गाउँगाउँमा सिंहदरबार होइन्, लुटतन्त्र आएको छः सीपी गजुरेल (भिडियोसहित)

आरोपः ओली सरकार भ्रष्टाचारीको संरक्षक

महाेत्तरी । गाउँ गाउँमा सिंहदरबाको नारा नारा दिँदै चुनावबाट जनमत लिएका दलहरुको सरकारले सिंहदरबारबाट गाउँगाउँमा भ्रष्टतन्त्र, लुटतन्त्र पठाएको एक माओवादी नेताले बताएका छन ।

देजमो नेपालद्धारा जारी मेची महाकाली जनजागरण अभियानको क्रममा हिजो धनुषाको नगराईन नगरपालिकामा आयोजना गरेको कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा उक्त पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले त्यस्तो बताएका हुन् ।

मोर्चा अध्यक्ष गजुरेलले सत्ताँमा रहेका दलहरुले निर्वाचनको मुखमा जनतासँग झुट्टो सपना बाडेको आज आएर प्रमाणित हुदैँ गएको बताए ।

उनले केपी, प्रचण्डाको गाउँगाउँमा सिंहदरबार पुर्याउने नारा भएपनि यथार्थमा यतिबेला गाउँ गाउँमा भ्रष्टाचार, अनियमितता, सामाजिक अपराध, राष्ट्रघात, जनघातको लहर पुगेको बताए ।

सरकारको नेतृत्व गरेको डबल नेकपाका नेता, कार्यकर्ताहरु दुई तिहाईको आँडमा जनघाती, राष्ट्रघात कदमहरु बढाएको भन्दै त्यसको व्यापक विरोध गरेका छन । सरकारले जहाँ जहाँ विकासको नाममा स्थानीय तथा प्रादेशीक योजना दिएको छ, त्यहाँ उसका नेता, कार्यकर्ताहरुले सत्ताँ उन्मादमा लुटतन्त्र मच्चाएको उनको आरोप रहेको छ ।

विकास , निर्माण र विभिन्न योजनाहरुमा डबल नेकपाका नेताहरुको कमाउतन्त्र देखिने गरेको भन्दै उनले जनतामा पारेको भ्रमहरु चिर्नका लागि आफुहरु देशव्यापी रुपमा जागरण अभियान चलाउँदै हिडेको उनको भनाई थियो ।

उनले नेताहरुले झट्टो नारा दिदैँ जनतालाई बेवकुफ बनाएर भोट माग्दै सिंहदरबार पसेपछि त्यहाँबाट नेता कार्यकर्ताको नाममा लुटतन्त्र उपहार पठाएको उनको आरोप छ ।

उनले भने–‘यहाँ विकास र संवृद्धि आएन, यहाँ भ्रष्टाचार आएको छ, तस्करी आएको छ, सामाजिक अपराध र राष्ट्रघाती, जनघाती व्यवस्था आएको छ । परिवर्तनगामि जनताका सपनाहरु सत्ताँमा पुगेकाहरुको हत्या गरेका छन ।’

कुनैबेला मधेस तराईका जनताहरु विरुद्ध उभिएका प्रधानमन्त्री ओलीको सरकारलाई अहिले मधेशवादी दलहरुले नै सहयोग गरेर दुई तिहाईको समर्थन दिलाएको भन्दै उनले त्यो भन्दा ठूलो धात अरु केही नहुने तर्क गरें ।

उनले तराई मधेश क्षेत्रको नाम नदिएर सरकारले १ नम्बर, २ नम्बर राखेर गम्भीर अपमान गरेको बताए । उनले भने–‘सरकार मधेश प्रदेश नाम राख्न किन डराएको होला, किन राज्यले यो क्षेत्रमाथि बारम्बार अपमान गर्ने गरेको छ ? यो भ्रमको विषयमा जनतालाई प्रष्ट पार्नु आवश्यक देखिन्छ ।’

उनले प्रश्न गर्दै भने–‘प्रदेशको नाम पनि नम्बरमा हुन्छ, र ? यसले के जनाउँछ ? यसको जवाफ हामीले खोजिरहेका छौं ।’

उनले स्थानीय निकायहरुमा भ्रष्टाचारका घटनाहरु बढेको र जनप्रतिनिधिहरु गाडी र अन्य सुविधाको लागि हानथाप गरिरहेको बताए ।

स्थानीय प्रतिनिधिहरुले सुविधा बढाउनको लागि सरकारी श्रोत साधनहरुको दुरुपयोग गर्ने गरेको उनले आरोप लगाए । उनले विभिन्न उदाहरण दिदै भने–‘जनप्रतिनिधिहरुमा भ्रष्टाचार गर्ने प्रतिश्प्रर्धा नै चलिरहेको देखिन्छ, जहाँ जहाँ विकास निर्माणका योजनाहरु पुगेका छन, त्यहाँ लुटतन्त्र मच्चिएको छ ।’

उनले सरकार र व्यवस्थाका कारण नागरिकको जनजीवन प्रभावित बन्दै गएको बताए । एक फरक प्रसंगमा बोल्दै उनले भने–‘एनसेलले सरकारलाई कर तिरेन भन्ने सुनिन्छ तर निर्वाचनको बेला सत्ताँरुढ पार्टीका नेताहरुले एनसेलबाट खर्च लिएको कुरा पनि सुन्नमा आएको छ, यो भैष्टाचारी सरकार हो कि होइन ?’

उनले भने–‘सरकारलाई दुई तिहाईको दम्भ बढेको छ, तर जनताको शक्तिको अगाडी अगाडी राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएको कुरा हामीले बिर्सेका छैनौं, भने ओली सरकारलाई पनि हामी त्यसैगरी हटाउन सक्छौं ।’

ओलीले होली वाइन खाएर इसाई धर्मको प्रचारमा लागेको भन्दै उनले जनताको भावना र विश्वासलाई मजाकको रुपमा लिने गरेको आरोप लगाए ।

उनले मुलुकमा संघीय जनगणतन्त्रको स्थापना गरेपछि सबै प्रकारका समस्याहरुको हल हुने र नेपाल विश्वमा सबै भन्दा धनी राष्टको रुपमा उदाउने विश्वास समेत व्यक्त गरें ।

उक्त कोणसभामा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष विरेन्द्र यादव लगायतले समेत सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नन्दुकुमारले गरेका थिए । कार्यक्रममा सयौं स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।