कांग्रेस र माओवादीको नेतृत्वमा सरकार बन्ने निश्चितः को, कुन मन्त्रालयको चर्चामा छन? विस्तृतमा हेर्नुहोस्

सुरुमा सानो आकारको मन्त्रीमण्डल बनाउने दलहरुको तयारी

काठमाडौं । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको समय गुज्रिएपछि उनले बहुमतीय प्रकृयाबाट सरकार गठन गर्न आह्वान गरिसकेकी छन । सत्ता साझेदारीको पूर्व सहमती अनुसार सजिलै राजिनामा दिएका कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सरकार गठनको विषयमा साझाँ धारणा बनेको छ ।

कांग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धन पछिल्लो समयमा अझ बलियो ढंगले प्रस्तुत भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगाएत सरकारमा नभएका दलहरु आफुले सरकारको नेतृत्व नपाउने भएपछि आत्तीएका छन ।

यतिबेला दलहरु बहुमतीय प्रकृयाबाट प्रधानमन्त्री बनाउने काममा जुटिरेहेका छन । खासगरी सरकारमा सहभागि हुन चाहने दलहरु मन्त्रालयमा आ आफ्नो दाबी सहित छलफलमा जुटेका छन ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माओवादीले पूर्व सहमती अनुसार मुख्य रुपमा सघाउने भएको छ भने उनीहरुसँगको सत्ता गठबन्धनमा राप्रपा, विजय कुमार गछ्दारको फोरम लगाएत अन्य साना दलहरु पनि लबिङमा जुटेका छन । अहिलेसम्मको समिकरणलाई हेर्दा देउवा अबको प्रधानमन्त्री बन्ने पक्का पक्कि जस्तै देखिएको भन्दै आफ्नो पक्षमा बहुमत पुग्ने दाबी कांग्रेसका नेताहरुले गर्दै आएका छन ।

सत्ता साझेदारीको पूर्व सहमतीलाई पालना गदै कांग्रेस र माओवादीबीच केही महत्वपूर्ण मन्त्रालयको बाडफाँड समेत भएको श्रोतले जनाएको छ । दुई दलबीच भएको सहमती अनुसार देउवा नेतृत्वको सरकारमा अहिलेसम्म अर्थमन्त्रालय कांग्रेसले लिने र गृहको जिम्मेवारी माओवादीले लिने समझदारी भएको छ ।

श्रोतका अनुसार अहिलेको सरकारमा माओवादीले सम्हालेको उर्जा,कृषि त्यस्तै कांग्रेसले लिएको भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य र शिक्षा, मन्त्रालयहरुमा भने हेरफेर नगरिने खालको सहमती भएको नेताहरुले बताएका छन । त्यसैगरी अन्य मन्त्रालयहरुको भागबन्डा दलिय सहमतीको आधारमा गर्न कांग्रेस, माओवादीका शिर्ष नेताहरु सहमत देखिएका छन।

माओवादी नेता तथा कृषि राज्यमन्त्री राधिका तामाङले आज बिहान हरपल नेपाल डटकमसँग कुरा गर्दै अर्थ र गृह मन्त्रालयमा बाहेक अरु कस्ले कुन लिने भन्ने खालको टुङ्गो नलागेको बताइन । उनले सत्ता साझेदार दलहरुबीच पहिलो चरणमा सानो आकारको मन्त्रीमण्डल बनाउने र सहमतीका आधारमा अन्य दलहरुलाई मिलाउदै मन्त्रीमण्डलको आकार विस्तार गर्ने मुख्य सहमती भएको बताएकी छन ।

राज्यमन्त्री तामाङले माओवादीबाट सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषय नटुङ्गीएको भएपनि अब उपप्रधानमन्त्री सहित गृह माओवादीले लिने बताइन । उनले सरकार गठनका लागि अहिले पनि बहुमतको अवस्था आफुले देखेको दाबी गरिन ।

