आज ४ बजे नयाँ मन्त्रीहरुले सपथ ग्रहण गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज ४ बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण गर्ने कार्यक्रम तय गरेका छन ।

उक्त कार्यक्रम राष्ट्रपतिको कार्यलयमा हुने तयारी भए पनि क्याविनेट बैठकले भने औपचारिक निर्णय नगरेको श्रोतले बताएको छ । अहिले मन्त्रिपरिषद् बैठक बस्ने तयारी भईरहेको छ ।

प्रधानमन्त्री देउवाले १९ जना मन्त्री थप गर्ने तयारी गरेका छन् । आफ्नै पार्टी भित्रका नेता रामचन्द्र पौडेल समुहको विवादका कारण मंगलबार सरकार विस्तार लम्ब्याएका देउवाले आज काँग्रेससहित सत्ता साझेदार दलका नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।