सर्लाहीको लालबन्दीमा अनेरास्ववियुको मसाल जुलुस

तोकिएकै समयमा चुनाव गराउन बाध्य पार्ने चेतावनी

सर्लाही । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउन वातावरण बनाउने भन्दै कांग्रेस–माओवादी गठबन्धन सरकारले प्रदेश नम्बर २ को चुनाव सारेको विरोधमा सर्लाहीको लालबन्दीमा मसाल जुलुस निकालेको छ।

समग्र मधेस र त्यहाँ रहेका मधेसी जनतालाई बारम्बार निर्वाचन सारेर सरकारले धोका दिइरहेको भन्दै बिहिवार बेलुका ६ बजे मसाल सहित निस्केका अनेरास्ववियुका युवा तथा विद्यार्थीहरु लालबन्दी चोकबाट डुमडुमे मन्दिर हुँदै पुनः त्यहाँबाट फर्किएर मरिण चोकमा कोण सभामा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य उज्ज्वल कार्कीले देउवा सरकारको राजीनामा माग गर्दै प्रदेश नम्बर २ को चुनाव सारिनु सरकारको लाचारीपन भएको भन्दै सरकारले नेपालमा दुई खाले राष्ट्रियता छ भनेर प्रमाणित गर्न खोजेको बताए।

यो देशमा अनेरास्ववियु पनि छ भन्ने हेक्का सबैलाई रहोस भन्दै यस अघिनै तोकिएको मितिमा चुनाव हुनुपर्ने आफुहरुको माग रहेको बताउदै यदि निर्णय नसच्याउने हो भने सडक तताएर आन्दोलन गर्दै तोकिएकै समयमा चुनाव गराउन बाध्य पार्ने चेतावनी दिए।

प्रदेश नम्बर २ मा चुनावको सम्पूर्ण तयारी तिब्र रुपमा हुँदै गर्दा एक्कासी चुनाव सारिएकोमा तराईबासी सबै नेपालीे यतिखेर सरकारको कार्यप्रति तीब असन्तुष्टि जनाइरहेका छन् ।

कार्यक्रममा अनेरास्ववियुका जिल्ला सभापति तथा जनज्योति क्याम्पसका स्वबियू सभापति कुल प्रसाद गौतम सिबहरी उपसभापति विवेक बिश्वकर्मा, युवा संघका नगर सचिव गौरव आचार्य, युवा संघ नेपाल न​ग​र कमिटी स​द​स्य​ राज​न ख​ड्का, अखिलका क्षेत्रीय सदस्य सरोज खतिवडा र अनेरास्ववियु केन्द्रीय रास्तृय परिषद सदस्य सरोज न्यौपान्ने लगायतको उपस्थिती थियो ।