यसरी चल्दै छ, वैदेशिक रोजगारीको नाममा खुल्लम खुल्ला ठगि धन्दाः के हेर्दै छ, गृह प्रशासन ?

दर्ता नभएकै म्यानपावर ठगिमा भेटिएः पूर्वसेना र प्रहरी समेत ठगिए

काठमाडौँ । वैदेशिक रोजगारीको लागि भनि खोलिएका म्यानपावर कम्पनीहरु पछिल्लो समयमा सम्झौता अनुसारको काम र पारिश्रमिक दिलाउन नसक्दा बदनाम बन्दै गएका छन । कतिपय म्याापावर कम्पनीहरुले त विदेश पठाउनु पहिल्यै मोटो रकम असुलेर नागरिकलाई समस्यामा पारेको गुनासाहरु काठमाडौं लगायत देशका धेरै ठाउँबाट आइरहेका छन ।

वैदेशिक रोजगारीमा म्यानपावर कम्पनीद्धारा ठगिएकोबारे पछिल्लो अर्को घटना सार्वजनिक भएको छ । पत्याउन गार्हाे तर सत्य, नेपाल प्रहरीका पूर्व अफिसरदेखि नेपाली सेनासम्म पनि मेनपावर कम्पनीको लुटका सिकार हुन पुगेका छन । अब सर्वसाधारणहरु ठगिने विषय त सामान्य नै भयो । काठमाडौंका केही मेनवापर कम्पनी र तिनका एजेन्टहरुले नयाँ तरिकाले सर्वसधारणदेखि नेपाली सेना र प्रहरीका पूर्व अफिसर तथा जवानलाई ठगेको तथ्य बाहिरीएको छ ।

विभिन्न देशमा सेक्युरिटी गार्डमा राम्रो जागिर मिलाई दिने भन्दै लाखौं रुपैयाँ उठाएर ति मेनपावर कम्पनीका एजेन्टहरु सम्पर्क विहिन भएको पीडितहरुको गुनासो छ । दर्ता समेत नभएका म्यान पावर कम्पनीहरुले अवैध रुपमा ठगि धन्दा चलाउदै आएको भएपनि त्यसबारेमा राज्य मौन बस्नुले सर्वसाधारणहरु अचम्म परेको बताउछन ।

सर्वसाधारणदेखि पूर्वआर्मी र प्रहरीका अफिसर र जवानहरुलाई काठमाण्डौमा बिना दर्ता सञ्चालन गरिएको एक मेन पावर कम्पनीले लाखौं ठगेको घटना सार्वजनिक भएको छ । उक्त मेनपावरले सेक्युरिटी गार्डका लागि पठाई दिने भन्दै ५० हजारदेखि एक लाखसम्म रुपैयाँ असुल गरेर अहिले सम्पर्क विहिन भएको पीडितहरुको भनाइ छ । उक्त कम्पनीले इराक, अफगानस्थान, यूएइ पठाउने भन्दै झुलाउँदै आएको तर ६ महिना बित्दापनि सम्पर्कमा नआएपछि आफुहरु बिचल्लीमा परेको उनीहरुले बताएका छन ।

विदेशमा रोजगारीका लागि पठाउने भन्दै दर्जनौँ युवाहरुबाट रुपैयाँ उठाएर म्यान पावर दलाल सम्पर्क्विहीन भएका थिए । क्रिटल म्यानपावरका अध्यक्ष तिलक गुरुङ, संचालक गोपाल गुरुङ, अनिल महतो र एजेण्ट सोम गुरुङले सामुहिक रुपमा ठगी गरेको पीडित युवाहरुले बताएका छन ।

दर्ता छैन म्यानपावरः फस्टाउदै ठगि धन्दा

काठमाडौंको चप्पल कारखाना नजिकै कार्यालय स्थापना गरेर गोपाल गुरुङ लगायतको टिमले एउटा मेनपावर कम्पनीको नाममा काम गरिरहेका छन उक्त कम्पनी अहिलेसम्म सरकारको कुनैपनि निकायमा दर्ता नभएको श्रोतबाट खुल्न आएको छ । तर कम्पनीका मालिक गोपाल गुरुङले भने आफुले क्रिस्टिल म्यानपाव नाममा कम्पनी दर्ता गरेको तर्क गरेका छन ।

हरपल नेपाल डटकमले समाचारको विषयमा प्रतिकृया माग्दा उनले आफुले कसैबाट पनि पैसा नलिएको र कानुनी रुपमा कम्पनी चलाएको भन्दै आफ्नो बचाउ गरेपनि गोप्य श्रोतले भने उनीहरुले सामुहिक रुपमा वैदेशीक रोजगारीको काममा ठगि धन्दा चलाउदै धेरैलाई दुख दिदै आएको बताउछ ।

