काठमाडौंमा एक चिया पसले: जस्को कमाई मासिक तीन लाख, करोडौंको जग्गा जोड्न सफल

भन्छिनः काम गरे सफलता मिल्छ

काठमाडौं । सुन्दा अपत्यारीलो लाग्न सक्छ तर काठमाडौंमा चिया पसलको व्यापार गर्ने सामान्य मानिसले मासिक तीन लाखको कारोबार गर्ने गरेका छन ।

चिया पसलकै कमाईबाट छोराको पढाईदेखि परिवारका सबै आवश्यकताको पूर्ति गर्न उनी सफल भएको बताउँछिन ।

२०५७ सालमा पैसा नभएर आफन्तसँग सापटी लिएको रकमबाट नयाँ वानेश्वरमा सानो चिया पसल चलाउँदै आएकी विमला पराजुलीले आफ्नो मिहेनतबाट सफलता पाएको भन्दै अनुभवहरु सुनाइन ।

शुरुवातमा उनको कामलाई कसैले पत्याएन। अहिले विमला पराजुलीले त्यही चिया पसलको कमाइले छोरा पढाएकी चन, भने घरको सम्पूर्ण खर्च धानेर पनि भक्तपुरको बालकोटमा जग्गा किन्न सफल भएकी छन ।

गरे के हुँदेन र ? भन्ने भनाईलाई उनले चरितार्थ प्रमाणीत गरिदिएकी छन । चिया बेचेर कमाएको जग्गाको मूल्य अहिले डेढ करोड छ, ३७ वर्षीय पराजुली भन्छिन्।

बाटोमा चिया बेचेर केही हुन्छ भन्ने पहिले आफन्तहरूले नै पत्याएका थिएनन्। अहिले मेरो काम देखेर सबैजना खुसी छन्, उनले भनिन ।

उनको पसलमा चिया खान टाढा टाढाबाट मानिसहरू आउँछन्। दैनिक ६ सय कपको हाराहारीमा चिया बिक्री हुन्छ।

नयाँ बानेश्वरको पुरानो शिवदर्शन हल भएको चोकमा उनको पसल छ । पसलको नाम नभएपनि नियमित ग्रहकका विचमा उनको पसल निकै प्रख्यात छ।

चिया खान आउने ग्राहकहरू चिया मिठो मानेर खाँदा आफ्नो थकान मेटिने गर्छन । उनले दिनमा १६ घण्टासम्म पनि काममा खटेपनि सफलताले आफुलाई काम गर्न थप हौसाएको बताइन ।

पराजुलीलाई बिहान बेलुकी श्रीमानले समेत पसलमा सघाउँछन्। उनका श्रीमानको सरकारी जागिर छ।

आफ्नो कमाइले छोरालाई विदेशमा पढाउने उनको योजना छ। उनी आफ्नो कामबाट सन्तुष्ट भएको बताउँछीन ।

काम पाइएन भन्दै विदेशी भूमिको लाइनमा लागेकाहरुको लागि उनको यो सफलताको कथा उत्प्रेणाको श्रोत समेत बन्न सक्छ ।

उनले पनि काम शुरुवात गर्दा अहिलेको स्थितिको कल्पना गरेकी थिइनन, तर निन्तर काममा विश्वास गरेपछि सफलता पाएकी हुन । श्रोतः बीबीसी