क्रान्तिकारी माओवादीले शक्ति प्रदर्शन गर्दै यसरी मनायो जनआन्दोलन दिवस

आयुष न्यौपाने

बर्दिया । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले शनिवार देशभर विविध कार्यक्रम गरेर जनआन्दोलन दिवस मनाएको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत अन्य जिल्लाका साथ-साथै क्रान्तिकारी माओवादी बर्दिया-बाँकेले जिल्लाका विभिन्न स्थानहरूमा राज्यलाई चुनौति दिदैं ड्रेसमा सजिएका सयौं युवा शक्ति प्रदर्शन गरेको छ ।

जनआन्दोलन दिवसको सन्दर्भमा क्रान्तिकारी माओवादीले त्यहाँ हुड्के नाच, व्याण्डबाजाका साथै जनवादी कलाकारहरूको प्रस्तुति समेत प्रदर्शन गरेको छ।

बर्दियाको बाँसगढि बजारमा र्याली सकेर कोणसभा गर्ने क्रममा प्रहरीको एक टोलीले कस्को कार्यक्रम हो ? हामीलाई जानकारी नदिएर गर्न मिल्दैन भन्दै आफ्नो हस्तक्षप बढाएपछि युवाहरूले त्यस्को प्रतिकार गर्दै कार्यक्रम बिथोल्न खोजेमा रोड नै ठप्प पार्ने र आवश्यक कार्वाहीमा उत्रने चेतावनी दिएका थिए ।

उक्त कार्यक्रममा विषयमा सोध्नु छ भन्दै आफुलाई बाँसगढि प्रहरी इनिस्पेक्टर (सादा पोशाकका)ले क्रान्तिकारी माओवादी बर्दियाका सेक्रेटरी लोकेशलाई कस्को कार्यक्रम हो भन्दै धकलेर हटाउन खोजेपछि त्यहाँ केहिबेर तनाव भएको थियो ।

क्रार्यक्रममा सहभागि युवाहरूले प्रहरीलाई चुनौति दिदैँ बजार थर्कयमान हुनेगरी नारा लगाए । उनिहरूले जनवादी क्रान्तिको तयारीमा जुटेको शक्तिलाई जिस्काउनु र हस्तक्षप गर्न खोज्नु मुर्खता भएको तर्क समेत गरे ।

विभिन्न ग्रामिण स्थानहरूबाट आएका सयौं युवाहरूले बर्दियाको बाँसगढि र कोहलपुरमा वृहत र्याली सहिद कोणसभा गरेको क्रान्तिकारी माओवादी बर्दियाका सेक्रेटरी लोकेशले जनाएका छन ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिशिरले पार्टीको पाँच महिने अभियानले संगठन सुढृण भएको र त्यसबाट दलाल राज्य ब्यवस्था निक्कै आतंकित बनेको बताए ।

उनले सामाजिक असमानता, विभेद र अन्याय रहेसम्म कसैले चाहदैंमा वा नचाहेमा पनि क्रान्ति नरोकिने भन्दै अहिले क्रान्तिकारी धारको नेतृत्व आफ्नो पार्टी गरिरहेको जिकिर गरें ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा बाँके-बर्दिया इन्चार्ज सङ्कुलले पार्टी जनवादी क्रान्तिको तयारीमा जुटिरहेको भन्दै युवाहरूलाई सामाजिक अपराधिहरूका विरूद्ध जनताको साथ लगेर प्रतिकार गर्न निर्देशन दिए ।

उनले राष्ट्रियतामाथि खुलेयाम बलत्कार हुँदा समेत सिंहदरबारबाट टुलुटुलु हेरेर बस्ने सरकार जनधाति भएको भन्दै अबको आन्दोलनले संसदीय ब्यवस्थाको आयु समाप्त पार्ने ठोकुवा गरें ।

कार्यक्रममा विद्यार्थी, युवादेखि बृद्धहरू समेतगरी करिव पाँच सयको उपस्थिति रहेको थियो ।