श्रोत भन्छ–‘उनीहरुले चलाएको संस्था सरकारको कुनै पनि निकायमा दर्ता भएको छैन् । दर्ता विना नेपाल सरकारलाई चुनैती दिँदै उनीहरुले सामुहिक रुपमा ठगी गरिरहेका छन् । सोझासाझा युवाहरुलाई ठग्ने गरेको पाइएको छ । सम्पर्क कार्यलय भनेर काठमाडौंको चप्पल कारखानामा स्थापना गरेर पैसा उठाउने तर विदेश नपठाई फरार हुने गरेको घटाहरु सार्वजनिक हुदाँ पनि सरकारी निकायको त्यता ध्यान नपुग्नु दुखत कुरा हो ।’

गैरकानुनी रुपमा पैसा उठाउँदै सम्पर्क विहीन भएका त्यसका संचालकहरुसँग सम्पर्क गर्दा एकलेक अर्कालाई दोषी देखाउँदै पन्छिने गरेको भएपनि त्यसको मुख्य योजनाकार गोपाल गुरुङ नै भएको श्रोतको दावी छ । अर्का संचालक सोम गुरुङले आफ्नो खातामा जम्मा भएको पैसा अफिसमा बुझाएको र गोपाल गुरुङले आफूलाई फसाउन खोजेको ओरोप लगाएका छन । सोही समूहका अनिल महतोलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यसरी गैंह कानुनी रुपमा पैसा उठाउने काममा अनिल महत्तो देखिएका छन र त्यसका लागि सोम गुरुङ, अनिल महत्तोे र उनकी आफन्त विन्दु महत्तोको बैंक खाता प्रयोग गरिएको खुल्न आएको छ ।

दर्जनौं युवाहरुको लाखौं रकम खाएर फरार

उक्त म्यानपावरका संचालकले दर्जनौं पूर्वआर्मीहरु तथा प्रहरीलाई ठगेर सम्पर्क्विहीन भएका छन् । पुर्वूआर्मी तथा प्रहरी मात्र होइन अन्य सय भन्दा बढी युवाहरुलाई ठगेको भेटिएको छ । उनको कार्यलयमा दैनिक दर्जनौँ पीडित युवाहरु आएर खोजी गरिरहेका छन् ।

पीडित युवाहरुमा पूर्वआर्मीहरु नगेन्द्र शाही, नरेश प्रसाईं, लक्ष्मी बन्जारा, अर्जुन कटुवाल, विरवहादु तामाङ, ओम बहादुर गुरुङ, टेकबहादुर थाम, अनिल पौडेल, मिन पाण्डे रहेका छन भने दिपेन्द्र शाहीलगायत दर्जनौं पुर्वप्रहरीसहित सर्वसाधारणहरु ठगीएका हुन् ।

उनीहरुबाट पचास हजारदेखि एक लाख साठ्ठी हजारसम्म पैसा उठाएर मेनपावरका मानिसहरु सम्पर्क्विहीन भएको पीडितले बताएका छन् । सम्पर्क गर्दा फोन नउठाउने तर नयाँ नम्बरबाट फोन उठाउने तर चिनेपछि काटिदिने गरेको पीडितहरुले गुनासो गरेका छन् ।

हरपल नेपालले मेनपावरका प्रमुख गोपाल गुरुङलाई सम्पर्क गर्दा भने उनीले आफु काठमाडौंमै रहेको बताएका छन । उनले आफुले कुनै अबैधानीक काम नगरेको दबवी समेत गरेका छन ।

अफिसमा तालाबन्दी

केही दिनअघि पीडितहरुले क्रिस्टिल म्यानपावरको कार्यालयमा तालाबन्दी गरेका छन् । दर्जनौं युवाहरुको पैसा खाएपछि पीडित युवाहरुको टिमले उक्त कार्यलयमा तालाबन्दी गरेर आफ्नो पैसा असुलेका हुन् । तालाबन्दीपछि उक्त म्यानपावरले १४ लाख रुपैयाँ तिरेको छ भने अझैं दर्जनौं युवाहरुको फिर्ता गरेको छैन । अहिले कार्यलयमा कोही पनि कर्मचारी छैनन् ।

म्यानपावरका मालिकहरु चुनावको वहाना गर्दै काठमाडौं वाहिर भएको भन्दै पन्छिने गरेका छन् । हरेक दिन उक्त म्यानपावरमा १५ देखि २० जना पिडितहरु पैसा असुल्न आउने गरेको र अफिसमा कोही नभएपछि रित्तो हात फर्किने गरेको पिडित यूवाहरुले गुनासो गरेका छन ।

