देशमा नयाँ प्रकारको विद्रोहको आवश्यकता छः नेता कडेंल (भिडियोसहित)

भ्रष्टहरुको संरक्षणमा ओली सरकार

सप्तरी । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टीका प्रवक्ता हरिभक्त कडेंल प्रतिकले मुलुकमा दलाल, माफीया, तस्करी तथा सामाजिक अपराधहरु बढ्दै गएको भन्दै त्यसको विकल्पका रुपमा नयाँ ढंगको विद्रोहको आवश्यकता औल्याए ।

नेता गजुरेलले हिजो इटहरीमा देजमोको जनजागरण अभियानको क्रममा आयोजित कोण सभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन ।

उनले भने–‘पार्टीले आम रुपमा यो कुरा भन्दै आयो र हामीले जनताको चेतनालाई एक ठाउँमा केन्द्रीत गरेर,हिजो किन त्यस्तो भएको हो, भन्ने विषयमा छलफल चलाँदै मानिसहरुलाई क्रान्तिकारी उर्जा दिनुपर्नेमा जोड दिएका थिए ।’

‘जस्ले साम्राज्यवाद र विस्तारवादको चाकडी गर्ने, नेपाली जनतामाथि जनघातका काम गर्छ, जसले अहिले संघर्ष विरोधी खालको प्रवृति देखाउँदै आएको छ, जस्ले प्रतिक्रान्तिको नेतृत्व गरिराखेको छ । त्यो प्रकारको प्रवृतिका विरुद्ध संघर्षमा उत्रिन हामी आम जन समूदायसँग आह्वान गर्दछौ ।’–उनले भने ।

यतिबेला क्रान्तिकारीहरु, माओवादीहरु नयाँ ढंगले क्रान्तिको तयारीका लागि, विद्राहको लागि संगठित हुने परिस्थिति बन्दै गएको छ । आजसम्मको अवस्थाबाट जनतामा देखिएको निरासा र चिन्ता हटाएर क्रान्तिकारी आन्दोलनमा लाग्नुपर्नेमा उनले जोड दिए ।

उनले भने–‘यो बेला निरासता त्यागेर फेरी एक पटक नयाँ ढंगको क्रान्तिको तयारी गर्नुपर्ने, फेरी संघर्षमा जुट्नुपर्ने बेला हो । हामीले संसदीय व्यवस्थाको विकल्प खोज्ने बेला पनि यो हो ।’

मुलुकमा अहिले नयाँ प्रकारको विद्राहको आवश्यकता रहेको भन्दै उनले भने–‘हामी अहिले त्यो विद्राहको लागि जनतालाई जागरुक गराउँने र संघर्षको उठान गर्ने हिसाबले लागि रहेका छौं, त्यो विद्रोह भनेको सडक संघर्षबाट शुरु हुन्छ र त्यो भनेको जनताको व्यवस्था ल्याउने तयारी पनि हो ।’

समाजमा रहेका छोटे सामन्तवादको अन्त्यका लागि समेत विद्राह जरुरी रहेको भन्दै उनले भने–‘मुलुकबाट राजतन्त्रात्मक एकात्मक व्यस्था हटेपनि त्यसको प्रवृति, संस्कृति, आचरण अझै गएको छैन । त्यसका लागि नयाँ ढंगको विद्राह आवश्यक छ ।’

आफ्नो पार्टीले यतिबेला विद्रोहका लागि जनतालाई बुझाउने, जागरुक बनाउने कार्यक्रम ल्याएर देशव्यापी अभियान चलाइरहेको भन्दै उनले भने–‘जब राज्यले दमनको नीति अपनाउँछ, अनि जनताले पुर्न हक अधिकारको लागि नयाँ ढंगको विद्रोह अघि बढाउँ छन् ।’

संघर्षको स्वरुपको विषयमा कुरा गर्दै उनले भने–‘राज्य हामीसँग जसरी आउँछ, हामी त्यसरी नै संघर्षको उठान गछौं, जनताको जनगणतन्त्रको लागि अबको संघर्ष बठाउँछौं ।’