जागिरको खोजिमा हुनुहुन्छ ? यता हेर्नुहोस्, नेपाल बैंकले माग्यो ३९६ कर्मचारी

दरखास्त कार्तिक १६ गतेदेखि मंसिर ६ गतेसम्म

काठमाडौं । नेपाल बैंक लिमिटेडले आज सहायक प्रबन्धकमा खुला, महिलालगायत ७८ जनाको पद रिक्त रहेको जनाउँदै दरखास्त आह्वान गरेको छ।

बैंकले सहायक पदका लागि सातै वटा प्रदेशमा पदपूर्तिको लागि दरबन्दी आह्वान गरेको हो । बैंकका अनुसार लोकसेवा आयोगको सहमति अनुसार २०७५/0७६ का लागि रिक्त दरबन्दी आह्वान गरेको जनाएको हो।

बैंककाले सहायक प्रबन्धक (आईटीमा) दुई जनाको दरखास्त आह्वान गरेको छ। सहायक प्रबन्धकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थपन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने जनाइएको छ।

बैंकले प्रदेश एकबाट सहायक पदका लागि ४१ जना र कनिष्ठ सहायक पदमा नौ जनाको दरखास्त आह्वान गरेको छ । त्यस्तै प्रदेश दुईमा ५१ जना सहायक र नौ जना कनिष्ठ सहायकको माग छ।

प्रदेश ३ मा क्रमशः ५८ सहायक र १५ कनिष्ठ सहायक माग गरिएको छ । गण्डकी प्रदेशमा ३४ सहायक र पाँच कनिष्ठ सहायकको माग छ भने बैंकले प्रदेश पाँचमा ३४ सहायक र ५ कनिष्ठ सहायकमाग गरेको छ।

त्यसैगरी कर्णाली प्रदेशमा २० सहायक र तीन कनिष्ठ सहायकको माग गरेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि २० सहायक र तीन कनिष्ठ सहायक माग गरिएको छ।

दरखास्त कार्तिक १६ गतेदेखि मंसिर ६ गतेसम्म दिन सकिने बैंकले जनाएको छ। त्यस्तै दरखास्त अनलाइमार्फत समेत दरखास्त दिन सकिने छ।

दरखास्त अनलाइनबाट दिँदा आफूले चाहेको प्रदेश राख्न सकिने बैंकले जनाएको छ। परीक्षा सबै प्रदेशमा एकै मिति र समयमा सञ्चालन हुनेसमेत बैंकले जारी गरेको सूचनामा जनाइएको छ । बैंकको सूचना र अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।