बर्दियामा जंङ्गली जनावरका कारण स्थानीयलाई सास्तीः निकुञ्जलाई मस्ती

अझै रोकिएन जनावरबाट हुने क्षेति

बर्दिया,फागुन २२ । बर्दिया राष्ट्रिय निकुञ्जसग जोडिएका बिभिन्न क्षेत्रका बासिन्दाहरु जंगली जनावरका कारण बर्षेनि सास्ती भोग्दै आएका छन् । निकुञ्जले जनावरको रेखदेख र नियन्त्रणको बिषयमा कुनै प्रभावकारी कदम नचालेका कारण समस्या  समाधान हुन सकेको देखिन्न ।

बबई नगरपालिका अन्तर्गत पर्ने बलाति रानिपुर,कर्मला,सिंहवाहिनी,डुम्रेनी,सैनावर लगाएतका क्षेत्रमा विगतका वर्षहरुमा झै यस पटक पनि जंगली जनावरहरुले कृषकको अन्नबालीमा नोक्सान पुर्याएका छन् । कतिपए स्थानमा जङ्गली हात्तिले भौतिक र मानविय क्षेति समेत पुर्याएको घटनाहरु बेला बेलामा सार्वजनिक समेत भएका छन् ।

बबई नगरपालिका वार्ड न २, अन्र्तगत पर्ने डुम्रेनीका स्थानियवासी राजेन्द्र बहादुर शाहीले हरपल नेपालसग जङगली जनावरले आक्रमण गर्ने डरका कारण रातमा बालबालीकाहरु राम्ररी निदाउन समेत नपाएको गुनासो पोखेँ । उनले भने —‘डुम्रेनीमा अधिकाश कृषकको बालीमा जङगली जनावरहरुले क्षेति पुर्याएका छन् । गह‘,मसुरो,केराउ,चना,आलु लगाएतका बालीनालीमा नोक्सानी पुर्याएकोबारे निकुञ्जलाई जानकारी गराउदा पनि कुनै प्रकारको राहत महसूस गर्न सकिएन । हामी निकुञ्जका कारण असाध्यै सास्ती भोगिरहेका छौ ।’

त्यस्तै डुम्रेनीका खगेन्द्र खनाल, रपानन्द न्यौपाने लगाएतका खेतमा पनि जनावरले बाली कुल्चेर ठुलो क्षेति पुर्र्याएको छ । त्यसै गरी निकुन्जस‘ग जोडिएका कर्मला,रानिपुर,अम्रेनी,बनखेत,मढेला लगाएतका स्थानमा समेत जङगली जनावरले बालीनालीमा क्षेति पुर्याएको स्थानीयले बताएका छन् । आम्बासाका एक कृषकले भने–‘खेतमा लगाएका अन्नवाली हात्ति,चितल जस्ता जनावरले खाने र नोक्सान पुर्याउने गर्छन,राष्ट्रिय निकुञ्जले न त राम्ररी नियन्त्रण गरेको छ, न त कृषकलाइ उचित क्षेतिपुर्तिको ब्यबस्था गरेको छ । हामी असाध्ये मर्कामा छौ ।’

जङगली जनावरको आक्रमणबाट गतबर्ष फागुनमा डुम्रेनीमा एक महिलाको मृत्यु भएको थियो । त्यसैगरी बलाती,रानिपुर,कर्मला लगाएतका ठाउँमा पनि हात्तिको कारण मानिसहरुको मृत्यु भएको थियो । राष्ट्रिय निकुञ्जले जङगली जनावरको नियन्त्रणका लागि लगाएको तारबार समेत ठाउँ ठाउँमा चुडिएको र त्यसमा करेन्ट नभएको कारण पनि जनावरहरु बालि खान बाहिर आउने गरेको देखिन्छ । राष्ट्रिय निकुञ्जले जनावरको नियन्त्रण गर्न तथा कृषकलाईँ सुरक्षा प्रदान गर्न नसक्दा त्यहाँका स्थानीयवासीहरु त्रासपूर्ण जिवन चलाउँदैआएका छन ।

स्थानीयहरुका अनुसार राष्ट्रिय निकुञ्जले कृषकलाई उचित क्षेतिपूर्ति समेत प्रदान गरेको छैन । कानुनले निकुञ्जबाट हुने क्षेतीको सम्पूर्ण जिम्मा राष्ट्रिय निकुञ्जले लिने बताएको भएपनि त्यसको कार्यान्वयन नहुँदा कृषकहरु थप समस्यामा परेका देखिन्छन ।