बर्दियामा हात्तिको आक्रमणबाट १८ बर्षे बालकको मृत्यु

स्थानीयहरु आन्दोलित,सडक बन्द

बर्दिया,फागुन २५ । बर्दियाको बबई नगरपालीका वाड नम्बर तीन अन्तर्गत पर्ने कर्मलाका १८ बर्षे बालकको जंगली हात्तिको आक्रमणबाट मंगलबार राति मृत्यु भएको छ । हिजो राति खेतमा लगाएको गहुँ खान हात्ति आएपछि त्यसलाई लखेट्ने क्रममा स्थानीय ति बालकको हात्तिले कुल्चेर मृत्यु भएको हो ।

राष्ट्रिय निकुञ्जबाट आएका हात्तिले स्थानीय विश्राम नेपालीका छोरा विजय नेपाली ‘अर्जुन’को टाउको र कंचटमा कुल्चीदा घटना स्थलमै मृत्यु भएको बर्दियाबाट हाम्रा सहकर्मिले जनाएका छन ।

राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएका स्थानहरुमा जंगली जनावरहरुले बर्षौदेखि उक्त क्षेत्रमा धनजनको क्षति पुर्याउदैँ आएको भएपनि त्यसको नियन्त्रणमा राष्ट्रिय निकुञ्ज गम्भिर नभएको स्थानीयको गुनासो रहेको छ ।

घटनाबारे जानकारी गराउदै हरपल नेपालसँग मुतकका काका राम प्रसाद नेपालीले भने–‘राती जंगली हात्तिहरु गहुँ खान गायँमा पसेपछि हामीले स्थानीय प्रहरी र निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनालाई खबर गरेका थियौ । खबरपछि पुगेको सेना र प्रहरीको टोली पनि हात्ति धपाउने काममा लागेको थियो । हात्तिहरु जंगलतिर गएको ठानेर हामीहरु घरको छेउमै उभिएको बेला अचानक पुर्न हात्ति आएर हाम्रो भतिजको टाउँकोमा आक्रमण गर्यो । हामीहरु पिडामा रहेका छौ, हाम्रो पिडा कस्ले सुन्ने ?’

पिडित परिवारको प्रश्नः कहिले रोकिन्छ निकुञ्जका जनावरबाट हुने त्रास ?

पिडितका काका राम प्रसादले भने –‘घरमै बसिरहेको अवस्थामा जंगलि हात्तिले आक्रमण गरेको छ,सेना र प्रहरीका जवानहरु साक्षि बसेका छन, यसको जिम्मा कस्ले लिन्छ ? किन निकुञ्जका जनावरहरुबाट कृषकमाथि हुने घटना नियन्त्रण गर्न ध्यान दिदैँन राज्य र त्यसका निकायहरु ? हामीले कहाँ न्याय खोज्ने ?’

उनले बर्षेनि हात्तिको आक्रमणबाट उक्त क्षेत्रमा मननिसको ज्यान गएको भन्दै निकुञ्जको गैर जिम्मेवारपन प्रति आक्रोश व्यक्त गरे । उनले मृतक परिवारलाई राज्यले उचित क्षेति दिनुपर्ने, बालीनालीमा भएको क्षतिको कृषकहरुलाई राहत दिनुपर्ने, निकुञ्जले जंगलि जनावरको नियन्त्रण गर्ने प्रतिबद्धता गर्नुपर्ने र आफ्नो गल्ती स्विकार गर्नुपर्ने बताए ।

उक्त क्षेत्रका बासिन्दाहरुले हरेक बर्षजसो जंगलि जनावरका कारण धन जनको क्षति बेहोर्न बाध्य रहेका छन, तर यस्ता प्रकृतिका घटनाहरु दोहोरिदा पनि जनावरको नियन्त्रणमा राष्ट्रिय निकुञ्जले ध्यान दिएको देखिदैन । निकुञ्जको सीमा क्षेत्रमा लगाइएका तारबारहरु समेत ठाउँ ठाउँमा चुडिएको देखिन्छन ।

स्थानीयहरुको बालीखान रातीको समयमा हात्ति लगाएतका जंगली जनावरहरु आउने गरेको विषयमा यसअघि पनि हरपल नेपाल डटकमले स्थानीयको भनाइ उद्घृत गर्दै शिर्षकमा ‘बर्दियामा जंङ्गली जनावरका कारण स्थानीयलाई सास्तीः निकुञ्जलाई मस्ती’समाचार सम्प्रेसण गरेको थियो ।

स्थानीयवासी आक्रोशितः पुर्वपश्चिम सडक बन्द

अहिले घटना भएको क्षेत्रवरपरका मानिसहरु जम्मा भएर निकुञ्जको रबैया रोकिनुपर्ने र सीमावर्ती क्षेत्रका जनताको जीवन रक्षाको ग्यारेन्टी हुनुपर्ने लगाएतका माग राख्दै आन्दोलन गरिरहेका छन । आक्रामक रुपमा रहेका स्थानीयवासीहरुले निञ्जले मानिस मार्ने निती रोक्न नसकेको आरोप लगाएका छन ।

आन्दोलनकारीले पुर्व पश्चिम राजमार्गमा सडक जाम गरेका छन । उनीहरुस्ले लाश उठाउन समेत नदिइएको बताइएको छ ।

राती दश बजेतिर भएको उक्त हात्ति आक्रमणको घटनाबाट मृतक बालकको टाउको र शरिरको भग फुटेको छ । उनको दाँत र चिउडो समेत निस्कीएको परिवार श्रोतले बताएको छ । अहिले स्थानीयवासीहरु राष्ट्रिय निकुञ्जको लापरपाहिका विरुद्ध आक्रामक रुपमा भेला भएको स्थानीय राजेन्द्र बहादुर शाहीले जनाएका छन ।

घरको आँगनै आएर हात्तिले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो । मृतक बालक स्थानीय कर्मलाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत छात्र हुन । उनी अहिले कक्षा दशमा पढ्दै थिए ।