सामाजिक बिकृतीका विषयमा बनेको सिरियल बालै फरर चर्चामा चुलिदैं

कलाकारको मेहनतले दर्शको माया पाउँने विश्वास

काठमाडौं । सिरियल बालै फरर अहिले चर्चामा छ । सिरियलमा अहिलेका नयाँ कलाकारहरु लक्ष्मी लामा, अनिता भट्ट र अनिशा धिताल लगायतले अभिनय गरेका छ्न ।

सामाजिक बिकृतीमाथि तिखो ब्यांग्य प्रहार गरिएको कथा वस्तुमा बनेको सिरियल युवा पुस्तामा चर्चामा रहेको छ । पछिल्लो चरणमा उक्त सिरियल सामाजिक संजालमा निकै चर्चा आएको निर्माताको भनाइ रहेको छ ।

कलाकार लक्ष्मी लामा भन्छिन–‘हाम्रो टिमले निकै मेहनत गरेको छ । नयाँ कलाकार भएपनि सबैले राम्रो गरेका छन । यहि कारण युवा पुस्ताले बालै फरर मन पराएको हो ।आगामी दिनमा अझै दर्शकको माया पाउने बिश्वास राखेका छौ ।’