‘यो देशका शासकहरु युवा तागतलाई रक्सीको बोतलमा लिलाम गर्न चाहन्छन’

‘अब युवाहरुले नयाँ ढंगको सर्घष गर्नुको विकल्प छैन’

युवा भनेको समाज बदल्ने सकारात्मक उर्जाको मुहान हो । समाज विज्ञानको अथाह शक्तिको श्रोत युवा, जस्को साहास,जोस अनि बहादुरीले इतिहासको जन्म हुन्छ । नेपालमा परिवर्तनका लागि भएका हरेक आन्दोलनहरुको अग्रभागमा युवा शक्तिले नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । नेपाल र नेपाली जनताको बिरुद्धमा उभिनेहरुका बिरुद्ध हाम्रा पुर्खाहरुले संघर्ष गरे, आफ्नो रगत सुम्पेर माटोमो स्वाभिमान बचाए । आज पनि तिनै बिर नेपाली सहिदहरुका सन्तानले नेपाली जनताको अधिकार र स्वाभिमान लिलाम गर्न तम्सिएका बिदेसि शासकका दलालहरुको हर्कत बिरुद्ध धावा बोलिरहेका छन ।

 

लेखक-टिकाराम ओली

इतिहास साक्षी छ, जन भावनाको सम्मान नगर्ने निरंकुुश शासकहरुलाई युवा शक्तिले लाठी र खुकुरीको भरमा सत्ता चुत गरेको कसैले बिर्सेका छैनन। अहिले पनि शासकहरुको विरुद्ध कठिन,लामो र निकै बाङ्गोटिङ्गो अनि नयाँ मोडेलको संघर्ष युवाहरुद्धारा जारी गरिएको छ । भ्रष्टाचार, गुन्डागर्दी, दलाल, तस्कर अनि देशलाई अन्धकारतिर धकेल्नेहरु बिरुद्ध आज हरेक नागरिकहरु संघर्ष गरिराखेका छन । जनताको परिवर्तनको चाहनाका बाधक तत्वको समूल नष्ट गर्ने कामको जिम्मेवारी पनि अहिले युवाहरु कै काँधमा आएको छ । यो काम पक्कै पनि बेरोजगार युवाहरुको लागि चुनोतिपूर्ण नै छ, तर दलाल, तस्करहरुसँग नझुकी नेपाली स्वाभिमानी युवाहरु एक कदम अघि बढिसकेका छन ।   यो देशका सचेत युवाहरु योजनाबद्ध रुपमा ति प्रवृतिका बिरुद्ध लडाइ गर्न तयार भएका छन ।

सम्पूर्ण नेपालीले अधिकार पाएको दिन अनी नेपालको भाग्य र भबिष्य कोर्ने जिम्मेवारी पाएको दिन मात्र यो देशमा वास्तविक प्रजातन्त्रको अभ्यास हुन्छ । अहिले युवा वर्गले पाएको दुख, कष्ट, मंहगी, बेरोजगारी, भ्रष्टाचार र दलालतन्त्र विरुद्ध मुत्यु पत्रमा हस्तान्तरण गरेर भएपनि समाज परिवर्तनको लागि नयाँ ढंगको आन्दोलन गनै पर्ने देखिन्छ । देशलाई धमिरोले खाएको देख्दा देख्दै अब युवा शक्ति सहनशिल भएर बस्न सक्दैन । बरु नयाँ युगको लागि मर्न तयार हुन्छन युवाहरु ।

युवाहरुले सम्झौता होइन राज्य रुपान्तरणको मार्ग निर्माण गर्ने कुरामा जिम्मेदवारी निर्वाह गर्नुपर्छ । हामीले राम्रोसँग बुझ्न आवश्यक छ, भ्रष्टाचारी, दलालहरुले युवा शक्तिलाई सानोतिनो प्रलोभनमा पारेर प्रयोगको राजनीति गरिरहेका छन । यहाँ हामीलाई एक बतल रक्सीको मूल्यमा खरिद बिक्रि गर्न खोजिएको छ, के हामी एक बोतल रक्सीको भरमा किनिने,बेचिने बस्तु हौं ? युवालाई रक्सीको बोतलमा खरिद गरेर राजनीति गर्न पल्केका शासकहरुका बिरुद्ध अब सडकमा युवा दस्ता जुटीसके । यो विषयलाई एक पटक सबै युवाहरुले खुला मनले सोच्नु पर्दछ ।

