न्यूनतम पारिश्रमिक निर्धारण ऐन कार्यान्वयनमा जोड

हकहित र अधिकारका लागि निर्धक्क आवाज उठाउनुपर्ने

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको समन्वयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको एक दिने कार्यशाला आज भक्तपुरमा सम्पन्न भएको छ ।

शाखा अध्यक्ष पुस्करराज बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा समितिका केन्द्रीय सदस्य युवराज विद्रोहीले समितिले श्रमजीवी पत्रकारहरुको पारिश्रमिकका बारेमा उपत्यका लगायत देशभरीका सञ्चारमाध्यममा अनुगमन गरिरहेको बताएका छन् ।

उनले समितिले पत्रकारहरु हकहित र अधिकारका लागि साउन एक गतेदखि कडाईका साथ समितिले तोके अनुसारको पारिश्रमिकका लागि पहल गर्ने बताए ।

उक्त कार्यक्रममा पत्रकार कमल न्यौपानेले समितिले बेमौसमी रुपमा अनुगमन गरेर मात्रै ऐनको कार्यान्वयन सम्भव नभएको भन्दै ऐन कार्यान्वयनका लागि समिति प्रभावकारी रुपमा योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य दिलिप थापा मगरले पत्रकारहरुले पनि ऐन कार्यान्वयन र आफना हकहित र अधिकारका लागि निर्धक्क आवाज उठाउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापा, पत्रकार प्रविण जोशी, शाखाको पूर्व अध्यक्ष विकल श्रेष्ठ, शाखाको उपाध्यक्ष रोशन शिल्पकार, सचिव कृष्ण प्रसाद नेपाल, सदस्य जयराम बास्तोला, नगेन्द्र सापकोटा लगायतले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयनमा जोड दिएका थिए ।

महासंंघले असार १५ अर्थात रोपाई दिवसका अवसरमा सहभागीलाई दहि चिउरा समेत खुवाउने कार्यक्रम सम्पन्न गरेको महासँघका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए ।