यस पटकको तीजमा गायिका इन्दिरा र दिनेशको जोडिले ल्यायो यस्तो कोशेली

भन्छीन–‘हातका मैला सुनका थैला, नहेरे मायाले धन बरीलै’

गुल्मी । तिज आउन करिब दुई महिना बाँकी रहेका बेला साँगीतीक बजारमा भने धमाधम नयाँ नयाँ तीजका कोशेलीहरु आउन सुरु भैसकेका छन । पछिल्लो पटक नव उदयमान गायिका इन्दिरा गैरेको ‘हातका मैला सुनका थैला, नहेरे मायाले धन बरिलै’ बोलको गीत आएको छ । उनले आफ्नो साँकीतीक यात्रामा यो पहिलो गीतबाटै सफलता प्राप्त गरेकी छन ।

उनले आफ्नो गीत धेरैले मन पराएको र गीतको बारेमा सकारात्मक प्रतिकृया आइरहेको बताएकी छन । जीवनको वास्तविकतासँग मेलखाने शब्द चयन र सुमधुर आवाजले उनको पहिलो साँगीतीक कोशेली यस पटकको तीजमा चर्चाको विषय बन्ने निश्चित जस्तै देखिएको उनका आफन्तजन, साथीभाई र गीत सुनेका मानिसहरुको विश्वास छ । उनीहरुले उक्त गीत धेरैको मनमा बस्न सफल हुने दाबी गरेका छन ।

गायिका गैंरेको उक्त गीत अहिले बुटवल, गुल्मी, नवलपरासी, दाङ, अर्घाखाँची लगाएतका क्षेत्रमा चर्चामा रहेको छ, त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले समेत उक्त गीतको विषयलाई उठान गरेको गुल्मीबाट मुक्ति गैरेले बताएका छन । मुक्तीले देश र विदेशका आम नागरिकहरु उनको तीज गीतमा यस पटक धित मारेर नाच्ने र रुचाउने कुरामा आफु आशावादी रहेको बताए । उनले भने–‘मैले उनको गीत सुने, असाध्यै राम्रो लाग्यो, आवाज र शब्दको राम्रो संमिश्रण उनको गीतमा पाइन्छ ।’

बुटवलमा बसेर स्नातक तहमा अध्यायन गरिरहेकी नव गायिका गैरें परिवारकी कान्छी छोरी हुन । सामान्य परिवारमा जन्मेकी उनी, सानैदेखि कला र सँगीतमा रुचि राख्ने गर्दथिन । २५ बर्षको उमेरमा उनले विशेषगरी नेपाली महिला वर्गको लागि हरितालिका (तिज) को कोशेली स्वरुप यो गीत ल्याएको बताएकी छन ।

द अविरल फिल्मस् प्रा.लि.को निर्माणमा तयार भएको उक्त गीतको भिडियो समेत तयार भैरहेको छ । भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका छन । भिडियो छिट्टै बजारमा ल्याउने तयारी निर्माण कम्पनीले गरेको छ । उक्त गीतमा दिनेश पाण्डेको लय शब्द अनि दिनेश पाण्डे र इन्दिरा गैरेको स्वर रहेको छ ।