सिद्दीकीको संयोजकत्वमा स्थानीय मिडिया हकहित समिति गठन

संघर्षका कार्यक्रम तय

नेपालगंज । बाँकेका सानालगानीका मिडियाकर्मीहरुले मिडियाको हकहितको पक्षमा काम गर्नकालागि एक संघर्ष समिति गठन गरेका छन ।

पत्रकारहरुको एक समुहले आज ‘स्थानीय मिडिया हकहित संरक्षण समितिको’ गठन गरेकोे हो ।

जिल्लाका बरिष्ठ पत्रकार रहिस सिद्धिकीको नेतृत्वमा सात सदस्यीय संरक्षण समिति निर्माण भएको छ ।

शनिबार भएको एक भेलाले समय अधिकार दैनिकका प्रकाशक तथा सम्पादक रहिस अहमद सिद्दीकी,, ग्लोबल समाचार दैनिकका प्रकाशक सम्पादक टेकेन्द्र बस्याल, मूलबाटो डटकमकी स्थानीय प्रतिनिधि सञ्जना कर्माचार्य, हरपल नेपाल डटकमका स्थानीय प्रतिनिधि दिनेश श्रीवास्तव, न्यूज यथार्थ साप्ताहिकका प्रकाशक सम्पादक आशिस गुप्ता, दैनिक खबरे राष्ट्रिय दैनिकका प्रकाशक भरत बैश्य लगायतका पत्रकारहरु सदस्य रहेको उक्त समिति गठन गरेको हो ।

नवगठित समितिले हरपलनेपाल डटकमका प्रकाशक सम्पादक लोकराज जैसीलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।

संघर्षका कार्यक्रम

१ स्थानीय मिडियालाई आर्थिक प्राविधिक र पूर्वाधारका हिसावले सम्बृृद्ध बनाउन पहल गर्ने ।
२उद्योगी,व्यापारी,व्यवसायी,सरकारी कार्यालयहरु र बिभिन्न संघसंस्थाहरुलाई स्थानिय मिडिया मैत्री बनाउन पहल गर्ने ।
३ स्थानीय मिडियाका प्रकाशक संचालकहरुलाई संगठित गर्ने ।
४ स्थानीय मिडियामा कार्यरत श्रमजीवि पत्रकार र स्वरोजगार पत्रकारको हकहितका लागि ंसंघर्ष गर्ने ।
५ व्यवसायीक प्रबद्र्धनका लागि छलफल गर्ने ।