गजलः हेर्नुहोस्, यस्तो छ–‘निस्वार्थ मन बनाउँन जलनको आह्वान’

भन्छन–सहयोग र अतित बिर्सन हुँदैन

काम गर्दा गर्दै असिमित हामिहरुले ।
किन हुन्छ सोचे बिपरित हामिहरुले ।।

धेरैको हात र सहयोगले यहाँ पुगेको ।
बिर्सन्छौं यो कुरा र अतीत हामिहरुले ।।

दुस्मनलाई टाउँकोमा राखेर विश्वलार्इ ।
बनाउँदैछौ आश्चर्य चकित हामिहरुले ।।

सल्लाह सुझावहरु सुनौ सबैका तर ।
छुट्टाउनु पर्छ उचित अनुचित हामिहरुले ।।

बाहिर जतिनै कुर्लिय पनि निस्वार्थ बनेर ।
मन बनाउन सकेनौ स्वार्थ रहित हामिहरुले ।।

(बर्दियाली गजलकार जलन, हाल वैदेशिक रोजगारीको क्रममा साउदीमा छन्, उनी साहित्यका गजल, मुक्तक लगायतका विधामा कलम चाउँछन् ।)