सार्वजनिक स्थलबाटै क्रान्तिकारी माओवादीले दियो राष्ट्रघाती, दलाल तथा भ्रष्टचारीलाई कारबाही गर्न निर्देशन

जनअधिकारका लागि संघर्षमा उत्रिन अपिल

काठमाडौं । बाइडबडी प्रकरणमा अरबौं रकमको भ्रष्टाचार भएको खबर सर्वत्र फैलिएको बेला नेकपा (क्रान्तिकारी माओवादी) ले सार्वजनिक स्थलबाटै राष्ट्रघाती, जनघाती, दलाल, तस्कार तथा सबे प्रकारका भ्रष्टचारीहरुको लिस्ट तयार गर्दै जनकारबाहीमा उत्रिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाही र राज्यद्धारा गिरफ्तार युवा नेता सुरेश तामाङको अविलम्ब रिहाईको माग राख्दै  क्रान्तिकारी माओवादी प्रदेश नम्बर तीनले सोमबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले त्यस्तो निर्देशन दिएका हुन ।

कार्यत्रकममा प्रमुख वक्ताको रुपमा बोल्दै क्रान्तिकारी माओवादीका पोलिट व्युरो सदस्य तथा प्रदेश नम्बर तीनका सेक्रेटरी दिनेश शर्मा सागरले वर्तमान केपी ओलि नेतृत्वको सरकार भारतीय विस्तारवादको आशिर्वादमा हुर्केको भन्दै त्यसबाट राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सुरक्षाको आशा गर्नु ब्यार्थ हुने तर्क गरे ।

नेता शर्माले भने–‘भारतीय विस्तारवादको आशिर्वादबाट बनेको वर्तमान सरकार दलालहरुको सरकार हो ! यो राष्ट्रघाती सरकार हो ! भारतीय विस्तारवादीहरुको सत्ताँ हो ! साम्राज्यवादहरुद्धारा परिचालितहरुको सरकार हो ! यहाँबाट कुनै पनि अपेक्षा राख्नु ब्यार्थको कुरा हो, संघर्षमा अघि बढ्नुको विकल्प छैन ।’

उनले वर्तमान सरकारका नेतृत्वकर्ताहरु आफ्ना विदेशी प्रभुलाई खुशि पार्दैँै सत्ताँमा टासिरहन चाहेको हुनाले मुलुकमा व्यापक भ्रष्टाचार, दलालीकरण तथा सामाजिक असुरक्षाको स्थिति उत्पन्न भएको आरोप लगाए । उनले सत्ताँ, व्यवस्था र सरकारकै संरक्षणमा भ्रष्टाचार मौलाएको भन्दै त्यसको उन्मुलन गर्नका लागि दुर्गन्धित व्यवस्थालाई नै मिल्काउनुपर्ने औल्याए ।

शर्माले भने–‘एउटा बाइडबडी खरिद गर्दा त यहाँ अरबौ भ्रष्टचार हुन्छ भने अब सोचांै अरु तमाम खरिदमा के कति भ्रष्टचार भयो होला ? तपाईहरुले देखिरहनुभएको छ, ३३ किलो सुन कहाँ गयो ? त्यो प्रकरणमा को को जोडिएका छन ? त्यो सबैलाई थाहाँ छ । पोखरामा गएर कृष्णबहादुर महराले हामी त साना माछा हौं भनेर भनेका थिुए, उनी अहिले सभामुख छन, आफै सोच्नुहोस उनी भन्दा ठूला माछा, ठूला दलाल र भ्रष्टचारीहरु कुन तहका होलान ! त्यसैले यो सरकार भ्रष्टचारीहरुको सरकार हो ।’

राष्ट्रियता गम्भीर संकटमा रहेको भन्दै उनले भने–‘भारतीय सेनाहरु आएर नेपाली जनतालाई दिउँसै हत्या कुटपिट गर्दासम्म पनि यो सरकार चुपचाप छ, मुलुकको दश हजार वर्ग किलोमिटर जमिन अहिले गाएब गरिएको छ ! कहाँ गयो त्यो ? के त्यो खोज्ने अधिकार हामीलाई छैन ? हामी त्यो सबै राष्ट्रघाती कदम सहेर बस्न सक्ने अवस्थामा छौनौ, हामी त्यसका विरुद्ध सशक्त रुपमा संघर्षमा उभिन्छौ, यो देशका आम नेपाली जनतालाई राष्ट्रियताको विषयमा बोल्ने र लड्ने अधिकार छ, हाम्रो पार्टी संघर्षको नेतृत्व गर्छ ।’

संविधानले जनताको अधिकार सुनिश्चित नगरेको भन्दै उनले भने–‘यो संसिवधानले नेपाली जनताका अधिकार सुनिश्चित गर्न सकेको छैन, त्यो कुरा हामीले पहिले पनि भनेका थियौ । त्यसैले यो सरकार जनताको अधिकारलाई शुनिश्चित गर्ने भन्दा घात गर्ने हिसाबले अघि बढको छ ।’

