सिन्धुलीमा सवारी दुर्घटनामा एकको मृत्यु

टयाक्टर र चालक प्रहरी नियन्त्रणमा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० दोभानस्थित सडकमा ना ६ त ३२६० नम्बरको टयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज पैदल यात्रा गर्ने क्रममा टयाक्टरको ठक्करबाट टिनपाटन गाउँपालिका–१ बस्ने कुलबहादुर घिसिङकी छोरी १२ वर्षीया मन्दिरा घिसिङको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

टयाक्टर र चालकलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ ।