निर्माताको अनुमती बिना सामाजिक सञ्जालमा चलचित्रका सामाग्री राख्नेलाई कार्वाहीको माग (भिडियोसहित)

राज्यले चलचित्र ब्यवसायीको समस्यामा ध्यान दिनुपर्नेमा जोड

काठमाडौं । चलचित्र निमार्ण पक्षले तयार गरेको सामाग्री सार्वजनिक हुनु पूर्व सम्बन्धीत पक्षको स्विकृती बेगर अनाधिकृत रुपमा सामाजिक सञ्जाल र अनलाईन सञ्चारमाध्यमले बाहिर ल्याउन नहुनेमा राजधानीमा सम्पन्न एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन ।

पछिल्लो चरणमा सामाजिक सञ्जाल र अनलाईन सञ्चारमाध्यमहरुले चलचित्र निर्माण पक्षले सार्वजनिक नगर्दै त्यस्ता सामाग्रीहरु बाहिर ल्याएको भन्दै हिजो राजधानीमा आयोजित कलाकार, निर्माता संघ र पत्रकारहरुबीचको वहस कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले सरकारले सामाजिक सञ्जाल र अनलाईन सञ्चारमाध्यमहरुमाथि निगरानी राख्नु पर्ने र अनाधिकृत रुपमा चलचित्रका सामाग्रीहरु प्रकाशन गर्नृमाथि कारवाही गर्नुपर्ने धारणा राखेका छन ।

उक्त कार्यक्रममा आउँदो श्रावण १३ गतेदेखि चल्ने तयारीमा रहेको चलचित्र प्रेम गीत २ का निर्देशक रामशरण पाठकले चलचित्रको सामाग्री अनाधिकृत रुपमा सञ्चारमाध्यममा आएमा कार्वाहीको लागि प्रहरीमा पुग्नुपर्ने बताए । उनले चलचित्र ढुक्कताका साथ ल्याउने वातावरण निमार्णका लागि सबैसँग आग्रह समेत गरें ।

प्रेमगीत फिल्म हलमा चल्दै गर्दा अनाधिकृत रुपमा युट्युवमा अपलोड भएको र त्यसले निर्माण पक्षलाई नोक्सान पुगेको भन्दै प्रेमगीत २ का नायक प्रदिप खड्का र नायिका अश्लेशा ठकुरीले फिल्म आउँने तयारीमा रहेका बेला पहिलेको जस्तो समस्या भोग्नु नपरोस भन्दै राज्यका निकायहरुलाई उक्त कार्यक्रममार्फत सचेत बनाउने कोसिस गरेको बताए ।

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले युट्युव, फेसबुक र अन्य सामाजिक सञ्जालहरुले दुई मिनेट भन्दा माथिको भिडियो अपलोड गर्न चाहेमा पहिले त्यसको स्विकृती लिनु पर्ने बताए ।

उनले गुगुलमा अनाधिकृत रुपमा फिल्मका भिडियोहरु राख्ने कुरामा कडाई गर्नपर्नेमा जोड दिदै भने–‘राज्यले होलोग्राम सहितको स्टिकर वा कुनै प्रमाणपत्र दिनु पर्छ । चलचित्र निर्माताहरुमाथिको यस्तो समस्या रोक्न राज्यका निकायहरुले ध्यान दिनु पर्छ, नभए कलाकार र फिल्म निमार्ताले गुगलसँग क्षेतीपूर्ति पाउनुै पर्छ ।’

उक्त कार्यक्रममा पत्रकार ऋषि धमला, दिनेश डिसि लगाएतले पनि जथाभावि फिल्मका सामाग्रीहरुको प्रकाशन, प्रसारण गर्न नहुने र त्यसमा राज्यले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा कस्ले के के भने, तलको भिडियो सामाग्रीमा हेर्नुहोस

LOADING...