हेर्नुहोस्, अखिल क्रान्तिकारीले उम्मेदवारका लागि यस्तो सिफारिस गर्यो-अछाममा डिबि साउदको चर्चा चुलियो

उम्मेदवार सिफारिसका लागि मापदण्ड लागु गर्न सुझाब

काठमाडौं । आसन्न प्रदेश तथा केन्दीयसभामा उम्मेदवार बनाउँनुपर्ने भन्दै माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले आफ्ना नेताहरुको नाम पार्टीका अध्यक्ष पुष्ककमल दहाल प्रचण्ड समक्ष पठाइएको छ ।

विद्यार्थी साधारण शाखाका इन्चार्ज रमेश मल्ल र संयोजक रत्न ढकालको उपस्थितिमा गत २४ गते बसेको बैठकले उम्मेदवारका लागि नेताहरुको नाम पार्टी अध्यक्ष समक्ष सिफारिस गरेको हो ।

विद्यार्थी साधारण शाखाद्धारा सिफारि गरिएको पत्रमा उम्मेदवार छनोटको विषयमा पार्टी भित्र देखिएको अवस्थाको समाधान गर्नका लागि उपयुक्त विधि र मापदण्ड बनाउन पार्टी अध्यक्ष प्रचण्डलाई सुझाब समेत दिइएको छ ।

उक्त पत्र मार्फत विद्यार्थी नेताहरुले स्थानीय निर्वाचनका उम्मेदवारलाई प्रदेश र केन्द्रमा उम्मेदवार नबनाउन, दुई पटक भन्दा बढि उम्मेदवार हुन नहुनुपर्ने, युवा पुस्ताको सख्या बढाउनु पर्ने, विभिन्न मोर्चा र संगठनका नेताहरुको पनि मुल्याङ्कन गरिनुपर्ने लगायतका सुझाव पार्टी अध्यक्ष प्रचण्डलाई दिएका छन ।

पत्रमा भनिएको छ–‘उम्मेदवारी चयनको लागि वैज्ञानिक विधि बनाउनका लागि साधारण साशामा रहेका नेताहरुको उम्मेदवारी सिफारिस गरिएको छ । विधिको सहि प्रयोग गर्न सुझाव दिन्छौ ।’

विद्यार्थी साधारण साखाले अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल, रतन ढकाल, सनतोष बिष्ट, नरेन्द्र न्यौपानेदेखि वर्तमान अध्यक्ष रञ्जित तामाङ्ग लगायतको नाम पनि उम्मेदवारको लागि सिफारिस गरेको छ ।

अछाममा दानबहादुरको चर्चा चुलियो

अखिल क्रान्तिकारीका वर्तमान सचिव दान बहादुर साउदको नाम पनि उक्त सिफारिस पत्रमा परेको छ । सचिव साउँद अछामका स्थानीयवासी हुन ।

सचिव साउदलाई अछामको प्रदेश नम्बर १ ख बाट प्रत्यक्ष तर्फको उम्मेदवारको लागि नाम सिफारिस गरिएको छ । नेता साउद अछामका लोकप्रिय नेताका रुपमा चिनिन्छन ।

अछामका युवा साउदको नाम यतिबेला अछाममा प्रदेश चिर्वाचनको सशक्त उम्मेदवारका रुपमा चर्चामा रहेको स्थानीयवासी बताउँछन । स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुलाई निर्वाचित गराउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरको र अन्य पार्टीका नेता, कार्यकर्ता, स्थानीय जनतासँग पनि उनको सम्बन्ध राम्रो रहेकाले अछाम एक ख बाट निर्वाचनका लागि डिबि साउँद नै सबै भन्दा राम्रा नेता हुने एक युवाले हरपल नेपालसँग बताए ।

साउँदको नाम सिफारिस भएपछि अछाममा कतिपय युवाहरु उनको लागि भोग माग्न समेत सुरु गरेको उनले बताए । स्थानीयका अनुसार साउदको पक्षमा जनलहर बढ्दै गएको देखिन्छ, तथापि माओवादी केन्द्र र एमालेको चुनावि तालमेलका कारण उनको उम्मेदवारी टुङ्गीएको भने छैन ।

लामो समय अध्ययनका लागि काठमाडौंमा बसेका साउद अस्कल क्याम्पसको सभापति हुदैँ राजनीतिमा अगाडी बढेका, सफल, क्षमतावान नेताका रुपमा चिनिन्छन । साउँद आफुले अध्ययनबाट सिकेको ज्ञान गाउँमा गएर समाज सेवामा लगानी गर्ने बताउँछन ।

दशक बढि समय विद्यार्थी राजनीतिमा बिताइरहेका साउदले हरपल नेपालसँगको कुराकानीमा अछामका जनताको प्रत्यक्ष सरोकारका विषयहरु, विकास, समस्या र त्यहाँको भौगोलिक अवस्थाको विषयमा आफु जानकार रहेको, लामो समय पार्टी र राजनीति मार्फत समाज सेवाको काम गरेको कारण नाम सिफारिस गरिएको बताए ।

