उत्साहजनक रुपमा बढ्दै मेची महाकाली अभियानः पूर्व–पश्चिममा आजको कार्यक्रम यस्तो छ

सिराहामा सीमा निरिक्षण, बाँकेमा पत्रकार भेटघाट गरिदै

सिराहा । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जागणतान्त्रीक मोर्चा, नेपालको पन्द्र दिने मेची महाकाली अभियान अपेक्षा भन्दा बढि उत्साहका साथ निरन्तर अगाडि बढिरेको छ ।

अभियानका क्रमका विभिन्न स्थानका मोर्चामा प्रवेश तथा समर्थन जुट्दै गएको अभियानकर्ताहरुको भनाइ छ । अभियानकर्ताहरुले अपेक्षा भन्दा बढि जनताको साथ, सहयोग, माया र समर्थन अभियानको क्रममा पाएँको बताएका छन ।

मुलुकका चार स्थानहरुबाट एकसाथ अघि बढेको अभियान मध्ये पूर्व पश्चिमको टिम सक्रिय रुपमा बढेको देखिन्छ भने पोखरा र काठमाडौंको अभियान टोली जिल्लाहरुमा संन्देश सभा सम्मको कार्यक्रम लिएर गएको बुझिएको छ ।

अभियानको पाँचौ दिनसम्म पुग्दा पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी जिल्लाका दर्जनौं स्थानहरुमा कोणसभा, नव प्रवेशीहरुलाई स्वागत, छलफल, अन्तरक्रिया गर्दै आज सिराहा पुगेको छ भने पश्चिमको अभियान टोली कञ्चनपुर, कैलाली जिल्लामा सक्रिय रुपमा र केही पहाडि जिल्लाहरुमा संन्देश पुग्ने हिसाबले कार्यक्रम बढाउँदै बाँकेको नेपालगञ्ज पुगेको छ ।

पूर्वको अभियान टोलिले सीमावर्ती क्षेत्र गौरीगञ्जको अनुगमन निरिक्षणदेखि नव प्रवेशीको स्वागत, दजनौं स्थानमा कोण सभा र पाँच स्थानमा भव्य सभाहरु सम्पन गर्दै आज सिराहको विभिन्न स्थाहरुमा कार्यक्रम चलाउँदै छ ।

त्यसैगरी कञ्चनपुरबाट कैलाली हुँदैँ गत शुक्रबार बर्दिया पुगेको पश्चिम अभियान टोलीले बर्दियाको राजापुर, भुरिगाउ, ताराताल, गुलरिया लगायतका स्थानहरुमा भव्य कोणसभा गरेको छ ।

कोणसभामा पार्टीका स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय सचिव परी थापा, पार्टीका केन्द्रीय सदस्यहरु संकुल, हिरामणी, शिशिर लगायत अन्य मोर्चा र संगठनका नेताहरुले सम्बोधन गरेका छन ।

त्यस्तै हिजो बर्दियाबाट बाँके पुगेको अभियान टोलीले बाँकेको सिमलघारीमा भव्य जनसभाको आयोजना गरेको बताइएको छ । उक्त सभामा सयौंको सहभागिता रहको थियो ।

मोर्चा जिल्ला अध्यक्ष सुरेश ओलीको अध्यक्षतामा सम्पन्न भएको सभाको सञ्चालन पार्टी सेक्रेटरी अर्जुनले गरेका थिए भने सभाको मुख्य वक्ता मोर्चाका सचिव परी थापा रहेका थिए ।

सभालाई संकुल शर्मा, हिरामणी दुखी, शिशिर लगायतका केन्द्रीय नेताहरुले समेत सम्बोधन गरेका थिए, सभालाई प्रेम थापाले स्वागत मन्तव्य राखको बताइएको छ ।

यस्ता छन, आजका कार्यक्रमहरु

पश्चिको अभियान टोली आज बाकेमा रहेको छ । बाँकेमा निम्न अनुसारका कार्यक्रमहरु गरिँने जानकारी प्राीत भएको छ ।

१) बिहान खजुरामा छलफल पछि खाना खाने
२) नेपालगञ्जको धम्बोजि चोकमा कोण सभा, १२ बजे
३) नेपालगञ्जको होटेल पिस प्लाजामा पत्रकार भेटघाट, २ बजे
४) बजारका अन्य स्थानमा सुभेच्छुकहरुसँग भेटघाट
५) बाँकेको कोहलपुरमा कोण्सभा, ५ बजे

यसरी कोहलपुरको कोणसभा सकेर त्यो टिम कोहलपुरमै रात बिताउने बताइएको छ । उक्त टोली भोली बिहान प्रदेश नम्बर ६ को सुर्खेतमा कोण सभाको लागि जाने र फर्केर साँझ पुर्न बाँकेमे जोडिने बताइएको छ ।

त्यसैगरी पूर्व अभियान टोली सप्तरीबाट आज सिराहा पुगेको छ । सिराहामा आज निम्न अनुसारका कार्यक्रमहरु रहेका छन ।

१) भारही सीमाक्षेत्रको निरिक्षण, अनुगमन गर्ने, बिहान ९ बजे
२) बहीयारपट्टीमा कोण सभा, १२ बजें
३) खुशीपुरमा कोण सभा, २ बजे
४) साँझ सुभेच्छुकहरुसाग भेटघाट र अन्तरक्रिया गर्ने
५) साँझ गोलबजारमा बस्ने, अलफल गर्ने

यसरी पूर्वको अभियान टोली आज साँझ सिराहमा बस्ने र पर्सि बिहान गोलबजारमा सम्बन्धीतहरुसाग अनतरक्रिया गरेर महोत्तरी जिल्लामा पुग्ने भएको छ ।