त्यसैगरी नेपाली कांग्रेसका नेता तथा रक्षा मन्त्री बालकृष्ण खाँडले पनि सरकार गठनका लागि आफुहरुसँग स्पष्ट बहुमत रहेको दाबी गरेका छन । उनले हरपल नेपालसँग कुरागर्दै आइतबार आफ्नो पार्टी सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने विश्वास ब्यक्त गरे ।

खाँडले हिजो एमालेका कारण संसद चल्न नसकेकाले सरकार गठनको विषयमा आज व्यवस्थापिका संसदको कार्य सम्पादन समितिको बैठक सभामुखले आह्वान गरेको र त्यसले निर्वाचनको विषयमा थप छलफल, निर्णय गर्ने बताए ।

उनले कांग्रेस माओवादीको पूर्व सहमती अनुसार अब बन्ने सरकारमा माओवादी दोश्रो स्थानमा रहेर सरकारमा सहभागि हुने बताए । उनले मन्त्रालयको भागबन्डा पनि सहमति अनुसार नै गरिने जनाएका छन ।

प्रधानमन्त्री निर्वाचित हुने पक्का देखिएपछि त्यसपछिको महत्वपूर्ण मानिने अर्थ र गृह मन्त्रालयमा को जाने भन्ने विषय अहिले दुबै पार्टीभित्र त्यत्तीकै चर्चामा देखिएको छ । कांग्रेसभित्र अर्थ र माओवादी भित्र गृह मन्त्रालयका लागि दौडधुप र नेताहरुसँगको आन्तरिक लबिङ समेत सुरु भएको श्रोतको दाबी छ ।

विस्तृतमा हेर्नुहोस्, माओवादीबाट कुन मन्त्रालयमा कस्को चर्चा ?

माओवादीबाट उपप्रधामन्त्रीमा अहिलेका अर्थमन्त्री कृष्णबहादुर महराको सर्वाधिक चर्चा रहेको छ । उनको नेतृत्वमा माओवादी सरकारमा सहभागि भएपनि गृहको जिम्मेवारी कस्ले लिने भन्नेमा भने विवाद कायमै रहेको श्रोतबाट बुझिएको छ । तथापि महराले पुर्न अर्थमन्त्रालय सम्हाल्न पाएमा पार्टीबाट दोश्रो बरियतामा अहिलेका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई गृहको जिम्मेवारीमा राखेर पार्टीभित्रको विवाद मिलाउन सकिने विकल्प केही नेताहरुको देखेका छन । तर त्यसमा कांग्रेस सहमत हुने अवस्था भने देखिदैन ।

पार्टीका अधिकाशं नेताहरुले उर्जामन्त्री शर्मालाई अब गृहमा पठाउनुपर्ने धारणा नेतृत्व समक्ष राखेपनि महरालाई कुन मन्त्रालयमा जिम्मा दिने भन्ने विषयले त्यसको निचोड निस्कन नसकेको नेताहरुको भनाइ छ ।

त्यस्तै प्रचण्ड प्रधानमन्त्री हुदाँ उपप्रधानमन्त्रीको दाबी गरेका अर्का नेता गिरिराजमणी पोख्रेलको पनि अहिले चर्चा चलेको छ, उपप्रधानमन्त्री सहित गृहको लागि । पोख्रेल यसअघि ओली नेतृत्वको सरकारका शिक्षा मन्त्री रहेका थिए । उनले आफ्नो मन्त्रालयको नेतृत्व सफल रुपमा चाएको भन्दै उनी निकट नेताहरुले पनि लबिङ गरिराखेका छन ।

त्यस्तै माओवादीबाट उपप्रधानमन्त्रीको चर्चामा रहेका चौथो नेतामा टोप बहादुर रायमाझी पनि हुन । उनी यसअघिको सरकारमा गृहमन्त्रालयको कुसल नेतृत्व गरिसकेकाले अहिले उनको सम्भावना पनि बढिनै रहेको नेताहरु बताउँछन ।

