वैदेशिक रोगजारीमा गएका युवाहरुले मलेसियामा जनयुद्ध दिवस मनाए

सहिद,घाइते तथा बेपत्ता परिवार सम्मानित

मलेसिया,फागुन २ । वैदेशिक रोजगारीको क्रममा मलेसियाको विभिन्न स्थानमा रहेका नेपालीहरुले सामुहिक रुपमा मलेसियाको राजधानी केएलमा जम्मा भएर हिजो जनयुद्ध दिवसलाई भव्य रुपमा मनाएका छन ।

उनीहरुले विप्लव माओवादी निकटको प्रवास संगठन नेपाली जनप्रगतिशिल मोर्चा,मलेसियाको आयोजना उक्त कार्यक्रमको सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थितहरुले सामुहिक रुपमा एकिकृत जनक्रान्तिको बाटोमा लाग्ने लाग्ने प्रतिबद्धता समेत गरेका छन । कायक्रममा विभिन्न राजनीतिक दलमा लागेका करिब ६० जना मानिसहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम मोर्चाका प्रवक्ता आयुस खड्का ले सन्चालन गरेका थिए ।

कार्यक्रम को प्रमुख अतिथीमा प्रवाश मोर्चा मलेसियाका संयोजक महेश कुमार ओलि र सभापतिमा मोचाृका अध्यक्ष सुमन श्रेष्ठ तथा विशिष्ट अतिथिमा सहिद तथा घाइते परिवारबाट मोर्चाका सल्लाहकार किरण सितौला र सुमन मगरले अतिथि आसन ग्रहण गरेका थिए ।

उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आत्मा राई र मोर्चा का सह सचिव अर्जुन सुवेदी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मलेसियाका विभिन्न ठाउँबाट पूर्व जनमुक्तिसेनाहरुको उल्लेख्य सहभागित रहेको मोर्चाले जनाएको छ ।

सहिद,घाइते तथा बेपत्ता परिवार सम्मानित

कार्यक्रममा सहिद तथा घाइते परिवारलाई सम्मान गरियको छ । जनक्रान्तिको सिद्धान्त र ‘नेपाली क्रान्तिको मौलिक नयाँ मोडल के हो भन्न्े विषयमा उनीहरुसँग मोर्चाले छलफल समेत गरेको छ ।

मोर्चाले मलेसियामा रोजगारीको सिलसिलामा आएका दश बर्षे जनयुद्धका सहिद,घाइते तथा बेपत्ता परिवारका सदस्यहरुलाई त्यहाँ आयोजित कार्यक्रममा सम्मान गर्दै पुर्न क्रान्तिको लागि जुट्नु पर्ने विषयमा छलफल गरेको हो ।

‘भूमण्डलीकृत चरित्र बोकेको दलाल पुँजीवादी व्यवस्थाको विकल्पका रूपमा माओवादीले ल्याएको कार्यदिशा जसले आधारभूत वर्गको जगमा ,मालेमावादको सिद्धान्तमा टेकेर मध्यम वर्गलाई पनि सँगसँगै लिँंदै २१ औं शताब्दीको वैज्ञानिक समाजवाद स्थापनाका लागि ढोका खोल्छ भन्ने सबैले निष्कर्ष निकालेको टिकाराम ओलीले जनाए ।

कार्यक्रममा घाइतेबाट बोल्दै किरण सितौलाले रास्ट्र र रास्टियतालाई संसदवादीले कमाइ खाने थलोको रुपमा लिएको आरोप लगाउदै पार्टीले आह्वान गरेको खण्डमा युद्ध लड्न पनि तयार हुनुपर्ने भन्दै आफ्नो धारणा राखेका थिए । त्यसैगरि सहिद परिवारबाट करण बहादुर वोहराले पनि आफ्नो मन्तव्य राखेका थिए ।