देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट ८ राज्यमन्त्री थपिदै

राज्यमन्त्रीको अपरान्ह ४ बजे शपथ

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सबै क्षेत्र, लिङ्ग, धर्म, समुदायको प्रतिनिधित्व हुने गरि ८ जना राज्यमन्त्रीले आज अपरान्ह चार बजे सपथ लिने भएका छन ।

८ जना राज्यमन्त्रीहरुको नाम छनोट गरि पठाएको माओवादी केन्द्र श्रोतले बताएको हो ।

राज्यमन्त्रीहरुको नाम र मन्त्रालय यसप्रकार छः
१. श्याम श्रेष्ठ -गृह मन्त्रालय
२. रामसिंह यादव ‍-स्वास्थ्य मन्त्रालय
३. छमबहादुर गुरुङ -सहरी विकास मन्त्रालय
४. शम्भु श्रेष्ठ -उर्जा मन्त्रालय
५. वांगदी शेर्पा -सामान्य प्रशासन मन्त्रालय
६‍. जाकीर हुसैन -समाज कल्याण मन्त्रालय
७‍. गोमा कुँवर -पशुपन्क्षी मन्त्रालय
८‍. कर्ण बिक -आपूर्ती मन्त्रालयमा जाने भएका छन ।