कमिटमेन्ट ६० आवर्समा संञ्चितालाई किन खेलाएनन् निखिलले ? हेर्नुहोस्, विशेष भिडियो अन्तरवार्ता

अहिलेसम्मकै उत्कृष्ट एक्सन मुभि बन्ने दाबी

(नेपाली चलचित्रका एक्सन नायक निखिल उप्रेती पछिल्लो चरणमा नयाँ परिचय बनाउँदै अघि बढिरहेका छन । एक सय पचाँस बढि चलचित्रमा अभिनय गरिसकेका लाखौ दर्शकका प्रिय कलाकार उप्रेतीले चलचित्र निर्मातादेखि निर्देशकको काममा समेत हात हालिसकेका छन । यसअघि उनले निमार्ण गरेको चलचित्र भैरबको सफलतासँगै उनी पुर्न एक्सन भुमिको निर्माणमा सक्रिय रहेका छन । ‘कमिटमेन्ट ६० आवर्स’को छायाँकनका क्रममा (बालाजु स्थित औद्योगिक क्षेत्रमा) केही दिनअघि हरपल नेपाल डटकमले उनीसँग फिल्मको तयारी र कथावस्तुको बारेमा संवाद गरेको थियो । फिल्म सुटिङ स्थलमा हामीले नायिकाको रुपमा निखिलकी दोश्री श्रीमती सञ्चिता लुईटेलकी बहिनी शिवानीलाई देख्यौ, र कुराकानीका क्रममा उहाँसँग सञ्चिता उक्त फिल्ममा नआउनुको कारण खोतल्ने प्रयास समेत गरेका छौ । प्रस्तुत छ, सुटिङ स्थलमा निखिल उप्रेतीसँग गरिएको संवादः ……)

  • ‘कमिटमेन्ट ६० आवर्स’ चलचित्रमा कस्तो कमिटमेन्ट गर्दैछन निखिल उप्रेती ? के छ त्यस भित्र त्यस्तो ?

धेरै कुरा त टाइटलबाट नै थाहा हुन्छ । कमिटमेन्ट ६० आवर्समा मैले कुनै व्यक्तिलाई भारतको मुम्बईबाट भगाएर नेपालसम्म ल्याइदिने कमिटमेन्ट गरेको छु, मैले चलचित्रको त्यो पात्रलाई तोकिएको समयमा ल्याउनुपर्ने हुन्छ । त्यसको लागि भारतको मुम्बईदेखि हरेक स्टेप स्टेप पार गर्दै मैले समयमै ल्याएको चलचित्रमा देख्न सकिने छ । यो चलचित्र एउटा रोचक कथा वस्तुमा तयार गरिएको छ । चलचित्रको कथा वस्तुले मागे अनुसारका नेपाली र भारतीय कलाकारहरुको अभिनय रहेको छ, यसमा एक्सन सिनहरुको धेरै प्रयोग गरिएको छ, तसर्थ एक्सन प्रधान मुभिको रुपमा पनि दर्शकहरुको मन जित्ने निश्चित छ । जुन खालको एक्सन यहाँ अहिलेसम्म भइरहेको छैन, दर्शकहरुले धेरै नौलो चिज देख्न पाउनु हुनेछ यो मुभिबाट । यसबाट हाम्रा दर्शकहरुलाई पूर्ण रुपमा रमाईलो मिल्ने हामीले विश्वाश गरेका छौ ।

  • अहिलेसम्म बनेका फिल्म मध्ये यो उत्कृष्ट एक्सन मुभि बन्छ भनेर दर्शकहरुलाई कसरी विश्वास दिलाउनु हुन्छ ?

दर्शकहरुलाई यतिबेला त बोलेर मात्र ढुक्क बनाउने हो । यहाँ त जस्तो फिल्म बनाउनेले नी सुपर फिल्म बनाउँछु भन्छ भने म चाहिँ किन नभन्ने । तर यतिखेर कुरा गर्नु भनेको कुरामा मात्र लिमिट हो । म त भन्छु गजब फिल्म बनाउँदै छु, धेरै मेहेनत गर्दैछु । एक्सनको पार्टमा मात्रै हामीले एक करोड खर्च गर्दै छौ, भनेपछि सजिलै अनुमान गर्न सकिन्छ कि फिल्म कस्तो बन्ला भनेर । यसमा टेक्नीकल चिजहरु धेरै छ जुन विस्तारै दर्शकहरुले देख्न पाउनु हुनेछ । किनकी हामीहरुले विदेशी टेक्निसियन, प्रविधि र कलाकारहरुको समेत सहयोग लिएका छौ ।

  • ठूलो लगानी लगाएर निकै उत्कृष्ट फिल्म बनाएको भनि विगतमा प्रचार गरिएका फिल्महरुले लगानीसम्म उठाउन नसकेको अवस्था छ, तपाई पनि ठूलै लगानी गर्दै हुनुहुन्छ, लगानी उठाउँला यस्ले ? कति ढुक्क हुनुहुन्छ ?