यो देशमा नेतादेखि शासकसम्म अधिकाशं भष्टाचारकै कित्तामा लागेका देखिन्छन । जुन देशका शासकहरु नै दलालीकरणको पक्षमा उभिन्छन अनि खुलेआम भष्टाचारीको अभियोगमा मुछिन्छन त्यो देशमा जनताले उनीहरुबाट केही अपेक्षा गर्न सक्दैनन, सिवाय छुट,छलछाम अनि सड्यन्त्र र दलालीकरण । तसर्थ युवाहरुले सम्झौता होइन राज्य रुपान्तरणको मार्ग निर्माण गर्ने कुरामा जिम्मेदवारी निर्वाह गर्नुपर्छ । हामीले राम्रोसँग बुझ्न आवश्यक छ, भ्रष्टाचारी, दलालहरुले युवा शक्तिलाई सानोतिनो प्रलोभनमा पारेर प्रयोगको राजनीति गरिरहेका छन । यहाँ हामीलाई एक बतल रक्सीको मूल्यमा खरिद बिक्रि गर्न खोजिएको छ, के हामी एक बोतल रक्सीको भरमा किनिने,बेचिने बस्तु हौं ? युवालाई रक्सीको बोतलमा खरिद गरेर राजनीति गर्न पल्केका शासकहरुका बिरुद्ध अब सडकमा युवा दस्ता जुटीसके । यो विषयलाई एक पटक सबै युवाहरुले खुला मनले सोच्नु पर्दछ । अब पनि युवाहरुले नयाँ सोच र नयाँ भिजन बनाउन चुक्यो भने हाम्रो साहासिक तागतलाई दलालहरुले रक्सीको बतलमा नष्ट गरिदिने छन ।

सबै युवाहरुको पीडा एउटै हो, मात्र हामीलार्इ रक्सीको बोतलमा बिक्रि गरिने संस्कारका बिरुद्ध संघर्ष गर्न जरुरी छ । दलालहरु लुटतन्त्र मचाउन जसरी युवालाई रक्सीको बोतलमा साँटेर राजनीति गर्दैछन, उनीहरुबाट कुनै पनि असल आशा गर्न सकिन्न । उनीहरुका कृयाकलापले समाजलाई लुटतन्त्रमा रुपान्तरण गर्ने दिशामा लागेका छन, त्यसलाई रोक्नु जरुरी छ ।

वास्तविक जनताको सही र बैज्ञानिक राज्य सत्ता निर्माणको लागि अब युवाहरु केन्द्रीकृत रुपमाबाट संघर्ष गर्नु पर्छ । सबै युवाहरुको पीडा एउटै हो, मात्र हामीलार्इ रक्सीको बोतलमा बिक्रि गरिने संस्कारका बिरुद्ध संघर्ष गर्न जरुरी छ । दलालहरु लुटतन्त्र मचाउन जसरी युवालाई रक्सीको बोतलमा साँटेर राजनीति गर्दैछन, उनीहरुबाट कुनै पनि असल आशा गर्न सकिन्न । उनीहरुका कृयाकलापले समाजलाई लुटतन्त्रमा रुपान्तरण गर्ने दिशामा लागेका छन, त्यसलाई रोक्नु जरुरी छ । आजको समाजको घटनाक्रमलाई हेर्दा हरेक युवाहरुले भौतिकवादी, बैज्ञानिक चेतनाको प्रयोग गर्न आबश्यक छ । युवाहरुको अधिकारको कुरा गरेर युवालाई नै  बुट बजार्ने अनि प्रयोगको राजनीति गर्ने आदर्शवादी राज्य संचालकलाई समयमा बुझ्न सकिएन भन्ने उदाउँदो युवाहरुले लामो संघर्षको यात्रा तयार गर्नुपर्छ । हामीले गरेको सचेत संघर्षबाट आउँदो युगका पुस्ताले अहिलेको पीडि भोग्न नपरोस्, दलाल राजनीतिक शासकहरुसँग भिख माग्नु नपरोस ।

(लेखक ओली, राजनीतिका विभिन्न विषयमा कलम चलाउने गर्दछन । उनी दाङ जिल्लाको घोराही नगरपालीका स्थानीयवासी हुन ।)