अहिलेको सरकारमा सहभागि भएका नेताहरु मध्यमा प्रभाकर र महरा बाहेक अरु नेताहरु अब बन्ने सरकारमा सहभागि हुने विषयमा त्यति चर्चामा देखिएका छैनन । माओवादीले प्रचण्ड नेतृत्वको सरकार गठनका बेला त्यसअघि ओली सरकारमा गएकालाई दाबी नगर्न निर्देशन दिएको थियो त्यसैले वर्तमान सरकारमा रहेका नेताहरु भन्दा बाहीरबाट अबको सरकारमा सहभागि हुनुपर्ने माओवादी भित्र अर्को चर्चा र बहस समेत चलिरहेको छ ।

अहिले माओवादी केन्द्रबाट प्रभू शाह, टेकबहादुर बस्नेत, रामनारायण बिडारी, सिता नेपाली, रेखा शर्मा, टोपबहादुर रायमाझी, गिरिराजमणी पोख्रेल, मातृका यादव,हितराज पाण्डे लगाएतको चर्चा रहेको छ ।

कांग्रेसबाठ चर्चामा रहेका नेताहरुको सूचि यस्तो छ

कांग्रेसबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्कापक्की नै भएको छ । तर अन्य मन्त्रामलयमा को को जाने भन्ने खालको चर्चा र विवाद त्यहँ पनि देखिन्छ । श्रोतका अनुसार मन्त्रीपदका लागि अहिले कांग्रेमा आन्तरिक रुपमा शिर्ष नेताहरु समक्ष आ आफ्नो हिसाबले नेताहरु लबिङ गरिरहेका छन ।

देउवा आफै सरकारको नेतृत्व गर्ने भएपछि रामचन्द्र पक्षका नेताहरु आशिंक रुपमा मात्र सरकारमा जाने अवसर पाउने छन भन्ने खालको समेत धेरैको बुझाई रहेको छ । तथापि यतिबेला कांग्रेसमा देखिने गुटहरुलाई छाडेर नेताहरु पार्टी नेतृत्वसँग मन्त्रालयको लागि छलफल गरिरहेको श्रोतले बताएको छ ।

कांग्रेसबाट डा. रामशरण महत, महेश आचार्य, डा. प्रकाशशरण महत, ज्ञानेन्द्र बहादुर कार्की लगायतले अर्थ सहित उपप्रधानमन्त्रीको लागि दाबी गरिरहेका छन । उनीहरुले शिर्ष नेताहरुसँग यस विषयमा छलफलको लागि ब्यकितगत भेटघाट र छलफल  बढाएका छन ।

त्यसैगरी अर्थका लागि डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, विमलेन्द्र निधि, बलबहादुर केसि, नरहरि आचार्य लगायतले पनि सुक्ष्म रुपले लविङ सुरु गरिसकेको श्रोतको दाबी छ ।

कांग्रेसबाट अब बन्ने सरकारमा सहभागि हुनका लागि प्रदिप गिरी, बालकृष्ण आँड, फरमुल्लाह मन्सुर, एा. पि साउद, सुजाता कोइराला, उमाकान्त चौधरी, गगन थापा, जीवनबहादुर शाही, पुष्पा भुसाल लगाएतको चर्चा रहेको नेताहरुले बताएका छन ।

अन्य कुन कुन दलहरु सरकारमा जानको लागि लबिङमा छन त ?

हिजो राष्ट्रपतिको बहुमतीय सरकार गठनको लागि आह्वान गरिएपछि दलहरु सरकार गठन र मन्त्रालय बाँडफाँडको तयारीका तिब्रताका साथ जुटिरहेका छन । केहीम मधेसवादी पार्टीहरु समेत सरकारमा सहभागि हुनको लागि सकारात्मक भएका छन । मन्त्रालय र आफुहरुले पाउनु पर्ने स्थानको बिषयमा दलहरु धनिभूत ढंगले छलफलमा जुटिसकेको श्रोतको भनाइ रहेको छ ।

देउवाले नेतृत्व गर्ने सरकारमा मुख्य दुई दलसहित फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगाएत अन्य केही साना दलहरु सहभागि हुने भएका छन । उनीहरुले सरकारमा आफ्नो पार्टीके स्थान र भुमिका मिलाएर लैजान माओवादी, कांग्रेस नेतृत्वसँग छलफल गरिरहेका छन ।