भिडियोमा हेर्नुहोस्, भारतले पर्सामा ५० बिघा जमिन हडपेको भन्दै राजधानीमा यसरी भयो विरोधः नेपालको भूमि फिर्ता गर्न माग

सीमानामा काँडेतार र तारबार लगाउनु पर्नेमा जोड

काठमाडौं । पर्साको छप्कैयामा ५० बिघा जमिन भारत तर्फ पारिएकोमा आपत्ति जनाउँदै राजधानीमा विभिन्न संगठनहरुले विरोध जनाएका छन ।

सीमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्का, ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरु, सामाजिक अभियन्ताहरुले उक्त विरोध गरेका हुन ।

उक्त विरोध कार्यक्रममा बोल्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले नेपालको जमिन बैधानीक रुपमा नेपालको भईसकेको स्थितीमा भारतीय पक्षबाट अतिक्रमणको प्रयास गरेकोमा आपत्ति जनाए । उनले भारतलाई नेपालको भूभाग तुरुन्त खाली गर्न चेतावनी समेत दिए ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै सीमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काले नेपालको गुमेको भु–भाग फिर्ता पाउनु पर्ने र सीमानामा काँडेतारको बार लगाउनु पर्ने धारणा व्यक्त गरे ।

उनले भने–‘हाम्रो १ इन्च जमिन पनि हामी बिदेशी भूमीमा पर्न दिने छैनौं । हामी त्यसका लागि जनताको साथ लिएर व्यापक रुपमा अभियान चलाउछौं । अब हामीले हाम्रो भूमिको सुरक्षा गर्नै पर्छ।’

गुमेको भूमी प्राप्तीका लागि जस्तोसुकै बलिदानी गर्न पनि तयार हुनुपर्ने र त्यसका लागि आन्दोलन जारी राख्नुपर्नेमा तराईका नेता र राजनीति पार्टीहरुले समेत सुझाव दिएको उनीहरुको भनाई रहेको छ ।

नापी बिभागका कार्यकारी गणेश प्रसाद भट्टले ५ बिघा नेपाली भूमी भारत तर्फ परेको र अरु बाँकी कुरा हल्लामात्र भएको भन्दै जवाफ दिएका थिए ।