाउँमै पहिला चालिस हजार जति क्रण लिएर जुम्ला गएका थियौ, त्यो सबै सकियो । आउँदा खेरी फेरी बिस हजार थप ऋण लिएर आको थिए, यातायतमै सकियो, अब पैसाको निकै समस्या अगाडि आएको छ । तपाईहरुले आम्रो आवाज र सहयोग मागेको कुरा सबैमाझ पुर्याइदिनु पर्यो ।

बालकी आमा छोरालाई निको भएको हेर्ने आफ्नो चाहना रहेको भन्छीन । उनले पनि सबैसँग सहयोगको आग्रह गरेकी छन । उनी भन्छीनः ‘छोरो जन्मदै यस्तो अवस्थामा जन्मेको हो, भगवान पनि निष्ठुरी हुदाँ रहेछन, जस्को घरमा समस्या हुन्छ, उसैलाई टोकल्ने रहेछन । अब हामीलाई कस्ले सहायता गर्ला यो बिरानो ठाउँमा ? निकै समस्यामा परेका छौ हामी ।’

LOADING...

कस्तो छ त ति दम्पतीहरुको पारिवारीक अवस्था ?

मुगु जिल्लाको खत्याड गाउँपालिका वाडा नं ८ का स्थानीय हुन जंग बहादुर लुवार र चैती लुवारको पहिलो सन्तानको रुपमा एक महिनाअघि (असार ४ गते) ती बालक दिपेश बिकको जन्म भएको हो । उनीहरु जन्मजात घाउ भएको सन्तान जन्मीए पनि अहिलेसम्म जिवित भएकोमा भने खुशी छन र छोराको उपचारबाट निको हुनेमा पनि उनीहरु विश्वस्त रहेका छन । मात्र उनीहरुसँग पैसा नभएको उनीहरुको भनाई रहेको छ ।

विकासले पछाडि पारिएको र चेतना स्तर पनि उठ्न नसकेको त्यो दुर्गम क्षेत्रका समस्या आफ्नै छन, सामाजिक कुरिति र कु प्रथाको कारण दलित परिवार झनै पिडित छन । दलित परिवारलाई हुने अछुत व्यवहारको पीडा छ, रोजगारीको कुनै सम्भावना छैन । दुई गासँको बेवस्था गर्नै मुस्कील भएको परिवारलाई त्यस्तो समस्या आएपछि थप पिडामा छन उनीहरु । परिवारमा ६ जना रहेका छन उनीहरुसँग । जगेंका बुवा, आमा, भाई र उनका तीन परिवार छन, पैसा कमाउने कोही छैन उनको परिवारमा । अरु कुनै आर्थिक आम्दानीको श्रोत समेत नभएको उनी बताउँछन ।

उनले भनेका छन–‘म सामान्य खेतबारीमा काम गरेर पारिवारको गुजारा गर्ने मान्छे, यति बेला नै यस्तो समस्या आइलाग्यो, साह्रै पिडामा छौ हामी।’ उनले भने–।‘सरकारी जागीर भएको घरमा कोही छैन । मेरो घरमा पाँच जनाको परिवार छ । हामीले यो बच्चाको उपचारको लागि कोही कसैसँग अब सडकमा सहयोग, चन्दा माग्ने सोचेका छौ ।’

अस्पतालका डक्टर यस्तो भन्छनः ‘म मोहन विश्वकर्मा, म कान्तिपुर बाल हस्पिटलमा सर्जनी डाक्टर छु । यसलाई मेडिकल भाषामा कम्फालिजन भन्छौ । धेरै कमन केश हो । कान्तिपुर बाल हस्पिटलमा यो अनकमन केश नै हो । यो कन्जीनाइटन हुन्छ । यस्तो केशहरु हाम्रो हस्पिटलमा आइरहन्छ । हामीले महिनामा प्राय तीन चार वटा केशहरु हेर्ने गरेका छौ । यस्तो बच्चालाई प्राय आइसीयु राखेर उपचार गर्नु नै आवश्यक हुन्छ । यो बच्चालाई आउने वित्तिकै उपचार गर्न सक्दैनौ । किनकी यो याब्डमीन लिएर आएको हुन्छ, यसलाई एन्टर याब्डमीन वालको डिफेक्ट भन्छौ हामी । छाला र लिउरहरु नबन्ने कारणले गर्दाखेरी जुन गट वाला जस्तो समस्या बढ्दै गएको छ, भित्रका सबै आन्द्राहरु बाहिर निस्किने पनि हुन सक्छ पछि । यसलाई चाहिँ हामीहरुले सुरुमा ड्रेसिङ गर्छौ । घाउ सफा राख्ने र यसलाई बचाउने काम उहाँहरुलाई सिकाउँछौ । यसपछि चाहिँ अप्प्रेसन अप्रेटिभ टिट्मेन्ट नै डिफ्रेन्ट टिट्मेन्टमा राख्छौ । यसलाई धेरै ड्रेसिङ गरी सकेपछि यो अलि अलि पलाउन थालेपछि अप्प्रेसन गरेर यो डिफेकलाई टाँल्ने काम गर्छौ । यो उपचारमा अलि लामो समय लाग्छ । उहाँहरु जती चाँडो ड्रेसिङ गर्न सक्नु हुन्छ त्यति नै चाँडो डिस्चार्ज गर्ने र पछि बोलाउने हो । उहाँहरुका लागि आइस्यु देखि बसार्इ र आउने जाने खर्च गरी करिब एक दई लाखसम्म लाग्न सक्छ । उहाँहरु टाढाँबाट आउनु भएको रहेछ । उहाँहरुलाई औषधी भन्दा पनि आउन जान र बस्न बढी खर्च लाग्न सक्छ । हाम्रो डाटाहरु हेर्दाखेरी यस्तो केसहरु धेरै जसो सक्सेस भएको छ । मेडिकलमा ग्यारेन्टी भन्ने कुरा हुँदैन तर उहाँहरुले समयमै पैसा र सहि समयमै उपचार गर्न सके सक्सेस हुन सक्छ । उहाँहरु जस्ता विरामी ल्याएर आएका धेरै केसहरु सफल भएका छन ।’

LOADING...

के तपाई उहाँलाई सहयोग गर्न चाहनुहुन्छ ? त्यसका लागि-

बालक दिपेश बिकको उपचारमा तपाईहरुलाई कुनैपनि सहयोग गर्ने बिचार भएमा तपाईहरु सिधै उहाँलाई भेट्न पनि सक्नु हुन्छ । नभए उहाँको सहयोगका लागि तलका सम्पर्कहरु मार्फत समेत त्यहाँ पुग्न सक्नु हुनेछ । बालक अहिले कान्तिबाल अस्पतालको सर्जरी वार्डको बेड नम्बर २३६ मा रहेका छन ।

हरपल नेपाल डटकम, हाम्रो अनलाईन डटकम लगाएतका धेरै संचारमाध्यमहरुले संयुक्त रुपमा उनको उपचारमा सहयोग जुटाउनका लागि समाचार, सूचना सप्रेषण लगाएतका काममा ‘मिडिया सहयोग’ गरिरहेका छौ । सहयोगका लागि तलका नम्बरहरुमा सम्पर्क गर्नुहोस ।

बच्चाका बुबाः जंग बहादुर बिकः ९८६८७९६८०१
मिडिया सहयोगः हरपल नेपालः ०१ ४४९०१३८, ९८५१२०४५२३, ९८४८१४४५२३
मिडिया सहयोगः हाम्रो अनलाईनः ९७५८००१८१८
अस्पताल श्रोतः ०१-४४१११४०

LOADING...