गरेको काममा सफल हुन्छु भन्नेमा म ढुक्क छु । यदि त्यो ढुक्क नहुने हो भने म आफै पनि एक्सीडेन्ट भएर मरिसक्थे । हामी जब संघर्षमा हुन्छौ नि त्यतिबेला नेगेटिभ सोच्नै हुदैन । बाईक बीस फिट उडाउनु छ भने पहिले नै त्यो गर्छु भन्ने आफुमा अठोट हुनुपर्छ, अनि मात्र त्यो सम्भव हुन्छ । अनि यति ठूलो लगानी गर्दैछौ त्यो हामीले पनि सोचेका छौ । हामीहरुको सेव साइट के हो ? फलप हुनु वा दर्शकको मन जित्न, नसक्नु अन्य पार्ट हो । म यसलाई यसरी पनि भन्छु, तर मेहनत गर्नेले सकारात्मक सोच्नै पर्छ । यो बच्चा जन्माए जस्तै हो, हामीहरु एउटा स्वस्थ बच्चा जन्माउन चाहन्छौ तर उसको भाग्य जन्माउन सक्दैनौ । त्यस्तै फिल्म हामी राम्रौ बनाउन सक्छौ तर त्यसको व्यापार ब्यावसायको अहिले नै भविष्यवाणी भने गर्न सक्दैनौ, त्यो भोलीको कुरा हो । त्यो त बाँकी नै छ नि ।

  • चलचित्र छायांकनको काम बडो मेहनत साथ चलिरहेको छ,  दर्शकहरु माझ कहिलेसम्म पुर्याउने योजना छ ? तपाईको मुभि कहिलेसम्म हेर्न पाउँछन दर्शकहरु ?

हामीले यो चलचित्र निर्माण गर्नका लागि मात्र तीन महिनाको टाइम लाग्ने बताएका छौ । हामी फिल्मको पहिला सुटिङको काम गछौ, फेरीबीचमा रोकेर इडिटिङ्को काम गछौ, जहाँ सानो सानो कमजोरी पनि नराख्ने हाम्रो कोसिस हुन्छ । त्यसपछि फेरी बाँकी सुटिङ्को कामलाई निरन्तरता दिन्छौ, यसरी फिल्म तयारी गर्नमा नै समय लाग्छ । तसर्थ हामी राम्रो मुभि बनाउने र दर्शकमाझ पस्कीने सोचमा रहेका छौ । हामीले यति बेला रिलिजको घोषणा गरेका छैनौ । पहिले मुभि राम्रो बनाउँ भन्नेमा छौ, बनेपछि त दर्शकमाझ पुग्छ नै ।

  • निखिल उप्रेतीलाई नै यो मुभिको बारेमा दर्शले सोधे भने के भन्नु हुन्छ ?

म दर्शकहरुलाई यहि भन्न चाहन्छु, एउटा चलचित्र जुन मैले अलिक फरक तरिकाले बनाउँने कोशिस गर्दैछु । हाम्रो सोच भन्दा फरक कोशिस गर्दैछु । आर्थिक हिसाबले प्रविधि र महंगा कलाकारहरु पनि हामीले यसमा समावेश गरेका छौ । मलाई सधै एउटा चिजले चित्त दुखि रहन्छ, हाम्रो देशमा विदेशी चलचित्रले करोडौ लिएर जान्छ तर हामी नेपाली चाँहि सानो हिट हुने बित्तिकै मख्ख भएर बस्छौ । मलाई लाग्छ त्यतिमै फुर्केर बसेर कामै छैन । हामीले त्यसलाई उछिन्न सक्नु पर्छ, त्यो कोसिस गरिनु पर्छ, चाहे मेरो चलचित्र होस वा अरु कसैको चलचित्र होस । जबसम्म हाम्रो देशबाट विदेशी चलचित्रले करोडौ लिएर जान्छ तबसम्म हामीले टाउँको झुकाउनु नै पर्छ । त्यो हाम्रै पैसा हो, त्यति पैसा हाम्रो देशमा आउनका लागि हाम्रा दाजुभाई कतार जस्तो गर्मी ठाउँमा बोसो पग्लीने गरी काम गरिरहेका हुन्छन । विदेशमा घर परिवार छोडेर काम गर्नुहुन्छ । रेमिटान्सले हाम्रो देश चल्छ, हामी चाहिँ विदेशी कलाकारहरुलाई सुपर स्टार मानेर करोडौ यो देशबाट बाहिर पठाउँछौ । तसर्थ त्यो परम्परा रोक्नको लागि सुरुवात पनि हो हाम्रो मुभि । हामी पनि यहाँ विदेशी कलाकार ल्याएर हुन्छ, वा के गरेर हुन्छ, एक लिष्ट म तबसम्म कोशिस गरिरहन्छु जबसम्म हाम्रो देशमा हाम्रै फिल्मको बर्चस्व रहोस । हरेक नेपालीले अलिकति कमी कम्जोरीमा आलोचना भन्दा पनि सकारात्म सुझाब गर्नुहोस भन्न चाहन्छु । सिँगाने भएपनि, नेप्टेचेप्टे जस्तो भएपनि, जस्तोसुकै फोहोरी भएपनि आफ्नै भाइ हो । जस्तो थोती, काली बुढी भएपनि आफ्नै आमा हो, अँगालो मार्नुहोस, प्रेम देखाउ र साथ दिउँ । एक दिन विश्व बजारमा हामी नै जित्छौ । हाम्रो राष्ट्रिय आर्थिक स्थिति पनि यसबाट राम्रो हुनेछ ।

  • दर्शकहरुले तपाईको (सम्बन्ध) जोडीहरुलाई फिल्ममा देख्न नपाउने भए नि । किन होला ?

यो कुरा, संञ्चिता लुईटेल जी प्रति संकेत होला । सबै फिल्ममा सँगै हुनुपर्छ भन्ने पनि हुदैन, भोली आउँछ । यो त कस्तो भने मिडियाको प्रश्न पनि हो, परिवारसँग फिल्म खेल्यो भने फेरी घरको श्रीमतीलाई ल्याएर फिल्म खेलायो भन्छन । हामी नेपालीको रगतमै नेगेटिभ छ जस्तो लाग्छ । यो स्वभाविक कुरा हो, हेर्दै जाउ भोली सँगै अभिनय गरिएको अर्को फिल्म आउछ नि ।

LOADING...