प्रधानमन्त्री ओलीलाई जनताको संघर्षको माध्यमबाट अहिले सत्ताँमा पुगेको स्मरण गराउँदै उनले भने–‘हामीले जनयुद्ध गर्दै गर्दा उनले बयल गाडा चढेर अमेरिका पुगिदैन अथार्त तिमीहरु उफ्रेर गणतन्त्र आउँदैन, राजतन्त्र फाल्न सकिदैन भनेका थिए । अहिले त्यहि संघर्षको प्रकृयाबाट आएको सत्ताँमा प्रधानमन्त्री बनेका छन । उनलाई त्यसबाट चेतना हुनुपर्ने हो, जनताको संघर्षमा दमन गर्नु हुँदैन भन्ने तर उन्माद छ सत्ताँको यहाँ राज उनैको को छ । जे मन लाग्यो गर्छन ।’

क्रान्तिकारी माओवादी नेपाली जनाताको मुक्ति र समानताको लागि, जनताको न्यायीक व्यवस्थाको लागि, जनतालाई धोका नदिने प्रतिबद्धताका साथ फेरी संघर्षकोे बाटोमा अघि बढेको उनले बताए ।

उनले देशमा जनताको गणतन्त्र नल्याएसम्म जनताको अधिकार तथा समतामूलक अवस्था नआउँने ठोकुवा गर्दै भन–‘अबको विकल्प भनेको क्रान्तिकारी विकल्प हो र त्यो भनको जनगणतन्त्र हो । त्यसको लागि हामी संघर्षमा होमिएका छौ । हाम्रो पार्टी र नेतृत्वलाई तपाईं आम जनसमुदायले जसरी जनयुद्धकाबेला लुकाएर राख्नुभएको थियो, माया दिनुभएको थियो, त्यो माया र सहयोग फेरी चाहिएको छ, त्यो दिनुहोला हामी जनअधिकारको लागि फेरी लड्न तयार छौ ।’

अहिलेको व्यवस्थामा भ्रष्टचार नियन्त्रण असम्भव भएको भन्दै उनले अगाडि भने–‘सरकारनै भ्रष्टचारमा जोडिएको छ । सिचाईमन्त्री प्रण्डडको बुहारी, उनले मेलम्चीको निर्माण ठेकेदार कम्पनीसँग पाँच करोड कमिसन मागेपछि ठेकेदार भागेको समाचारहरु आइरहेका छन, त्यस्मा कस्ले गर्ने नियन्त्रण ? तसर्थ यो व्यवस्थामा भ्रष्टचार, दलाल र तस्कारहरुको नियनत्रण सम्भव छैन ’

कहाँ को कस्ले कति भ्रष्टचार गरेका छन, भन्ने आफ्नो पार्टीले डाटा राखेको भन्दै उनले आवश्यक परेमा सार्वजनिक गर्ने उनले बताए । उनले भ्रष्टचारीलाई कालोमोसो दल्ने पार्टीका युवाहरुलाई धन्यवाद दिदैँ सशक्त रुपमा भ्रष्टहरुलाई जनकारबाहीको योजनामा अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

उनले आफुहरु जनताको न्यायीक संघर्षको नेतृत्व गर्न तयार भएको भन्दै राष्ट्रको ढुकुटी मोजमस्तीमा सिध्याउने दलालहरुका विरुद्ध सबैलाई विरोधमा सत्रिकन अपिल समेत गरे ।

त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरीकृष्ण गजुरेलले वर्तमान सरकार फाँसिवादी, जनघाती र राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध जनताहरुले संघर्षमा उत्रिने, खवदारी गर्ने र प्रतिरोध गनुपर्ने बेला आएको बताए ।

उनले भने–‘जनताले संघर्षको माध्यमबाट दलाल र तस्कारहरुको सरकारलाई सत्ताँको गद्दीबाट खसाउँने बेला आएको बताए ।’

भ्रष्टचारीलाई कारबाहीबारे उनले भने–‘पार्टीको निर्देशन अनुसार सबै प्रकारका दलाल, तस्कर र जनविरोधि तत्वका विरुद्ध जनकारबाहीको प्रकृया हाम्रो पार्टी र जनवर्गिय संगठनहरुले अघि बढाएको विषय सत्य हो । हामीले बेइमान, जनतामारा तस्करहरुलाई कारबाही गर्नुपर्छ भन्दा यदि हाम्रा साथीहरुमाथि गिरफ्तार गरिन्छ र हामीमाथि झुट्टा मुद्धा लगाउने काम हुन्छ भने हामी त्यसका विरुद्ध सडकबाट संघष गर्न बाध्य हुनेछौ ।’