उनले अछामको विकासका लागि आफुसँग राम्रो योजना रहेको भन्दै उम्मेदवारी पाए लगत्तै त्यहाँका जनताको बीच जाने र त्यहाँका तमाम विषयमा सल्लाह गर्ने जानकारी दिए ।

उनी हालै सम्पन्न अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा खुला तर्फको केन्द्रीय सचिवमा सबैभन्दा बढि मत ल्याएर विजयी भएका हुन, उनी पार्टी र संगठनमा समेत लोकप्रिय नेताका रुपमा परिचित रहेका छन ।

को को विद्यार्थी नेता कहाँबाट सिफारिस भए ?

१) रमेश मल्ल सल्यान १ क बाट प्रत्यक्ष तर्फ
२) रत्न ढकाल काभ्रे १ क बाट प्रतयक्ष तर्फ
३) सन्तोष बिष्ट मकवानपुर ३ बाट समानुपातिक तर्फ
४) नरेन्द्र न्यौपाने बाँके १ बाट प्रत्यक्षतर्फ
५) अनिल शर्मा रुकुम १ ख बाट प्रत्यक्षतर्फ
६) रामचन्द्र अधिकारी चितवन १ बाट प्रत्यक्षतर्फ
७) रञ्जित तामाङ झापा ५ बाट प्रत्यक्षतर्फ
८) मदन अर्याल महोत्तरी १ क बाट प्रत्यक्षतर्फ
९) वीरेन्द्र बस्नेत झापा ५ ख बाट प्रत्यक्षतर्फ
१० सुरेन्द्र बस्नेत झापाबाट समानुपातिकतर्फ
११) खुसीराम चौधरी दाङ ३ क बाट प्रतयक्षतर्फ
१२) गंगाराम तिमिल्सेना सुर्खेत २ क बाट प्रत्यक्षतर्फ
१३) दिनेश रेग्मी काठमाडौं ७ ख बाट प्रत्यक्षतर्फ
१४) पन्चा सिंह सुर्खेत समानुपातिकतर्फबाट
१५) यज्ञराज खरेल सिन्धुपाल्चोकबाट समानुपातिकतर्फ
१६) तिलकराज भण्डारी सल्यान १ बाट प्रत्यक्षतर्फ
१७) कमल न्यौपाने स्याङ्जा २ ख बाट प्रतयक्षतर्फ
१८) विजयदेव भट्टराई काठमाडौं ४ ख बाट प्रत्यक्षतर्फ
१९) विजय गौतम मकवानपुर समानुपातिकतर्फ
२०) दिपेश पुन काठमाडौं ४ बाट प्रत्यक्षतर्फ
२१) इन्द्र भुषाल संखुवासभा १ बाट समानुपातिकतर्फ
२२) गोपाल कार्की संखुवासभा १ बाट प्रत्यक्षतर्फ
२३) झविलाल श्रेष्ठ प्युठान ५ समानुपातिकतर्फबाट
२४) सुशील खनाल कपिलवस्तु ३ प्रत्यक्षबाट
२५) प्रेम श्रेष्ठ गोरखा ४ समानुपातिकतर्फ
२६) रविकिरण यादव धनुषा १ क बाट प्रत्यक्षतर्फ
२७) सुनिता कुमारी साह सप्तरी २ ख बाट प्रत्यक्षतर्फ
२८) गोपाल न्यौपाने चितवन ३ ख बाट प्रत्यक्षतर्फ
२९) दिपक देवकोटा रसुवा १ क बाट प्रत्यक्षतर्फ
३०) गोविन्द घिमिरे रामेछाप ३ बाट समानुपातिकतर्फ
३१) मानसि ठकुरी सुर्खेत ६ समानुपातिकतर्फ
३२) कृष्णभद्र अर्याल सिन्धुपाल्चोक २ ख बाट समानुपातिकतर्फ
३३) दल बहादुर जिसी जुम्ला १ ख बाट प्रत्यक्षतर्फ
३४) रत्न बुढा जुम्ला ६ बाट समानुपातिक
३५) रुद्र बिष्ट प्युठान १ ख प्रत्यक्षतर्फ
३६) धु्रब विक्रम वली पूर्वि रुकुम ५ बाट समानुपातिकतर्फ
३७) जी.पी. मैनाली सर्लाही २ समानुपातिकतर्फ
३८) राजु राई पाँचथर १ बाट समानुपातिकतर्फ
३९) युवराज दहाल झापा १ बाट समानुपातिकतर्फ
४०) डिबि साउद अछाम १ ख बाट प्रत्यक्षतर्फ
४१) पवन कार्की रामेछाप १ क बाट प्रत्यक्षतर्फ
४२) राजकुमार वाक्सा ताप्लेजुङ १ बाट समानुपातिकतर्फ