संसदमा ४४ विधेयक अलपत्र

काठमाडौं । संसदमा ४४ वटा विधेयक अड्किएका छन् । संसद्को समयावधि पाँच महिना मात्र बाँकी रहँदा ०७१ मा दर्ता भएका १२, ०७२ का ३, ०७३ का २२ र ०७४ का सातवटा विधेयक अलपत्र छन् ।

१२ माघ ०७० को पहिलो अधिवेशनदेखि नयाँ संविधान घोषणापछि रूपान्तरित संसद्को तेस्रो अधिवेशन जारी रहँदासम्म १ सय ४१ वटा विधेयक दर्ता भएका हुन ।

जसमध्ये चार वर्षमा ७५ वटा कानुन बनेका छन् भने १० वटा विधेयक संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छन् ।

८ वटा विधेयक फिर्ता भएका छन् भने ४ वटा विधेयक अस्वीकृत भएका छन् । हाल निर्वाचनसम्बन्धी विधेयकले संसदीय गतिविधिमा प्राथमिकता पाइरहेका छन् । अड्किएका ४४ विधेयकमध्ये ७ माघसम्म नटुंगिएका विधेयक स्वतः खारेज हुनेछन् । यो समाचार अजको नयाँ पत्रिकामा प्रकाशित छ ।