चाडपर्व बाध्यता कि स्वतन्त्रता ? माक्सवादी नेताको तर्कः ‘साँस्कृतिक रुपान्तरण बिना संवृद्ध नेपालः सुखी नेपाली असम्भव’

जनसंघर्षलाई संस्कृतिसँग जोड्न सुझावः फागुन १ मा तिहार

काठमाडौं । नेपलाीहरुको घर आँगन यतिबेला तिहारको रौनकताले रंगिएको छ । मानिसहरु सकि–नसकि चावपर्वको लागि आवश्यक तयारीमा जुटेका देखिन्छन । हुनेखाने र आर्थिक रुपमा सम्पन्न मानिसहरु ठूलो रकम खर्चेर, मिठा मिठा परिकारको तयारी र नयाँ कपडा, साधनहरुको उपलब्धतामा तिहार मनाउँदै छन भने, हुँदा खाने, गरीबीको रेखामुनी रहेका मानिसहरु समाजको सिको गर्दै ऋणै गरेर भएपनि एक छाक मिठो खाने सपना बुन्दै गरेको देखिन्छ ।

सबैका घर आँगनमा तिहारसँगै मखमली र सयपत्रि फर्किए पनि आर्थिक अभावम पिल्सीएको परिवारमा भने त्यसले ओठमा हाँसो दिलाउन नसकेको तर्क गर्छन, एक जना माक्सवादी (कम्युनिस्ट पार्टीका केन्द्रीय) प्रशिक्षक । उनले धर्म र संस्कृतिको नाममा सानो संख्याको पूजिपति वर्गले बहुसंख्यक सर्वहारा वर्गमाथी बाध्यकारी संस्कारको विकास गर्न खोजेको तर्क गरेका छन ।

हरपल नेपाल डटकमसँगको साक्षात्कार कार्यक्रममा धर्म, संस्कृति र सामाजिक परिवर्तको विषयमा आफ्नो धारणा राख्ने क्रममा त्यस्तो तर्क गरेक हुन् । उनले नेपालीहरुले मनाउँदै आएका चाडपर्व, संस्कृति र धर्मले पूजिँवादी, सामन्ती परम्परालाई निरन्तरता दिएको कारण गरीबहरुले ऋण गरेरै भएपनि देखावटी रुपमा खुशी साट्नु पर्ने अवस्था देखिएको बताएका छन । उनले पूजिवादले धर्मको मुकुण्डो ओढेर विश्वभरीका मजदुर, किसानमाथी बाध्यकारी संस्कारलाई निरन्तरता दिन खोजेको बताए ।

‘हामीले पुरानो सस्ंकृति र परम्परालाई त्यसका आधारभूत पक्षहरुको यथार्थताको पहिचान गर्दै साँस्कृतिक क्रमभंगता र नयाँमा रुपान्तरणको अभियान चलाउनु पर्छ । हिजाका दिनमा माक्सवादी, भौतिकवादी दर्शनमा विश्वास कथित नेताहरु अहिले सत्ताको जालमा परेर बदलिएका छन, तर असली कम्युनिस्टहरु त्यो मान्यता कदापि स्विकार गर्दैनन्।’ हरपलसँगको साक्षत्कारमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभागका सचिव समेत रहेको माक्सवादी प्रशिक्षक हस्तबहादुर केसीले बताए ।

नेता केसीले भने–‘पूजिावदी संस्कृतिको रुपान्तरण समाजको आमूल परिवर्तन सम्भव छैन, त्यसको निरन्तरताले बाध्यकारी संकृतिमा जोड दिन्छ, अहिले त्यहि अवस्था छ । राज्य व्यवस्था बदल्न गएकाहरु त्यहि संस्कृतिमा हराएका छन, यसको विकल्प आमूल साँकृतिक क्रान्ति नै हो।’

‘संस्कृति जनताको आमूल परिवर्तनको चाहना, जीवनव्यवहार र भावनासँग जोडिने विषय हो, हुनेखाने र हुँदा मात्र खाने वर्ग बीचको असमानताको खाडललाई धर्म संस्कृतिले बढाउने होइन, घटाउँने गरी यसको रुपान्तरण गर्नु जरुरी छ’ नेता केसीले भनें ।

‘चाडपर्वमा हुनेखाने वर्गका मानिसहरुले गरीबीको घाउँमा चुक खन्याउने काम गरिरहेका छन, उनीहरुले चाडपर्वलाई आफ्नो हैसियत देखाउने र गरीबहरुलाई सिधैँ चिहानमा पुर्याउने खालको संस्कार विकास जसरी विकास गर्न खोजिरहेका छन, हामी त्यसको विकल्पमा समानत, सर्घष, आत्मिएता र संघर्षका एतिहासिक दिनहरुको स्मरण गर्दै राष्ट्रिय पर्व वा उत्सव वा साँस्कृति विकास गर्न खोजिरहेका छौ ।’–उनले भनें ।

पूजिवादी सामन्ती संस्कृतिले गरिब नाङ्गा भोकाहरुलाई (धर्मको नाममा) जसरी पनि स्विकार गर्नैपर्ने आध्यात्मिक भ्रमको सिकार बनाएको भन्दै उनले भने–‘सभ्य मानव समाजको निर्माण अभियानका विरुद्ध ल्याइएको परम्परा खारेज हुन्छ, संवृद्ध नेपाल र खुशी नेपालीको नाराले जनवादी संस्कृतिको विकासबाट मत्रै सार्थकता पाउँछ ।’

उनले पर्वहरुलाई समानताको आन्दोलन वा संघर्षका एतिहासिक दिनहरुको स्मरणका सन्दर्भमा जोडेर जानुपर्नेमा जोड दिदैँ भने–‘हामीले मनाउादै आएका सबै पर्वहरु मनाउँ तर त्यसमा रुपान्तरण सहित अघि बढौं । जस्तो कि दशैंलाई फागुन १ गतेको एतिहासिक दिन (समाजरुपान्तरणको लागि महान जनयुद्ध गरिएको दिन) मा, तिहारलाई चैत्र २४ गते (जुनदिनले ३० बर्षे तानाशाही व्यवस्था ढालेको थियो), त्यस्तै तिज , छठ लगाएतका पर्वहरुलाई संघर्षमा, जनताको मुक्ति आन्दोलनमा जोडेर, समानताको राजनसतिक अभियान बढाउने ढंगले मनाउँ सकिन्छ । हामीले यता ध्यान दिन जरुरी छ ।’