सामुहिक ठगी

क्रिस्टिल म्यानपावरका चारजना संचालकले सबै युवाहरुलाई सँगै राखेर सोमराज गुरुङको खातामा रुपैयाँ जम्मा गर्न लगाएको पीडित नगेन्द्र शाहीले बताए । उनीहरुले बैंकको पहुँचअनुसार गुरुङको खातामा पैसा पठाएको र बैंकको पहुँचभन्दा टाढा रहेका युवाहरुले अनिल महत्तोको आफन्त विन्दु महत्तोको खातामा पैसा बुझाएको बताएको शाहीले बताए । तर, अहिले अनिल महत्तोले आफ्नो मोवाइल नम्बर ब्ल्याक लिस्टमा राखेका छन् भने गोपाल गुरुङले पैसा कार्यालयमा नआइपुगेको बताएका छन् ।

सोमराज गुरुङले आफ्नो खाता प्रयोग गर्न लगाएर फसाउन खोजेको आरोप लगाएका छन् । “मेरो खातामा पैसा आएको कुरा साँचो हो । तर, मैले त्यो पैसा जस्ताको तस्तै अनिल महत्तोलाई सबै बुझाएको छु । मलाई उनीहरुले फसाउन खोजेका छन” गुरुङले भनेका छन । २०७४ सालको साउनमा बुझाएको रुपैयाँ अहिलेसम्म नपाएको पीडित लक्ष्मी बन्जाराले गुनासो गरे ।

अझैँ पैसा उठाउँदै

पूर्वआर्मी तथा प्रहरीको पैसा असुलेका उनीहरुले अहिले पनि यो देश वा त्यो देश पठाईदिन्छु भन्दै रकम असुल्दै गरेको भेटिएको छ ।

काठमाडौँमा रहेर पैसा असुलिरहेका उनीहरुले पीडित युवाहरुसँग बाहिर छु भन्दै झुट बोलिरहेका छन् । पीडित युवाहरुले पिछा गर्दा विहिवार दिउँसो सामाखुसीबाट पैसा लिँदै गरेको भेटाएको बताइएको छ ।

विदेश पठाइन्छु भन्दा उठाएको रुपैयाँ घर जग्गामा लगानी गर्ने गरेको बताइएको छ ।

कार्यालयको भाडा तिर्न बाँकीः वाउन्स चेकहरु बाडेको खुलासा

उनीहरुले कति महिनादेखि कार्यालयको भाडा समेत तिरेको छैनन् भने करिब दुई सयबढी युवाहरुसँग रकम असुलेर फरार छन् । कार्यालयको भाडा ८ लाख भन्दाबढी तिर्न बाँकी रहेको घरबेटीले बताएका छन् ।

पीडितले कार्यालयमा तालाबन्दीपछि दिइएको चेकपनि वाउन्स भएको भेटिएको छ । तिलक गुरुङ नामको खाताबाट काटीएको चेकहरु वाउन्स छन् ।

को को हुन ठग्ने समुहका नाइके ? गोपाल गुरुङ– के भन्छन त पत्रकारसँग ?

उक्त ठग्ने समुहका कमाण्डर हुन् गोपाल गुरुङ । उनको वास्तविक घर सोलुखुम्बु हो । आजभोली उनी परिवारसंगै काठमाडौंमा बस्दै आएका छन् । त्यस्तै उक्त समुहका अर्का नाइके हुन, अनिल महतो । महतो रुपन्देहीका हुन् ।

त्यस्तै उनीहरुकै लिस्टमा आउने अर्का नाइके हुन, अनील महतो । उनले विन्दु महतोको नामबाट समेत कारोबार गरेको देखिन्छ । विन्दु अनील महतोको आफन्त हुन् । उनी पैसा उठाउनका लागि प्रयोग भएकी महिला हुन् ।

समाचारमा आएका विषयको बारेमा हरपल नेपाल डटकमले उक्त मेनपावरका सञ्चालक गोपाल गुरुङलाई सम्पर्क गर्दा उनले अनिल महतो र सोमराज गुरुङ दुकै आफ्नो कम्पनीका कर्मचारी वा लगानीकर्ता नभएको दावी गरें । उनले उनीहरु धेरै मेनपावरमा काम गर्ने एजेन्ट भएको भन्दै अनावश्यक रुपमा आफ्नो मेनपावर कम्पनीको नाम लिएर गैह्र रुपमा रकम अशुलेको बताए ।

उनले मानिसहरु ठगिएको विषयमा आफुलाई जानकारी आएपछि आफुले बैठक बोलाएर दुबै जनालाई सबैको पैसा फिर्ता गर्न भनेको जनाए । उनले उनीहरुले कोसँग कति रकम उठाए त्यो आफुलाई थाहा नभएको तर्क गरे । कसैले पनि आफुलार्य रकम नदिएको उनको भनाइ छ ।

रकम लिनेहरु सम्पर्क विहिन भएको भन्ने विषयमा उनलाई सोध्दा उनले भने–‘सोमराज जीको आमालाई क्यानसरको उपचारमा राखिएको रहेछ, उहाँ उपचार सकेर केही दिनमा आउने कुरा छ । म उहाँहरुलाई त्यो रकम फिर्ता गर्न भन्छु । उहाँहरुले तिर्नुपर्छ ।’