मुलुकमाथि भैरहेको भ्रष्टाचारको अवस्थालाई नदेखेझै गरेर आफुहरु बस्न नसक्ने भन्दै उनले भने–‘हामी बाधिएर बस्नेवाल छैनौ, यो बुझे हुन्छ अब माओवादी आयो, यहाँ हाम्रो कारबाही प्रकृया जारी रहन्छ ।’ उत्पीडित वर्ग समुदायका सबै जनताहरुलाई अधिकार मागेर होइन लडेर लिनका लागि सडकमा उत्रिन उनले आग्रह गरे ।

त्यसैगरी कार्यक्रम सञ्चालन गर्ने क्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठले माओको कोटेसन प्रस्तुत गर्दै भने–‘ क. माओले भन्नुभएको छ, संसदीय लोकतन्त्र भनेको बुर्जुवावर्गको ठगिखाने भाँडो हो, आज यो संसदीय लोकतन्त्र नामको व्यवस्थाका नेताहरुको लागि पनि मागि खाने भाँडो जस्तै भएको छ । यो व्यवस्थाभित्र रातारात अरवौ भ्रष्टाचार हुन्छ, चार अर्ब पच्चीस करोड २६ लाख भ्रष्टाचार यसैको उपज हो ।

उनले भने–‘सरकारले बनाएको एउटा समितिले तँ भ्रष्टाचारी हो भन्छ तर उ हैन भन्छ, यस्तो नाटक मञ्चन हुँदैन छ यहाँ । तसर्थ राज्यको ढुकुटी रित्याउने दलाल, भ्रष्टहरुलाई प्रहरीले कारबाही गर्दैन भने हामी कारबाही गर्नको लागि बाध्य हुन्छौ, त्यसमा सबै देशभक्त नागरिक प्रहरी प्रशासन लगायतको सहयोग जरुरी छ ।’

उनले भने–‘यदि भ्रष्टाचारी मन्त्री रबिन्द्र अधिकारीजस्तालाई प्रहरीले पक्राउ गर्न सक्दैन भने हामी सक्र्छौ, हामी त्यस्ता भ्रष्ट मन्त्रीहरुलाई कालो झण्डा देखाउँछौ, हामीले भ्रष्टाचारीको लिस्ट तयार गरेका छौ, हाम्रो कारबाही अगाडि बढ्छौं, यतिमात्र हो नसोच्दा हुन्छ ।’

त्यस्तै भक्तपुर पार्टी इन्चार्ज भरत बुर्जालले देशको सीमा मिचिएको बेला आन्तरिक तथा बाह्रिय दलालहरु सल्बलाएको भन्दै मुलुक जोगाउँने जिम्मेवारी क्रान्तिकारी माओवादीको काँधमा आएको बताए ।

त्यसैगरी काठमाडौ सेक्रेटरी सारदा महतले बाइडबर्डी प्रकरणका भ्रष्टचारीहरु सरकारका मन्त्रीदेखि सचिव र कर्मचारीहरु नै देखिएको बताउँदै प्रश्न गरिन– ‘उनीहरुलाई कस्ले गर्ने कारबाही ? उनीहरुका विरुद्ध आवाज कस्ले उठाउँने ? हामी विश्वास दिलाउन चाहन्छौ हाम्रो पार्टी निर्धक्ले बोल्छ तिनिीहरुका विरुद्धमा । अब हामीले त्यस्तो कालोमोसोमा मात्र सिमित हुँदैनौ, राज्यले त्यसलाई ढिक रुपमा नलिने हो भने अब जनकारबाहीको प्रकृया शुरु हुन्छ ।’

कार्यक्रममा बोल्ने सबै नेताहरुले पार्टीका युवा नेता सुरेश तामाङलाई अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनको घरबाटै अनावश्यक रुपमा गिरफ्तार गरेको घटनाको भत्सर्ना गर्दै उनलाई अविलम्ब रिहाई नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

पक्राउ परेका तामाङलाई टेकु प्रहरीमा राखिएको बुझिएको छ । क्रान्तिकारी माओवादीले उनलाई सार्वजनिक अपमानको कसुरमा राज्यले फसाउन खोजेको र सात दिनको म्याद थप गरिएको भन्दै इमान्दार देशभक्त युवामाथिको नियत सच्याउन राज्यलाई आग्रह समेत गरेको छ ।

गत शुक्रबार बहुचर्चित बाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचारका मुख्य योजनाकार भन्दै क्रान्तिकारी माओवादी निकटको युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगरत्न कंसकारलाई कार्यकक्षभित्रै कालोमोसो दलेर कारबाही गरेको थियो ।

क्रान्तिकारी माओवादीले रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु गरेको विरोध ¥याली सुन्धरा, नेपाल वायुसेवा निगम, न्यूरोड, विशालबजार हुँदै इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त विरोध कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु कुमार शाह, सिसिर, इन्द्र लगायत समेत उपस्थित रहेका थिए । त्यस्तै विरोध कार्यक्रममा युवा, विद्यार्थी, सर्वसाधरण सहित सयौंको सहभागिता रहेको थियो ।