दार्जिलिङमा भैरहेको नेपाली भाषि आन्दोलनको समर्थन कार्यक्रम सम्पन्न

लैनचौर स्थित भारतीय दुताबास अगाडि प्रदर्शन

काठमाडौं । दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिक माथि त्यहाँको सरकारले गरेको भाषिक दमन विरुद्ध आज नेपालीहरुले काठमाडौमा पनि विरोध प्रदर्शन गरेका छन ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सीमानामा काँडेतार अभियान र नेपाल रक्षा दलको संयुक्त आयोजनामा आज दिउँसो दुई बजें शान्तिवाटिकामा कार्यक्रम सम्पन्न गरी अहिले लैनचौर स्थित भारतीय दुताबासमा दार्जिलिङमा भैरहेको भारतीय दमन बिरुद्ध नेपाली भाषीको पक्षमा प्रदर्शन गरिरहेएका छन ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिक माथि भारत सरकारले गरेको दमन विरुद्ध नेपाली आवाज उठाउनु पर्ने बताएका छन ।

संयोजक नेपालले भने–‘उनीहरुले बोल्ने नेपाली भाषा मातृ भाषा हो, उनीहरुले बोल्न पाउनु मानव अधिकार हो । भारत सरकारले त्यो अत्याचार र दमन रोक्नु पर्छ , दार्जिलिङ हाम्रो भुमि हो । त्यो भुमि हामिले फिर्ता पाउनु पर्छ ।’

त्यस्तै नेपाली चलचित्र निर्मार्ता, कलाकार समेत रहेका सीमानामा काँडेतार अभियन्ता नवल खड्काले पनि भाषिक आन्दोलनमा भारतीय सरकारले व्यापक दमन गरेको बताएका छन । भारतीय पक्षबाट नेपाली भुभाग र संकृतीमाथि हस्तक्षेप भएको भन्दै आफुहरु त्यसको विरुद्ध सडकमा उत्त्रीन तत्पर भएको बताएका छन ।

खड्काले राष्ट्रको अस्मिता र रक्षाको लागि मृत्यूको समेत आफुलाई प्रवाह नभएको भन्दै राष्ट्र, राष्ट्रियता र भाषाको रक्षाका लागि सबैलाई एक हुन आग्रह समेत गरेका छन ।