हेर्नुहोस्, एक संचारगृह एक सवारी साधन माग्दै पत्रकार महासंघ काठमाडौंले गर्यो यस्तो निर्णय

साना लगानीका मिडियाको संवद्धनमा जोड

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २०७४ साल माघ १२ र १३ गते ककनीमा सम्पन्न विस्तारीत बैठकले साना लगानीका मिडियाको पक्षमा महतवपूर्ण निर्णयहरु गरेको छ ।

महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारीले हरपल नेपाललाई दिएको जानकारी अनुसार उक्त बैठकले समानुपातिक विज्ञापन, मिडियाको वर्गिकरण, एक संचारगृह–एक सवारी साधनको व्यवस्था, जीवन विमा लगायतका सुविधाहरुको लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकद्धारा पारित विशेष प्रस्तावहरु यस्ता छन

१, सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिले सम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याइयोस् ।

२, प्रेस काउन्सीलद्धारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गरियोस् । नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक बर्षमा नै प्रेस काउन्सीलको वर्गिकरणमा समावेस गर्ने व्यवस्था गरियोस् ।

३. साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याइयोस् । समानुपातिक विज्ञापन प्रणाली लागु नभइन्जेलसम्मका लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाइनुका साथै अनलाइन मिडियालाई व्यवस्थित गराइ लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गरियोस् ।

४.सूचना विभागको परिचयपत्र भएका संचारकर्मी र संचालनमा रहेका संचारगृहलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुका साथै ‘एक संचारगृह, एक सवारी साधन’को व्यवस्था गरी भन्सार छुटको नीति ल्याइयोस् ।

५. श्रमजीवि पत्रकारको हित संरक्षण तथा प्रवद्र्धन गर्न श्रम समस्याको हल गरियोस् र बढ्दो महंगीलाई ध्यान राखी कम्तिामा श्रमजिवी पत्रकारहरुलाई प्रतिमहिना न्युनतम ३० हजार रुपैंया मासिक तलव व्यवस्था गरियोस् ।

६. सरकारले हाल पत्रकारहरुका लागि लागु गरेको दुर्घटना विमालाई जीवन विमामा परिणत गरियोस् ।

७. निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारहरुलाई जिवन निर्वाह भत्ता उपलव्ध गराइयोस् ।

८. सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुका लागि हरेक सरकारी तथा नीजी अस्पतालहरुमा उपचार गर्दा निशुल्क शैयाको व्यवस्था गरियोस् ।

९. साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गरियोस् ।

१०. समावेसी संचार नीति अन्तरगत महिला,आदिवासी, जनजाती,दलित, अपाङ्ग, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन ल्याइयोस् ।

११. राजधानी काठमाडौंबाट नजिकै रहेको पर्यटकीयक्षेत्र ककनीको पर्यटन विस्तारका लागि विशेष योजना ल्याइयोस र यस क्षेत्रमा आम सञ्चार सम्वन्धी आवाशीय तालिम केन्द्र निमार्णका लागि पहल गरियोस् ।

१२. देशकै सबभन्दा बढी सदस्य रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखा स्थापनाको २५ बर्ष पुगेको उपलक्षमा भव्यताका साथ रजत जयन्ती मनाउने तयारी भइरहेको हुँदा सरकार तथा विभिन्न संघ संस्थाद्धारा आवश्यक सहयोग तथा पहल कदमीका लागि यो बैठक विशेष आव्हान गर्दछ ।