चिसो बढेसँगै ठाउँ ठाउँमा हिमपात र बर्षाः जनजीवन प्रभावित

हिउँ खेल्न पर्यटकको भिड

तेह्रथुम । अत्याधिक चिसो बढेका कारण आज तेह्रथुमका साथै संखुवासभा, धनकुटा र ताप्लेजुङका विभिन्न क्षेत्रमा भारी हिमपातसहित बर्षा भएको छ । आज दिउँसो त्यहाँ हिमपात परेपछि जनजिवन प्रभावित परेको छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले क्षेत्रमा पनि हिमपातसहित पानी परेको हो । गुफापोखरी क्षेत्रमा आधा फिट जति उचाईसम्म हिउँ परेको बताइएको छ।

तेह्रथुमको बसन्तपुर, लसुने, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ क्षेत्रका साथै संखुवासभा र ताप्लेजुङका केही उच्च स्थानमा समेत हिउँ परेको छ।

धेरै लामो समयपछि जिल्लाका वसन्तपुर, लसुने, जिरिखिम्ती, औंशीडाडा, मेन्छ्यायेम लगायत थुप्रै स्थानमा पानीसँगै निकै बाक्लो हिउँ परेको छ।

यस क्षेत्रमा तेह्रथुमलगायत धनकुटा, धरान, इटहरी, विराटनगरका साथै पूर्वका थुप्रै स्थानहरूबाट ति स्थानमा घुम्न तथा हिउँ खेल्न आउने पर्यटकको भिड लाग्ने गरेको बताइएको छ ।