सुदिक्षा आचार्यले चुमीन–‘लेट मि इन मिसेस ब्यूटी क्वीन’ नेपालको उपाधि

एक लाख ५० हजारको उपहारः चार दिन मलेसिया भ्रमणको अवसर

काठमाडौँ । सिजन मिडियाले पहिलो चोटी विवाहीत महिलाहरुलाई लक्षित गरि आयोजना गरेको लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पर्न भएको छ ।

उक्त प्रतियोगिताको उपाधि सहभागी २५ जना प्रतियोगिलाई पछि पार्दै काठमाडौँ बूढानीलकण्ठकी सुदिक्षा आचार्य भट्टराईले उपाधी हात पारेकी हुन् ।

उनिले पहिलो स्थान हात पारे सँगैे टिभिएस जुपीटर स्कुटर, लेटमिइनको तर्फबाट एक लाख ५० हजार बराबरको उपहार, कस्मेडको तर्फवाट ५० हजारको पिफ्ट भौचरका साथै इजी ट्रिप ट्राभलको तर्फवाट ४ दिन मलेसियाका भ्रमणको अवसर प्राप्त गरेकाी छन ।

त्यसैगरी, दोस्रो हुन सफल जनकपुरकी दिपीका राईले लाभा स्माट मोवाइल फोन, एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, लेट मि इनको तर्फवाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरिन् भने मिस व्यूटीफुल आइजको अवार्ड पनि हात पारीन ।

त्यस्तै थर्र्ड रनरअप कल्पना वराल खतिवडा भइन भने उनले मिस पपुलर अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप कृष्टी कार्की भइन भने उनले मिस मल्टिमिडिया अवार्ड पनि हातपारीन ।

अन्य विभिन्न सव टाइटल अन्तरगत अर्गनाइजर च्वाइस इश्वरी श्रेष्ठ तामाङ,ट्यालेन्ट अवार्ड कविता राजवंसी शाह,पर्सनालीटी अवार्ड सिर्जना श्रेष्ठ, फोटोजेनीक अवार्ड ज्योती वस्नेत, वेष्ट हेयर कविता ओझा सिग्देल, वेष्ट फिगर मिना राई, वेष्ट वाक सफला ताम्राकार, वेष्ट डे«स मिना खनाल, वेष्ट स्माइल कनक चतुरवेदी, वेष्ट फेन्डसीप अम्वीका थापा, भिर्योस च्वाइस राधिका थापा श्रेष्ठ, वेष्ट स्कीन शान्ति लिम्वु र वेष्ट डिसिपीलीन सुजना लामाले जितेका छन ।

दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको उक्त संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो। प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा वरिष्ठ सान्दर्यकर्मी कमला श्रेष्ठ, मिस नेपाल उषा खड्की, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, शिक्षक प्रेम गुरुङ, नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठल डा. सविना भट्टराई लगायत रहेका थिए ।