समाज रुपान्तरणका लागि रगत बगाएका योद्धाहरुको पीडाः हेर्नुहोस, अनशन स्थलबाटै यस्तो भने…..

भन्छन–‘प्रचण्डेले धोका दिएँ, बाँच्न पनि नपाइने भयो’

काठमाडौं । तत्कालिन नेकपा माओवादीको जनयुद्धमा होमिएका जनसेनाहरु अहिले काठमाडौंका गल्लि, पेटिहरुमा घाइते शरीर र पीडित मन लिएर भौतारिरहेका देखिन्छन ।

पूर्व जनसेनाहरु लडाईमा लागेका बमका छर्रा र गोलीको अझै शरीरबाट निकाल्न पाएका नसक्दा शारीरिक तथा मानसिक रुपमा सास्ती भोगिरहेको बताउँछन ।

उनीहरुको त्यो त्याग र बलिदानीबाट सरकारमा रहेका नेता र राजनीतिक दल भने काला सिसा सवार गाडीहरुबाट आफुहरुलाई नियाल्दै हिडने गरेको भन्दै उनीहरुले दुखेसो पोखेका छन ।

मकवानपुर घर भएका मङ्गलसिंह प्रजा, जुम्ला घर भएका वीरबहादुर परियार, कालिकोटका मन दर्जी र संग्रामे सार्की, बर्दियाका लिलाचन्द्र कामी र दैलेखका लिलाचन्द्र नरवीर दमाई लगायतको पीडा सुन्दा जो सुकैको पनि आँखा रसाउँछ, तर त्यसबारे सरकारको ध्यान नपुग्नु आश्चार्य देखिन्छ ।

प्रजा, तत्कालीन सेनासँगको भिडन्तबाट घाइते भएका हुन । उनको करङ्ग भाँच्चिएको छ भने परियारको युद्धकै बेलामा गोलीको छर्रा लागेर दाहिने आँखा फुटेको छ। त्यस्तै कालिकोटका दर्जी युद्धकै कारण अहिले शारीरिक रुपमा अपाङ्ग भएका छन ।

त्यस्तै कालिकोटका अर्का पूर्व जनसेना सार्कीको गोली लागेर दुबै खुट्टामा शल्यकृया भएपनि अझै हिँडडुल गर्नैं सहज भएको छैन, बर्दियाका कामीको पनि गोलीको छर्रा लागेका कारण टाउकोमा गम्भिर चोट छ भने दैलेखका दमाईको आँखाको चार पटकसम्म शल्यक्रिया गर्दापनि आँखाबाट पीप आउन रोकिएको छैन, आँखामा समस्या छ ।

जीविकोपार्जन, राहत र स्वास्थ्य उपचारमा बेवास्ता गरेको भन्दै अनशन बसेका उनीहरुले ज्यानको पर्वाह नगरी लडेपनि आफ्नो पुरानो पार्टी, नेता र सरकारले बेवास्ता गरेको भन्दै दुःख पोखेका छन ।

जनयुद्धमा विभिन्न जिम्मेवारीमा रहेका उनीहरु निक्कै समस्यामा रहेको सुनाउँछन । उनीहरुले केही दिनअघि विभिन्न माग राख्दै माइतीघर मण्डलामा आमरण अनशन शुरु गरेपनि सरकारले त्यहाँबाट आफुहरुलाई लखटेको उनीहरुको भनाइ छ ।

हाल पूर्व माओवादी लडाकूहरु वीर अस्पतालमा अनशनमा बसेका छन । उनीहरुले त्तकालिन नेता र सरकारसँग विभिन्न प्रश्नहरु तेर्साएका छन । हेर्नुहोस, अनशन स्थलबाट यस्तो भन्छन, उनीहरु 

मङ्गलसिंह प्रजा

  • तत्कालीन एमाले र नेपाली कांग्रेस पार्टीका सामान्य कार्यकर्ताले मात्र कैयौं कमाए होलान् तर हामी लडाकू थियौँ। हामीले एक रुपैया पाएनौँ। माओवादी भएकै कारणले मेरो विजोग भयो। हामीलाई प्रचण्डले चिन्नुहुन्न होला तर हामी चिन्छौं। त्यसैले हामीलाई भेट्नुहोस्, हाम्रा माग सुन्नुहोस्। म पनि जनयुद्धको एउटा सिपाही हुँ। मेरो दाइ पनि सिपाही हुनुहुन्थ्यो, वित्नुभयो तर कसैले केही पाएका छैनौँ।

वीरबहादुर परियार

  • हामीले अनेकौँ दुःखकष्ट सहेर देशमा परिवर्तन ल्याउनका लागि संविधानसभाका लागि आधा रगत बगायौं नी। यसको मतलब हामीले सुविधा नपाउने भन्ने त होइन नी। राज्यसँग धेरै ठूलो उपहार मागेका छैनौँ। लाखौं करोडौँको गाडी, महलको सुविधा पनि मागेका छैनौँ। औषधी उपचार गर्न पाउनु हाम्रो अधिकार हो कि होईन ?

संग्रामे सार्की

  • हामी जनयुद्धका योद्धा हौं। गणतन्त्र ल्याउन हाम्रो रगतको योगदान छ। यसलाई नभुलिदिनुस्। मेरो विशेष आग्रह छ, तपाइमार्फत हाम्रा मागहरु सम्बोधन गरियोस्।

नरवीर दमाई

  • प्रचण्डज्यू हामी हिजो पनि तपाईकै सिपाही थियौं र आज पनि तपाईकै सिपाही हौं। हामी अनशन बसिरहँदा तपाइले हाम्रा पाँच बुँदे मागहरु सम्बोधन गर्न राज्यलाई भनिदिनुहुनेछ भन्नेमा हामी आशावादी छौं।

लिलाचन्द्र कामी

यो एउटा पार्टीको मात्रै सवाल होईन। यो समग्र राज्यको दायित्व हो। हामीले सामान्य उपचार गर्न पाउनुपर्छ। उपचारका क्रममा मेरो सबै सम्पत्ती गयो, अब बाँकी सास मात्रै छ।

मन दर्जी

  • म शारीरिक रुपमा अपाङ्ग छु। मेरा बालबच्चा पनि छन्। हामीलाई जसरी हुन्छ बाँच्नका लागि गाँसबास र कपासको व्यवस्था गरिदिनुस्। मसँग अरु केही विकल्प नभएकोले हिजो जुनठाउँबाट हामीलाई आश्वासन दिनुभएको थियो त्यसै अनुसार हामीलाई बाँच्ने आधार बनाइदिनुहोस्।